साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरे चौरासीमा !

तिम्रो पाइन देखिसक्यौँ ए मान्छे हो ! भन्दै- बाँदर पनि भोट माग्न हिन्छ अरे चौरासीमा !!

Nepal Telecom ad

काशीनाथ मिश्रित :

सिङ्गापुरलाई नेपालले किन्छ अरे चौरासीमा !
अम्रिकालाई डिभि भिसा दिन्छ अरे चौरासीमा !!

गरीबीको रेखाबाट ह्वात्तै माथि उठेपछि
संसारले धनी भनी चिन्छ अरे चौरासीमा !

मान्छे बेच्ने, सुन किन्ने ब्यापार देशमा खुल्दै जाँदा …
विश्वले नै विकसितमा गिन्छ अरे चौरासिमा !

जन्मिदा नै असी हजार रिन बोक्ने नेपालीको
बाइस खरब जम्मै रिन छिन्छ अरे चौरासीमा !

एसियाली-विश्वबैङ्क क-कसले हो ऋण दिने ?
उल्टै हामीसित ऋण लिन्छ अरे चौरासीमा !

हामी सबै मुर्गा बनी भुङ्ग्रो खोस्री ताप्दै गरौँ
भुँडी फुट्ने गरी खान पाइन्छ अरे चौरासीमा !

बाइनाकुलर लगाएर भोट कसले दिन्छ-दिन्न
चौँसठ्ठीमा जस्तै गरी बिन्छ अरे चौरासीमा !

तिम्रो पाइन देखिसक्यौँ ए मान्छे हो ! भन्दै-
बाँदर पनि भोट माग्न हिन्छ अरे चौरासीमा !!

०००
२०८० मङ्सिर २५
फोक्सिङ, गुल्मी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x