साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकहरूको सम्मान सभ्य समाजको निर्माण

घर सुन्दर भएर के गर्नु ? जुनघरमा आमाबुबा अपमानित भएर रुदै बाँच्न पर्छ भने । हरेक घर बलियो बन्न त जगबलियो बनाउनु पर्छ । आमा बाबा विनाको घर घरै हुँदैन ।

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

यस सुन्दर धर्तीमा जन्मिएको मानिस क्रमशः बालक किशोर युवा हुँदै उमिरिँदै जाने क्रम नै बुढ्यौली हो । मानिसको बुढ्यौलीपन स्वभाविक प्रकृया हो । बुढ्यौली अवस्थालाई प्राकृतिक जैविक तथा स्वभाविक प्रकृया मानिए पनि कुन व्यक्तिको बुढ्यौली पन कहिलेबाट सुरु हुन्छु भन्न चाहिँ गाह्रो छ । भनिन्छ नि शरीर बुढो भएपनि तन बुढो भए पनि मन सधै फुर्तिलो नै रहन्छ । विकसित देशहरूमा बुढ्यौलीको मापन ६५ वर्ष उमेर पूरा भए पनि गरिन्छ भने नेपाल जस्तो विकासोन्मुख देशमा बुढ्यौली उमेरको मापन सेवा सुविधा ६० बाट प्रारम्भ गरिएको छ ।

नेपाल ज्येष्ठ नागरिक ऐन २०६३(सन् २००६) का अनुसार ६० वर्ष र सो भन्दा माथिको उमेर समूहका नागरिकलाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरिएको छ । जीवनको उत्तरार्धको पाको उमेरका बुढापाका बाबाआमा, हजुरबुबा ,हजुरआमाहरू समाजका ज्येष्ठ नागरिकहरू अथाह अनुभवका खानी जीवन्त सम्पदा हुन् । ज्ञान र अनुभवले खारिएका ज्येष्ठ नागरिकहरू अथाह अनुभवका खानी हुन् । सभ्य र सुसंस्कृत समाजमा ज्येष्ठ नागरिकहरूलाई जीवन्त देवताका रुपमा आदर सम्मान गरिन्छ । बृद्ध अवस्थाका दुई चरण हुन्छन् । प्रारम्भिक चरण ६० वर्षदेखि ७४ वर्ष सम्मको उमेर समूहलाई मानिन्छ । यो सक्रिय बुढ्यौलीको चरण हो । यो समयमा मानिस विभिन्न सामाजिक संघ संस्थाहरूमा निरन्तर सक्रिय रहने हुँदा यो समूहलाई सक्रियता र सहभागिता समूह भनिन्छ ।

उत्तर बृद्धावस्था : ७५ वर्ष र सो भन्दा माथिको उमेर समूहलाई उत्तर वृद्धावस्था भनिन्छ । यो समूहका ज्येष्ठ नागरिकहरूको सक्रियता र संलग्नता क्रमशः कम हुँदै जान्छ । यो समयमा अरुको साहरा र संरक्षणको आवश्यकता पर्ने हुँदा यस अवस्थालाई संरक्षित समूह भनिन्छ । यो समयलाई अति बृद्धावस्था पनि भन्ने गरिन्छ । जीवनको उत्तरार्धमा मानिस शारीरिक, मानसिक सामाजिक रुपमा क्रमशः शिथिल हँुदै गएको पाईन्छ । बृद्धाबस्थामा प्रवेश गरेसँगै व्यक्तिमा विभिन्न प्रकारका जैविक परिवर्तनहरू देखा पर्न थाल्दछन् । यस्ता परिवर्तनका लक्षणहरूलाई बुढ्यौलीका विशेषता भनिन्छ ।

० यो अथाह अनुभव र ज्ञानले खारिएको परिपक्व अवस्था हो ।
० मानव जीवनको उत्तरार्ध अन्तिम अवस्था हो ।
० यो समयमा मानिसको शारीरिक, मानसिक बौद्धिक र सामाजिक विकासमा अवरोध आउँछ ।
० यो आश्रित अवस्था हो । यो समयमा शारीरिक सक्रियतामा शिथिलता आउँछ ।
० प्रायजसो रिसाउने, झर्किने, आत्तिने, चिन्तित हुने गिडगिडाउने कुरौटेपन जस्ता स्वभाव देखा पर्दछन ।
० कपाल सेतो हुुनु, तालुखुइलिनु, छाला चाउरी पर्नु, आँखाको दृष्टि कम हुनु, स्मरण शक्ति कमजोर हुनु, हाडजोर्नी कमजोर हुनु, शरीर कुप्रिनुु, कान नसुन्नु, दाँत कमजोर हुनु ।
० मुटुसम्बन्धी रोग, फोक्सो सम्वन्धी रोग, उच्च रक्तचाप, मधुमेह जस्ता रोगले सताउनु ।
० मानसिक तनाव बड्नु, सिर्जनात्मक,रचनात्मक सोच्ने शक्तिमा कमी आउनु, रोग प्रतिरोधात्मक शक्तिमा कमी आउनु जस्ता लक्षणहरूले गर्दा यो उमेर अरुको संरक्षण र साहरामा बाँच्न बाध्य समूह हो ।

