साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली पनामा अझै छैन शान्ति

स्वयम् गल्छ नारा र आवाज मर्छ तिरस्कार आफैँ निमोठिन्छ झर्छ यसैको कसैको उसैको छ धेर यहाँ काट्न सक्तैन औजार हेर ।।

Nepal Telecom ad

कविराज घिमिरे :

यहाँ राहु वाला चढेको छ माथि
थिचेको थिच्यै भो दसा भोग्छ साथी
न छन् वृद्ध हाम्रा भरोसा बनेका
युवाको छ ताँती उता नै हमेसा ।।१

न छन् मूर्खजस्ता न विद्वान् पढेका
छ दोधार हेर्दा धुरीमा चढेका
खसी मर्नसक्छन् कुनै रात पक्का
भई रोग हाम्रा दिए आज धक्का ।।२

सबै पुत्रपुत्री बनाए सुदामा
बगाएर बस्छिन् यहाँ आँसु आमा
लिई शोक धेरै उडेको छ कान्ति
बुढ्यौली पनामा अझै छैन शान्ति ।।३

निगाहा छ आफन्त मोटाउँदै छन्
सबै विज्ञ शीर्षस्थ छोटाउँदै छन्
भएको छ यस्तै सबै भद्रगोल
छ चोक्टो उसैको यता फ्याँक्छ झोल ।।४

स्वयम् गल्छ नारा र आवाज मर्छ
तिरस्कार आफैँ निमोठिन्छ झर्छ
यसैको कसैको उसैको छ धेर
यहाँ काट्न सक्तैन औजार हेर ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Rosani Karmacharya
Rosani Karmacharya
1 year ago

यस्तै रहेछ यहाँ काे चलन । अाफै सुधारू अाफ्नाे जिवन

Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
1
0
Would love your thoughts, please comment.x
()
x