बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

भूतपूर्व प्रेमिकाको पत्र

विवाह अगाडि डेटिङ् हुन्थ्यो भने विवाह पछाडि डाइटिङ् भएकाले जीउ भद्दा भयो । पत्र लामो भयो– अन्तमा मेरो यार आउँदा ऐनामा हेरेर आफ्नै प्रतिविम्व चुम्नु । ऐना नै चुम्नु सेभिङ् व्रस र सेभिङ् मेसिन कहिल्यै नचुम्नु । ल त विदा !

Nepal Telecom ad

रविन्द्रनाथ त्यागी :

व्यङ्ग्यानुवाद :: नीलकमल

डियर रवि,

आज राति मैले सपनामा तिमीलाई फेरि देखेँ जसका कारण म यो पत्र लेख्दैछु । सपना पुरानो थियो, पुराना दिनहरू थिए ती र बितेका रातहरूको सचित्र संस्करण थियो त्यो सपना ।

तिमी र म अघिल्लो पटकजस्तै आत्महत्या गर्नका लागि बसपार्कको मुखैमा लमतन्न सुतेर महाकवि देवकोटाको कविता “आखिर श्रीकृष्ण रहेछ एक” गाउँदै थियौँ । जब बसपार्कबाट बस बाहिर निस्किएर बाटोमा हामी लडेको देखेर हर्न बजाउँदा हामी दुबैले एक अर्काको हात अझ जोरले पक्रेका थियौँ जसले गर्दा प्रेमका यज्ञमा आफूलाई आहुति दिने समयमा हाम्रो हिम्मत नटुटोस् ।

बसले दोस्रो पटक हर्न बजाउँदा हामी समाजलाई सराप्थ्यौैँ किनभने त्यो समाजले हामीलाई एकाकार हुन दिँदैनथ्यो । तेस्रो पटक जब लामो हर्न प्वाँ प्वाँ पार्दै हामीतिर बढ्दै चम्किलो प्रकाश हाम्रो अनुहारमा पोखेपछि आत्तिँदै हामी उठेर स्वाँस्वाँ गर्दै नजिककको चिया पसलमा पुगी चिया विस्कुट खाएका थियौँ । आत्महत्यापछि बहुत भोक लाग्दो रहेछ हगि ?

त्यसपछि तिमी विदेशियौ र त्यतै अरु कसैसित प्रेम गर्न थाल्यौ । तिमी बेकार कहिल्यै भएनौ । कस्तो संयोग ! हामी दुवै त्यसपछि दाजुवहिनी भयौँ, भाइटीका गर्ने सोच्यौँ । तिम्रै सल्लाहमा त्यसपछि मैले एउटा घरानियाँ केटासित बिहे गरेँ । आमा बनेँ, बन्दै गएँ । अहिले आधा दर्जन सन्तान छन् । अब पछि कस्तो स्थिति आउला पत्र मार्फत जानकारी गर्दै रहूँला ।

इश्वरले मलाई सबथोक दिएको छ । सुन्दर पति छन्, ठूलो महल, शानदार फर्निचरहरू छन् र आधा दर्जन बच्चाहरू । सबै थोक छ मसित तर तिमी नहुँदा के के नपुगेको जस्तो लाग्छ । म पूरै सुखी छु त्यसैले तिमीसित सोध्छु– के सुखी हुनु नै मात्र नारीको नियति हो र ?

अहिले मेरो पतिको विदेश जाने कुरा छ, तिमी रहेकै देशमा । म पनि शायद आउँछु तिमीसित भेट गर्न जसले गर्दा मैले चाहेको कुरा पाउँछु । मौका मिल्यो भने फेरि आत्महत्या गर्न सँगै जानुपर्छ । “अस्ताउँदो सूर्य, मस्त गगन– माथि आकाश, तल तिमी र म तर त्यतिबेला भने मैले बसको पहिलो हर्नमै उठ्नुपर्छ नि ! आत्महत्या गर्दा किनकि म अहिले धेरै मोटाएकी छु– छिटो दौडिन सक्दिन ।

विवाह अगाडि डेटिङ् हुन्थ्यो भने विवाह पछाडि डाइटिङ् भएकाले जीउ भद्दा भयो । पत्र लामो भयो– अन्तमा मेरो यार आउँदा ऐनामा हेरेर आफ्नै प्रतिविम्व चुम्नु । ऐना नै चुम्नु सेभिङ् व्रस र सेभिङ् मेसिन कहिल्यै नचुम्नु । ल त विदा !

उही तिम्री
अनामिका

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सम्पादक

सम्पादक

रवीन्द्रनाथ त्यागी
अफिस

अफिस

रवीन्द्रनाथ त्यागी
अफिस

अफिस

रवीन्द्रनाथ त्यागी
अतिथिकक्षमा प्रतीक्षाको घडी

अतिथिकक्षमा प्रतीक्षाको घडी

रवीन्द्रनाथ त्यागी
पुस्तकको भूमिका

पुस्तकको भूमिका

हरिशंकर परसाईं
कन्पु भिसा

कन्पु भिसा

होम सुवेदी
चोरहरू

चोरहरू

वसन्त अनुभव
भुकाइ र ढुकाइ

भुकाइ र ढुकाइ

गाेपेन्द्रप्रसाद रिजाल