साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

आमा वृद्ध बनेर हालत हुँदा ऐया भनेको सुनी हाम्रो ध्यान पुगेन निश्चय भने धिक्कार होला जुनी आशिष् थाप्न सकिन्न वृद्धजनको पीडा बढायौँ भने बोल्दा प्रेम समान भाव दरियोस् मायाँ दया झल्किने ।

Nepal Telecom ad

कविराज घिमिरे :

आमाको बल जान्न सक्छ कसले ढाक्छिन् यिनी पर्वत
आमाको मन बुझ्न सक्छ कसले बन्छिन् स्वयम् सर्वत
आमा दिव्य वसुन्धरा भगवती आमा जगत् स्वामिनी
आमा सौम्य प्रभा सशक्त प्रतिभा ज्ञाता भवानी यिनी ।।

छोरी हो बुझ शक्ति के छ महिमा आमाहरूका कथा
छोरा हो बुझ खास के छ घरमा आमाहरूका व्यथा
मात्रै दुग्ध चुसेर हुन्न यिनको कल्याण गर्ने गरौँ
के गर्दा छ भलो सदैव दिलले सम्भार राम्रो गरौँ ।।

हाम्रो निम्ति भनेर जीवन दिइन् बाधा अनेकौँ सहिन्
खाइन् हण्डर साँझ रात दिनमा पानीविना तड्पिइन्
आफ्नो अङ्ग दुखेसमान पिरले बन्थिन् रुँदा चिन्तित
त्यो माया ममता लिएर सब नै बढ्दै गयौँ निश्चित ।।

आमा वृद्ध बनेर हालत हुँदा ऐया भनेको सुनी
हाम्रो ध्यान पुगेन निश्चय भने धिक्कार होला जुनी
आशिष् थाप्न सकिन्न वृद्धजनको पीडा बढायौँ भने
बोल्दा प्रेम समान भाव दरियोस् मायाँ दया झल्किने ।।

वृद्धाको मन हुन्छ कोमल अति बाँड्नू खुसीका क्षण
सुन्नू के छ विचार प्रष्ट तिनको आह्लाद पार्नू मन
चाहन्छन् यिनले खुसी हरघडी एक्लोपना दूर होस्
साथी बन्नू स्वयम् जहानबिचमा एकान्तको नाश होस् ।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x