हाेमनाथ घिमिरेपरदेशीलाई
बस्यौँ आस गर्दै सधैँ बाबु आमा । ठुलो कष्ट झेल्दै गरिन् दुःख धामा । झरे आँसु; यात्रा यहाँ सक्छ छेक्न । नआऊ न बाबू तिमी मृत्यु देख्न !

होमनाथ घिमिरे :
बिदा दिन्छु छोरा तिमी खोज बाटो !
अझै सम्झिएमा कुरेकै छु माटो ।
सुनी मृत्यु मेरो हिया फेरि रोला !
जुनी बित्छ अर्को कहाँ भेट होला !१।
खुसी छैन पीडा प्रतीक्षा छ खाली ।
ठग्यो जिन्दगीले कहाँ भाग्यशाली !
बढेको छ वाधा अझै अश्रु धारा ।
बनेको छ साक्षी सधैँ सूर्य तारा ।२।
लियौँ जन्म कायाँ सदा मृत्यु साथ ।
लुकेको छ छायाँ हुँदा ज्योति पास ।
जसै निभ्छ ज्वाला सबै अन्धकार ।
यही सत्य यौटा यही नीति सार ।३।
बस्यौँ आस गर्दै सधैँ बाबु आमा ।
ठुलो कष्ट झेल्दै गरिन् दुःख धामा ।
झरे आँसु; यात्रा यहाँ सक्छ छेक्न ।
नआऊ न बाबू तिमी मृत्यु देख्न !४।
छँदा श्वास माया भए भेट्न आऊ ।
हुँदा लास धोको भए मेट्न आऊ ।
छ; कर्तव्य जान्दा जहाँ धर्म पाप ।
चिता अग्नि मुस्लो धुँवा बन्छ ताप ।५।
०००
भरतपुर, चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