आज विश्वमा वैज्ञानिक आविस्कार सेवा सुविधाको कारणले मानिसको सरदर आयु पनि क्रमशः बड्दै गएको अवस्था छ । जापान जस्तो विकसित देशमा बुढ्यौली समस्या चुनौतीका रुपमा देखिदै गएको छ । श्रम गर्ने कमाउने युवाहरूको अनुपातमा बुढ्यौली समूहको संख्या बढी हुनु राष्ट्रकै निम्ति चुनौती हो । यस्ता चुनौतीहरूको सामना गर्न विभिन्न दीर्घकालीन विमा योजना, सामाजिक सुरक्षा योजनाहरू समयमै राष्ट्रिय नीति तथा कार्यक्रममा समावेस गरिनु पर्दछ । समयमै बुद्धि पुर्‍याएर दीर्घकालीन ज्येष्ठ नागरिक सुरक्षा नीति बनाएर अगाडि बड्न नसके भोलि आउने दुरगामी चुनौतीको सामना गर्न तयारी अवस्थामा रहनुको विकल्प छैन ।

नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्य धारा ४१ ले मौलिक हकको रुपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । ज्येष्ठ नागरिक सम्बन्धी कानुन अनुसार प्रत्येक नेपाली नागरिकलाई प्राप्त सबै अधिकारको अतिरिक्त सम्मान प्राप्त गर्ने , पालन पोषण तथा हेरचाह प्राप्त गर्ने, अन्यायमा परेमा उजुरी दिन पाउने, आफ्‌नो सम्पत्तीको उपभोग गर्न पाउने । सरकारले ज्येष्ठ नागरिकबाट सेवा लिएमा सेवा वापतको पारिश्रमिक सेवा सुविधा प्राप्त गर्ने । आफ्‌नो इच्छा विपरित भिक्षा माग्न, सन्यासी, भिक्षु फकिर बन्न बनाउन नपाइने । सार्वजनिक सेवा सुविधामा प्राथमिकताका साथ छुट पाउने । सामाजिक सुरक्षा पाउने जस्ता अधिकारहरू ज्येष्ठ नागरिकहरूका हक अधिकारहरू हुन् । ज्येष्ठ नागरिक हरूमा हक अधिकारको संरक्षण संम्वर्धन र उपभोगको वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य हो ।

जेष्ठ नागरिकलाई छुट सुविधा दिने सम्बन्धी कार्यविधि २०७० अनुसार सार्वजनिक यातायतामा दुईवटा ज्येष्ठ नागरिक सिट छुट्याएर भाडामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था मिलाइएको छ । ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकहरूलाई रु एक लाख सम्मको स्वास्थ्य विमा निःशुल्क गर्ने व्यवस्था गरेको छ । हाल ६८ वर्ष उमेर पुगेका हरेक ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भुक्तानी स्वरुप रु ४००० ।– नगद मासिक रुपमा दिने व्यवस्था गरिएको छ । यो पवित्र कामको थालनी स्व. मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा रु १०० बाट सुरु गरिएको हो ।

नेपोलियन वोनापार्टले भनेका छन् “मलाई एक असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिनेछु ।” असल माता असल पिता असल पारिवारिक वातावरण बाट नै एउटा बालक जन्मन्छ, हुर्कन्छ, बालक , युवा , किशोर अवस्था पार गर्दै बृद्धावस्थामा प्रवेश गर्दछ । बालबालिकाहरूलाई धेरैबाट असल संस्कार असल वातावरण सिकाउँदै लान सकेमात्र भोलि उसले आमाबुबा र समाज प्रति राम्रो व्यवहार गर्न सिक्छ । आलोचनाका बिचमा हुर्किएको बालकले अरुलाई भत्र्सना गर्न सिक्छ । प्रशंसामा हुर्किएको बालकले अरुलाई कदर गर्न सिक्छ । तनाव र विवादै विवादमा हुर्किएको बालकले झैझगडा मात्र गर्न सिक्छ । शान्त वातावरणमा हुर्किएको बालकले माया र स्नेह बाँड्न सिक्छ । सद्भावना, मित्रतामा हुर्किएको बालकले माया र स्नेह बाँड्न सिक्छ । लाज शरममा हुर्किउको बालकले पछुताउन सिक्छ । असल संस्कार असल पारिवारिक वातावरणमा हुर्किएको बालकले घरमा हजुरबुबा, माता ,पिता र परिवारलाई आदर सम्मान गर्न सिक्छ ।

