साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (२५)

हाम्रो यो परिवारमा कतिठुलो के विघ्न यस्तो पर्‍यो ! आई काल सुटुक्क दाजु लगिगो गर्नेनगर्ने गर्‍यो हामी तीन रह्यौँ जहान टुहुरा धर्ती भयो जर्जर बाटो देख्तिन कालरात्रि अब भो, भो जीवनी बन्जर !

Nepal Telecom ad

हेम अधिकारी :

न तिर्खा मेट्ने होस् किन विधि फुटाइस् गगन त्यो ?
निशाको कालो त्यो किन छरिदिइस् विश्मय भयो
थियो हाम्रो त्यस्तो अतिशय कडा दोष कसरी ?
लगिस् व्याधा हाम्रो भर, कुशल संरक्षक हरी ।

न नानी चिन्ने छिन् सहृदय पिता जीवनभरी
न बोली फुट्ने भो अब वचन बाबा पनि भनी
बढाई लाने हो अब सहज के ? काख बबुरी
म बिर्सूँला दाजै ? किन हरण भो प्राणपहरी ?

गए सारा स्वप्ना हृदय पनि काँप्तैछ जहिले
भए सारा आशा नियति अब जाँच्तैछ अहिले
जसै दाजै लागे विपतसँग छाडेर धरणी
भईन् शोभा सारा विहिन वयमै रूप रमणी ।

गए सारा ईच्छा विपतसँग लड्छिन् अब बरी
म आफैँ हूँ कच्चै तर अब थुनूँ भेल कसरी !
विधाता के होला ! यति विपत पार्ने यदि भए
बिराइन् के पापी ? गुणजति सबै तन्मय थिए ।

देख्तै यो मन, भाउजू सुहृदया पीडा हिया चर्किने
आधा जीवनमै प्रफुल्ल वयमै छाती चिरी तड्पिने
सेतो बस्त्र छ यौवनी सब गयो तारुण्य खै के भयो !
स्वामीका सँग जीवनी मृदुकला जम्मै गयो भत्कियो ।

सम्झाऊँ कसरी भनौँ अब कसो आफैँ म निःशब्द छु
आशा जीवनको गयो अब सबै यो जेलमा बन्द छु ।
नानी काखविशे छ एक बिचरी आमासरी भाउजू
सारा काम सकेर खिन्न मनले नानीसँगै आउँछु ।

भत्केको पहिरो छ जीवन छिया त्यो बाललीला कता ।
आफ्नै होसहवास छैन जगतै रित्तो सबै भो यता ।
लाभाले भरियो विलुप्त सब यो भूःकम्प कत्रो गयो
छाएको सब वाग जीवन छटा लौ आज थोत्रो भयो ।

हाम्रो यो परिवारमा कतिठुलो के विघ्न यस्तो पर्‍यो !
आई काल सुटुक्क दाजु लगिगो गर्नेनगर्ने गर्‍यो
हामी तीन रह्यौँ जहान टुहुरा धर्ती भयो जर्जर
बाटो देख्तिन कालरात्रि अब भो, भो जीवनी बन्जर !

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x