साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मरेको अनुभव

आज पनि हाँसेका हौ कि रोएका हौ भनेर सोघ्ने मन थ्यो उनको पुरानो बानी सम्झेर उल्टै सुनेर जंगेलान् भनेर केही बोलिन खिस्स परेर उता फर्किएँ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

केहीदिनदेखि एउटा सानो कोठामा ४×६ फिटको तखत माथि अधुरानो डसनामा घुर्मैलो तन्ना त्यही तन्नको एक किनारामा कबर बिनाको सिरानी त्यही सिनानी माथि घिटिघिटी सास लिदै छोड्दै गरेको पनि आज बाह्र दिन भएछ।

हिजोसम्म त दिनको १/२ पटक कतिखेर बुहारी कतिखेर नातिनी कतिखेरघरमा काम गर्ने सहयोगी महिला आएर अमखरामा पानी
सकिएकोभए पानी थपेर जान्थे । अलिअली निल्न सक्दासम्म त बिहान बेलुका कहिले रोटी कहिले भात मैले पुग्न सक्ने गरि
राखेर जान्थे । के खान मन छ भनेर कसैले पनि सोधेन हिजोसम्म त दिनमा एक दुई जना मान्छे आएर टाडैबाट छि कस्तो गनाएको हो,
कतिदिन देखिको यो बिस्तरा धोहिदिएका पनि छैनन् कि क्याहो भन्दै टाडैबाट नाक छोप्दै यसो मेरो मुख हेर्दै फर्केर जान्थे।

म राती कतिखेर मरेछु म आफैलाइ त थाहा भएन अरुले झन थाहा पाउने कुरै भएन । बुढी भैदिएको भए थाहा पाउँथी होला । ऊ म भन्दा पहिलानै गैहाली । भन्न त आफू जाने बेला भन्दैथी बुढा म त जानलागेँ तिम्रो हातको एक घुट्को पानी पिएर तर तिमी जानेबेला कसैले थाहा पाउछन् कि नाईं ? अनि मैले भनेको थिएँ चिन्ता नगर । छन् नि यति धेरै छोरा बुहारी छोरी ज्वाईँ नाति नातिनाहरू । कसैले न कसैले त दु:ख परेको बखत कुरेर बस्लान् नि के कोही नभझै एक्लै मर्नपर्ला र ? तर बुढीले जस्तो भन्थी उस्तै उस्तै पो भयो।

हिजोसम्म सुनसान लाग्ने घर आज बिहानैबाट मान्छेको निकै चहलपहल बढेको छ हिजोसम्म गनाउने नाकमा धुप बत्ती र अत्तरको
मीठो वासना आइरहेको छ यो मेरो लासको नाकमा । हिजोसम्म धागाको धर्सो पैचो नपत्याउनेहरूले पनि कसैले पिताम्बर कसैले मार्किन कसैले फूलका माला कसैले तुलसीको काठ कसैले थैलामा धान यसैगरी कसैले के कसैले के बोकेर आएका छन् । यो कसका लागि होला मेरा लागि हो भनौ भने हिजो अस्ति नै भेट्ने आउँथे होला र सोध्थे होला केखान मन छ, कस्तो छ भनेर । लासलाई भेट्न आएका हुन् र लासकै निमित्त ल्याएका हुन् भने यो लासलाई भेट्नुको केअर्थ ? यी फूल र रुपैयाका माला र यो खाध्यन्न र यो कपडा यो लासलाई के काम ? एक्छिन पछिमात्रै त यो शरीरमा भएका वस्त्र सारा खोलेर पोल्नेछन्।

हिजोसम्म छोरा छोरीले बाबा भनेर बोलाउथे । दाजु भाइले दाजु भाइ भनेर बोलाउथे । अरू मेरा इष्टमित्र र नाल नाताले साइनो अनुसार बोलाउँथे । आज त न मेरो नाम लिन्छन् कसैले न मलाइ नाता लगाएर सम्बोधन गर्छन् । कसैले यो लास तुलसीको मोठ नजिक राख भन्छन् । कसैले लास अर्तिमा राख भन्छन् । कसैले मेरो त नामै बिर्सेछन् नाता नै भुलेछन् । यो भिड केको लागि म मरेको हेर्न यति आतुर थिए । मेरा इष्टमित्र नालनाता शुभचिन्तक र दुष्मनहरू।

बर्सौ मसंग नबोलेको मेरो झगडिया गाउँले पनि कात्रो उघारेर गयौ भन्दै हि हिँ हिँ गर्छ । रोएको हो कि हाँसेको हो ठम्याउनै सकेन । पहिला पनि सुल्टो बोलेमा उल्टो सुनेर झगडा गर्न खोज्थ्यो । आज पनि हाँसेका हौ कि रोएका हौ भनेर सोघ्ने मन थ्यो उनको पुरानो बानी सम्झेर उल्टै सुनेर जंगेलान् भनेर केही बोलिन खिस्स परेर उता फर्किएँ।

शङ्ख ध्वनि गर्दै रामनाम जप्दै अर्थिमा राखेर सम्मानपूर्वक काँधमा बोकेर आर्यघाटमा पुर्‍याएर कुनै राजनीति दलको झन्डा ओडाउने सुरसार गर्थैथिए हस्याँङफस्याङ गर्दै । तेरो मुखै हेर्दैन भन्दै छोडेर गएको छोरो आयो र रोएझै गर्दै कात्रो उघारेर मुखमा मुख जोड्यो घुँडासम्म पानीमा डुबाएर राखेका खुट्टामा घुप्लुक्क घोप्टेर ढोग्दै यो झन्डा कसले अाेडाउन खोजेको हो भन्दै अर्कै पाटीको झन्डा वडायो । सबैले यत्रो मान सम्मनकासाथ फूल र रुपैयाका माला लगाइ दिएर काँधमा बोकेको र बोल्नै नपरोस् भनेर गएकाे छोराले समेत यति धेरै माया गरेको देखेर मर्नुमर्नु अलि पहिलै मरेको भए हुनेथियो । ढिला पो गरेछु कि क्या हो जस्तो लागेको छ अब त्यस्तो लागेर पो के गर्नु।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
भ्रम

भ्रम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x