साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिक

हिँड्दा माथ झुकाउनू नमन होस् यी वृद्ध वृद्धाकन आशिष् मिल्छ र पूर्ण हुन्छ मनको इच्छा बुझौँ सज्जन ।

Nepal Telecom ad

देख्तामा पृथिवी उता गगनका ताराहरू चम्किँदा
जन्मेका तरुबाट पात जब ती हाँस्छन् मुना फक्रिँदा
भोग्छन् शीत अनेक ताप अथवा नानाथरी अड्चन
झेल्छन् वृक्ष सदैव दुःख तर खै छैनन् कुनै पीडन ।।

मान्छेको जब हुन्छ जन्म सबले उल्लास मान्छन् खुबै
हुन्छन् हर्षित तामझामसँगले उत्साहमा उत्रँदै
नौलो जीवनको सप्रेमसँगले गर्छन् सबै स्वागत
यो हो जीवनचक्र वृद्धपछि त्यो होला उही निश्चित ।।

पीडाको अनुभूति खेप्नु नपरोस् निन्दा नहोस् गाथमा
आफ्ना इष्ट र मित्र भद्रजन हुन् बस्ने गरून् साथमा
आई प्रेम दयालु भाव सबका जागून् बुढ्यौलीप्रति
जस्तै दुःख परोस् प्रसन्न मनले बोलून् सधैँ सन्तति ।।

हाँसोले अनुहार कञ्चन बनून् बाधा हटोस् पर्तिर
वृद्धा वृद्ध सधैँ प्रफुल्ल रहँदा त्यो स्वर्गझैँ होस् घर
हिँड्दा माथ झुकाउनू नमन होस् यी वृद्ध वृद्धाकन
आशिष् मिल्छ र पूर्ण हुन्छ मनको इच्छा बुझौँ सज्जन ।।

हामी गौरव गर्दछौंँ किनकि यो हो जिन्दगी कर्मठ
हाम्रो सीप र योग्यता सहजले बन्ने गरून् हार्दिक
पाकाबाट सिकून् अनेक तरिका जो कामयाबी बनोस्
वृद्धा हुन् गहना भनेर सबको आत्मा स्वयंले भनोस् ।।

कोही छैन अजम्मरी युवकमा होस् प्रौढ वा वृद्धमा
जाला वृद्ध उमेरको जन भनी भाका नराखौँ यहाँ
बाँचुन्जेल सुखी खुसी हुन सिकौँ उत्साह बाँडौँ सदा
आफ्नो आयु बढेर जान्छ यसरी मौलिन्छ यो ज्येष्ठता ।।

कैयौँ चोटि मरेर बाँच्न सिकियो बित्तै गए जीवन
मार्नैपर्छ अझै विषाक्त जनका काला रहेका कण
बाँकी छन् अझ वृद्धले कति कुरा सम्याउने फाँटमा
हार्ने हैन जितेर रम्नुछ यहाँ नेपाल आकाशमा ।।

मेरा अञ्जलिभित्र राख्न मसकूँ यी ज्येष्ठका भावना
आशा थाम्न सकूँ सरक्कसँगले मिल्दै गरून् प्रेरणा
लेख्ने काम गरेँ समुच्च दिलका साँचा कुरा पस्किएँ
टुङ्ग्याई अब ज्येष्ठका यति कुरा यो काव्यमा अर्पिँएँ ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x