कविराज घिमिरेस्वस्थ बुढ्यौली
छ लेख्ने र पढ्ने लागतार काम म एकान्तको बास त्याग्ने छु नाम गरी स्वास्थ्य सेवा म आफैँ छु दङ्ग खुसी दे म भन्छु स्वयं चित्त सङ्ग ।।

कविराज घिमिरे :
भएँ सत्तरीको युवाझैँ छु आज
सिकेको सिको नै स्वयं मान्छ लाज
म जान्ने भएको मनैले नदेख्ता
म आफैँ छु बोक्रो मसीले नलेख्ता ।। १
सबै हेर्न थाल्छन् दुवै नेत्र खोसी
सधैँ भन्न थाल्छन् तँ होसी तँ जोसी
तँमा छैन बोक्रेपना जे भनुन् ती
म पत्याउने खै ! र लेखेँ नढाँटी ।। २
ठुला फाँट त्यस्तै उही छन् पहाड
छ उस्तै कुदेको नदीबाट बाढ
सबेरै म देख्ने यिनै खेतबारी
कुनै भिन्न छैनन् लु हेरौँ विचारी ।। ३
अहो ! जीर्ण बन्ला र मेरो शरीर
मुजा पर्न जाला र बन्दै गभीर
म सोच्तै छु फाल्दै छु यस्ता गुनासा
हिँडेको छु दौडेर खोज्दै निकासा ।। ४
गरेको छु व्यायाम साजी म खान्छु
निसा लिन्न चिन्ता सधैँ दूर राख्छु
खुसी बाँड्नु मेरो सदिच्छा छँदै छ
बुढ्यौली स्वयं नै गली भाग्छु भन्छ ।। ५
छ लेख्ने र पढ्ने लागतार काम
म एकान्तको बास त्याग्ने छु नाम
गरी स्वास्थ्य सेवा म आफैँ छु दङ्ग
खुसी दे म भन्छु स्वयं चित्त सङ्ग ।। ६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































