साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैलीका दुइ छाेटा कथा

मलाई यता पठाउन खर्च जुटाएकै बुवाले हो। दिदी म अहिले नै प्रतिबद्धता जाहेर गर्दछु - संसारको जुनसुकै कुनामा भए पनि आमाको पालोमा दागबत्ती दिन आइपुग्छु।

Nepal Telecom ad

आर. सी. रिजाल :

१. आकृति

उमेर ढल्केपछि बिरामी हुँदा – आफन्तका कुरा छाडौं , आउनै नपर्ने मान्छे आएको देख्दा खुच्चिङ भन्न आएझैँ लाग्दो रहेछ। अहिले एक्लै उत्तानो परेर सिलिङ्तिर हेर्दैछु।मनमा तर्कना खेल्दैछ्न् – म जन्मे।युवा र प्रौढ अवस्था गुजारेँ। अब बूढो भएँ।यसपछि आउने अवस्था निश्चित छ।

यतिबेलासम्म जीउँदै छु। तर मरेपछि समाजले मलाई के भन्ला ? भन्ने पिर लाग्न थालेको छ। मेरा पितामाता बित्नु भयो।उहाँहरु बित्नु भएको भोलिपल्ट दुईदिन भयो। स्वच्छु– वंश वृद्धि त पशुले पनि गरेको छ। मातृभूमिको भार टार्न मैले के गरेँ ?

पिताजीलाई जवाफ नफर्काउने छोरा त्यो रात सपनामा उहाँसँग भनाभनै भयो।उहाँले भन्नुभयो — आफू अनपढ भए पनि तँलाई कलेज पढाएको।मैले आफ्नो सन्तानको वास्ता नगर भनेको हैन। जन्माएपछि शिक्षादीक्षा दिनु बाउआमाको कर्तव्य हो।अलिकति सामाजिक हुन सिक भन्न खोजेको मात्र हुँ।

मैले भने – तपाईं किन सामाजिक नभएको त ?
उहाँले भन्नुभो- हाम्रो समयमा सन्तान धेरै हुन्थे।साच्चै भन्ने हो भने लालनपालन गर्नै धौधौ पर्थ्यो। तैंले त – गरिबका बच्चा पढ्ने स्कुलमा, असहायका लागि अस्पतालमा वा आश्रममा, चेतना जगाउने संघसंस्थामा ,आफ्नो क्षमताले भ्याउँदो कोष स्थापना गर्दिएको भए तँ सामाजिक व्यक्तित्व बन्थिस्। फलानाका छोरा भनेर हामी पनि बाँच्थ्यौं र हाम्रा लालसा पनि पूरा हुन्थे ।

बिउँझदा पसिनाले भिजेको पाएँ । यहि ज्ञान म युवा/प्रौढ हुँदा पिताजीले किन दिएनन् ? मनमनै पिताजीसँग रिसाएँ। बिस्तारै टेबलको ऎना तानेर हेरेँ।- ऎनाभित्रको आकृतिले मलाई गिज्याएझैँ लाग्यो।

००

२. प्रतिबद्धता

आमा घुँक्क घुँक्क गर्दै बिदेशमा रहेको छोरालाई भन्छिन् – बुवा बित्नुभयो ! बाबू तँ तुरुन्त आइज !

छोराले – आमा भन्नासाथ यहाँ छुट्टी पाइदैन । म त्यहाँ आउन ४/५ दिन लाग्छ।फेरि बुहारी सुत्केरी हुने महिना पर्‍यो । ऎल आउनजान र पितृकार्य गर्न ६/७ लाख खर्च हुन्छ। बरु कसैलाइ पचास हजार दिएर ढिकुरो पुजारीमा नियुक्ति गर्नु । यहाँ पनि बाहुन पाइने हुँदा विधि बिधान अनुसारको कर्म यहिँ गर्न सक्छु । देहलाई छाडेर गएको आत्मा म यहीँ बोलाउछु भन्यो।

आमा – हुँदैन छोरा मानिस जहाँ बितेको हो, कर्मकाण्ड त्यहीँ गर्नुपर्छ। नत्र बुवाको आत्मा भट्केर हामलाईनै पिर्छ। बुहारीको हेरचाहको लागि कसैलाई जिम्मा लगाएर आइज।

छोरा – तपाईं पिर नगर्नुस आमा। हाम्रो बुवाको पवित्र आत्मा क्रूर र निष्ठुरी हुनै सक्तैन। आमा हिजोआज त छोरी श्रीमती पनि क्रिया बसेको देख्नु सुन्नु भएकै होला। तसर्थ आफ्नो अनुकुल र समय अनुसार हामी चल्नुपर्छ।

आमा छोराको कुरा सुनिरहेकी दिदीले – भाइ तँ चिन्ता नगर। जे पर्छ सोही टर्छ। पैसा अलि बढिनै भिनाजुको खातामा हाल्दिनु।

भाइले – दिदी म पैसाको मुख हेर्ने हैन, आमाबाउको समस्या हेर्ने छोरा हुँ। म त बेरोजगारीको कारण विदेश आएको हुँ। मलाई यता पठाउन खर्च जुटाएकै बुवाले हो। दिदी म अहिले नै प्रतिबद्धता जाहेर गर्दछु – संसारको जुनसुकै कुनामा भए पनि आमाको पालोमा दागबत्ती दिन आइपुग्छु।

०००
मकवानपुर, हेटाैंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x