साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारको जरो

२०४७ सालदेखि यो भ्रष्टाचारको जरोको टुप्पोबाट खन्दै खन्दै यहाँ आइपुगेँ यो भ्रष्टचारको जराको मूल श्रोत त सिंहदरवारतर्फ पो सोझियो।

Nepal Telecom ad

बालकृष्ण खनाल :

एकजना किसानले गुनासो गर्दै हातमा फरुवा या कोदाली समाएर शहीद गेटको अल्लिपर। भैरवको मन्दिरको ढोकामा उभिएर कतिखेर मन्दिरतर्फ फर्केर हात जोड्दै किहले यसाे भन्थे:
तँ किरा परेर मरेस जसरी हामी दुखी गरिबको पसिना खाएको छस् त्यसैगरी तेरो शरीर किराले खावस् ।

कतिखेर सिंहदरवारतर्फ फर्केर धारेहात लगाउँथे।
एकजना अर्का मान्छे भ्रष्टचारीलाई मुद्धा दिन अदालततिर जाँदैरहेछन्।
उनले त्यो फलाक्दै रुँदै गरेको मान्छेलाइ सोधे ! हैन हजुरलाई के भयो र यसरी देवता फलाक्दै रुदैहुनुहुन्छ ?

अनि अर्का मान्छेले भने किन हुनुनि हजुर हाम्रो त खेतबारी, बनजंगल, खोलानाला, स्कुल कलेज,अड्डा अदालत जहाँ सुकै भ्रष्टचार उम्रियो।

यसको मूल श्रोत कहाँ रैछ भनेर २०४७ सालदेखि यो भ्रष्टाचारको जरोको टुप्पोबाट खन्दै खन्दै यहाँ आइपुगेँ यो भ्रष्टचारको जराको मूल श्रोत त सिंहदरवारतर्फ पो सोझियो।

यहाँ भन्दा उता पुलिसले खन्नै दिन्न, जान पनि दिन्न, डन्डा लगाइहाल्छ यही देवताको पुकारेर चार वर्षदेखि यहीँ अनसन बसेको छु।

यो देवताले पनि अझै सुनेन मेरो कुरा, भनेको भन्दैथे म पनि छेवैमा बसेर सुनिरहेँ अनि मैले पनि मेरो ठगिएको रकमको माया मारेर घर फर्किएँ।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x