रुद्र ज्ञवालीचार ठाेक्तक
सुन्दैछु सफलताका अग्ला शिखर चढ्दै हुनुहुन्छ चिन्दिन भन्नुहुन्छ गाउँका पुराना नाता कुटुम्बहरू खै कुन्नि अचेल कस्तो खाले शास्त्र पढ्दै हुनुहुन्छ ।

रूद्र ज्ञवाली :
१.
कसैले दिएका आशीर्वादले पेट भरिन्थ्यो भने
पाएका जति अर्ति बुद्धि पालना गरिन्थ्यो भने
कल्पना गरौँ यो जीवनमा कतिपल्ट मरिदो हो
मरोस् भनेर सराप गर्दैमा झ्याप्पै मरिन्थ्यो भने ।
२.
झ्याँक्छ समयले असमय झरिन्छ कथा सकिन्छ
कसैबाट कसैको अस्तित्व हरिन्छ कथा सकिन्छ
तिमीले सोध्यौ के भनेर दिउँ परिभाषा जीवनको
मर्दामर्दै एकदिन साँच्चिकै मरिन्छ कथा सकिन्छ
३.
अकस्मात् बढ्दैछ दूरी किनारा पारी लाग्दैछ
आवाद थियो मन अहिले उजाड टारी लाग्दैछ
कहिलेकाहीँ किन यति लवस्तरो भै दिन्छ मन
आफैँले गरेको अठोट आफैँलाई भारी लाग्दैछ ।
४.
हुँदै नभएका अभियोग नयाँ नयाँ गढ्दै हुनुहुन्छ
सुन्दैछु सफलताका अग्ला शिखर चढ्दै हुनुहुन्छ
चिन्दिन भन्नुहुन्छ गाउँका पुराना नाता कुटुम्बहरू
खै कुन्नि अचेल कस्तो खाले शास्त्र पढ्दै हुनुहुन्छ ।
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest







































