साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वस्थ बुढ्यौली

छ लेख्ने र पढ्ने लागतार काम म एकान्तको बास त्याग्ने छु नाम गरी स्वास्थ्य सेवा म आफैँ छु दङ्ग खुसी दे म भन्छु स्वयं चित्त सङ्ग ।।

Nepal Telecom ad

कविराज घिमिरे :

भएँ सत्तरीको युवाझैँ छु आज
सिकेको सिको नै स्वयं मान्छ लाज
म जान्ने भएको मनैले नदेख्ता
म आफैँ छु बोक्रो मसीले नलेख्ता ।। १

सबै हेर्न थाल्छन् दुवै नेत्र खोसी
सधैँ भन्न थाल्छन् तँ होसी तँ जोसी
तँमा छैन बोक्रेपना जे भनुन् ती
म पत्याउने खै ! र लेखेँ नढाँटी ।। २

ठुला फाँट त्यस्तै उही छन् पहाड
छ उस्तै कुदेको नदीबाट बाढ
सबेरै म देख्ने यिनै खेतबारी
कुनै भिन्न छैनन् लु हेरौँ विचारी ।। ३

अहो ! जीर्ण बन्ला र मेरो शरीर
मुजा पर्न जाला र बन्दै गभीर
म सोच्तै छु फाल्दै छु यस्ता गुनासा
हिँडेको छु दौडेर खोज्दै निकासा ।। ४

गरेको छु व्यायाम साजी म खान्छु
निसा लिन्न चिन्ता सधैँ दूर राख्छु
खुसी बाँड्नु मेरो सदिच्छा छँदै छ
बुढ्यौली स्वयं नै गली भाग्छु भन्छ ।। ५

छ लेख्ने र पढ्ने लागतार काम
म एकान्तको बास त्याग्ने छु नाम
गरी स्वास्थ्य सेवा म आफैँ छु दङ्ग
खुसी दे म भन्छु स्वयं चित्त सङ्ग ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x