साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा

छानामा घरका निदाल सिकुवा ढोकाहुँदो देख्छु बा बट्न्यौटो घुममा मुढा सुकुलमा यो काव्यमा देख्छु बा फेरी रूप अनन्तसम्म जिउने हुन् बा बडा गौरव बाबा बन्न सकिन्न सूक्ष्म मनले सोचौँ सबैले अब ।

Nepal Telecom ad

बिन्दु दाहाल मुकदर्शक :

डोका फुर्लुङमा कुला नहरमा ढुङ्गा तथा बालुमा
मेरा बा जहिले म देख्छु जिउँदो बोडी सिमी आलुमा
डाँडामा वनमा हलो र हटिया भन्ज्याङपल्लापटि
बाबा देख्छु सधैँ तरक्क पसिना झार्दै गरेका बसी ।

माटामा जलमा उँभो गगनमा धारा फलैँचा कतै
बारीका डिलमा गरा बगरमा मेरा बुबा छन् जतै
यी विद्यालयका कलेज घरका भित्ता कुनामा सधैँ
बा जीवन्त म देख्छु नित्य किन हो संस्कारमा छन् अझै ।

माघी बालन देउडा र झिझिया लाखे र रोदीघर
गुम्बा मन्दिर धाननाच सब नै खोज्छन् बुबाकै भर
साना यी झुपडी ठुला महलमा ती वृक्ष गाछीतिर
बाबाकै प्रतिबिम्ब हुन्छ जहिले छाती भरी आखिर ।

मेरा पुस्तकमा मसी कलममा सग्ला बनी अक्षर
बस्छन् ढुक्क बुबा खुला हृदयले त्यागेर आडम्बर
मेरा जीवनका हरेक पलका रङ्गीन पाना सब
मेरा रक्त नसा शिरा र धमनी डुल्छ्न् बनी गौरव ।

नाम्लो या बरियो मुढा हरिसमा ठेकी मदानी जुवा
तोक्मा खर्पनमा तुलो कमिजमा देख्दै छ मेरा बुबा
ती दौरा सुरुवाल चप्पल सँगै मान्द्रो भकारी बुनी
थुन्से मादल बाँसुरी सँगसँगै काट्छन् बुबाले जुनी ।

छानामा घरका निदाल सिकुवा ढोकाहुँदो देख्छु बा
बट्न्यौटो घुममा मुढा सुकुलमा यो काव्यमा देख्छु बा
फेरी रूप अनन्तसम्म जिउने हुन् बा बडा गौरव
बाबा बन्न सकिन्न सूक्ष्म मनले सोचौँ सबैले अब ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x