साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेसकालको साथी

बन्छन् ताकतहीन आखिर सबै जो छन् धनी, निर्धनी । राखे नाम रहन्छ शेष, धमिरा लाग्छन् रुपैया पनि । यौटा सूर्य ढलेर साँझ नभमा छर्छिन् कला चाँदनी । अर्को प्रात हुँदो रहेनछ कठै ! ढल्क्यो भने जीवनी ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

साठी पार भएँ घटे नजरका ज्योतिष्मती रोशनी ।
लागे रोग बुढेस कालतिरका थाक्तै गयो जीवनी ।
सञ्चो छैन, उमङ्ग, जाँगर घटे फिर्दैन आह्लादन ।
लागेको छ थकाइ, आश्रय भयो सानो कुटी आँगन ।१।

यै हो गाउँ र ठाउँ, देश-दुनियाँ, आमा, बुबा, मावली ।
आफन्ती, परिवार, मित्र-ममता आपूर्ण दृश्यावली ।
प्यारो आँचल जो छ यो प्रकृतिको उस्तै रहेता पनि ।
ऐले लाग्छ फिका फिका नयनमा उत्रिन सौदामनी ।२।

डालीका हर अंग पुष्टिन गई चढ्दै गए आँकुरा ।
मेरो देह पहेलियो, शिथिल छन् सुक्तै गए पाखुरा ।
एकैनास हुँदो रहेनछ सधैँ मेरा गएछन् दिन ।
आशा जीवनको छ सोख तरुनो के सक्तथ्यो निथ्रिन ।३।

साथी संगत पातलो छ, थलिए मिल्ने सखा दौँतरी ।
बुझ्दैनन् मनका कुरा, युवकका सोचाइ छन् नौथरी ।
मान्छेका भिडमा उपेक्षत हुँदै भेट्तै छु एक्लोपन ।
बूढो वृक्ष न फल्छ फुल्छ, उसको सिख्रो भयो जोवन ।४।

बन्छन् ताकतहीन आखिर सबै जो छन् धनी, निर्धनी ।
राखे नाम रहन्छ शेष, धमिरा लाग्छन् रुपैया पनि ।
यौटा सूर्य ढलेर साँझ नभमा छर्छिन् कला चाँदनी ।
अर्को प्रात हुँदो रहेनछ कठै ! ढल्क्यो भने जीवनी ।५।

छोयो चित्त विरक्तिले दिन दशा घुम्दैन उल्टोतिर ।
चाहेको अवसान हैन, छ कता देखिन्न खै मन्दिर ।
चिन्ता बढ्छ सुमार्ग सुझ्न नसकी यो चित्तमा दन्दन ।
थन्क्याएँ कविता, म लेख्तिन भनेँ, के मान्दथ्यो यो मन ।६।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x