कविराज घिमिरेबुढ्यौली पनामा अझै छैन शान्ति
स्वयम् गल्छ नारा र आवाज मर्छ तिरस्कार आफैँ निमोठिन्छ झर्छ यसैको कसैको उसैको छ धेर यहाँ काट्न सक्तैन औजार हेर ।।

कविराज घिमिरे :
यहाँ राहु वाला चढेको छ माथि
थिचेको थिच्यै भो दसा भोग्छ साथी
न छन् वृद्ध हाम्रा भरोसा बनेका
युवाको छ ताँती उता नै हमेसा ।।१
न छन् मूर्खजस्ता न विद्वान् पढेका
छ दोधार हेर्दा धुरीमा चढेका
खसी मर्नसक्छन् कुनै रात पक्का
भई रोग हाम्रा दिए आज धक्का ।।२
सबै पुत्रपुत्री बनाए सुदामा
बगाएर बस्छिन् यहाँ आँसु आमा
लिई शोक धेरै उडेको छ कान्ति
बुढ्यौली पनामा अझै छैन शान्ति ।।३
निगाहा छ आफन्त मोटाउँदै छन्
सबै विज्ञ शीर्षस्थ छोटाउँदै छन्
भएको छ यस्तै सबै भद्रगोल
छ चोक्टो उसैको यता फ्याँक्छ झोल ।।४
स्वयम् गल्छ नारा र आवाज मर्छ
तिरस्कार आफैँ निमोठिन्छ झर्छ
यसैको कसैको उसैको छ धेर
यहाँ काट्न सक्तैन औजार हेर ।।५
०००
भक्तपुर






































यस्तै रहेछ यहाँ काे चलन । अाफै सुधारू अाफ्नाे जिवन