हामीले बालबालिकाहरूलाई घरमा संस्कार युक्तm ,तनावमुक्तm वालमैत्री मायालु वातावरणमा हुर्कने, फुर्कने, खेल्ने, सिक्ने, पढ्ने, बड्ने वातावरण दिन सक्यो भने त्यस्ता बालबालिकाहरू हुर्किए पछि घरका ज्येष्ठ नागरिकहरूप्रति उत्तरदायी बन्दछन् । आफ्‌नो घरलाई आदर्श पाठशाला ठानेर जन्मदिने आमा कर्मदिने बाबालाई देवता समान मान्छन् । जन्मघरलाई वा मातापिता भएको घरलाई पवित्र मन्दिरका रुपमा सम्मान गर्दछन् । आफ्‌नो बालबालिका भविष्यमा कस्तो बनाउने भन्ने जिम्मा घर परिवारकै हुन्छ । सकारात्मक सोच सहित संस्कारयुक्तm शिक्षा दिनसके मात्र बालकको भविष्य सकारात्मक र सुनिश्चित बन्न सक्छ । हरेक बालबालिकाको पहिलो पाठशाला घर र पहिलो शिक्षिका आमा हुन् ।

यसरी हेर्न माता पिता सम्बन्धी विश्वका विभिन्न व्यतिmहरूले राखेका धारणाहरू भनाईहरू यस प्रकार रहेका छन् ।

१.जनरल डगलस म्याकार्थरले भनेका छन् “एक सिपाहीले निर्माण गर्नका लागि विनाश पनि गर्दछ तर एक पिताले निरन्तर केबल निर्माण मात्र गर्छ । विनाश कहिल्यै गर्दैन । भत्काउन कहिल्यै जान्दैन ।

२.साहित्यकार विलियम शेक्सपियरको भनाईमा,“बुबाले छोरालाई दिंदा दुवै दुवै खुशीले हाँस्छन् तर छोराले बुबालाई दिनुपर्दा दुवै रुन्छन् ।”

३.सिम्मण्ड फ्राइड भन्छन् “बुबाको सुरक्षाको आवश्यकता जति बलियो म बाल्यकालमा कुनै पनि अन्य आवश्यकतालाई सोच्न सकिन्न ।”

धर्मशास्त्रमा :
जनकश्चो पनेता चः यस्च विद्यां प्रयच्छति ।
अन्नदाता भयत्राता पञ्चै ते पितरः स्मृति ॥
जन्मदाता, उपनयन , संस्कारकर्ता , विद्याप्रदाता , अन्नदाता र डर,भय बाट मुक्ति प्रदान गर्ने सुरक्षादाता नै पिता हुन् । त्यसैले–
सर्वतीर्थ मयी माता सर्वदेव मय पिता ।
मातरं पितरं तस्मात सर्व यत्नेन पुजयेत ॥
भनेर मातापिताको महत्वलाई अझै स्पष्ट पारिएको छ ।

पद्मपुराणमा सर्वदेवश्य पिता : बुबानै सवै देवताको स्वरुप हुन् भनेर वर्णन गरिएको छ ।
पिता धर्म पिता स्वर्गः पिताही परमं तपः ।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्व देवता । (पद्मपुराण)

देवता समान माताका विषयमा विभिन्न विद्धानहरूको भनाई यस्तो छ ।
१. अब्राहम लिङ्कन भन्दछन् “जो मानिसका साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन ।”
२. जर्जबसिस्टन भन्छन्,“आज मैले जति गरे यी सबैका लागि म मेरी आमा प्रति ऋणि छु ।”
३. जेडी पिकोल्ड भन्छन् “दिल खोलेर रुनका लागि सबैभन्दा उत्तम ठाउँ आमाको काख मात्र हो ।”
४. लियो नार्दोदा भिन्चिको भनाइहरू मेरी आमा जिउँदो भगवान(चमत्कार) हुनुहुन्छ ।

यी सवै भनाईहरूको अध्ययन गर्दा जन्मदिने आमा र कर्मदिने बाबा हामी सवैका जिउँदा देवता हुन् । पहिले घरका देवतालाई उचित स्याहार सुुसार हेरचाह मान सम्मान गरौँ । घरलाई नै पवित्र मन्दिर बनाऔँ त्यस पछि मन मस्तिष्कको मन्दिरको मस्जिदको चर्चको गुम्बाको देवतालाई पूजा गरेको उत्तम फल प्राप्ती हुन्छ ।

मेरी आमा तिमी आँखाले बोलिरहुँ,
म तिम्रा शब्द शब्द पढिरहन्छु ।
तिम्रै प्रेरणा र प्रोत्साहनमा निरन्तर
अघि बढिरहन्छु ।

भनिन्छ नि, एउटा बालकलाई उपहार किनेर दिएन भने उः क्षणभर रुन्छ तर उसलाई असल पारिवारिक वातावरण कुशल संस्कार दिन सकिएन भने त्यो बालक जीवनभर रोइरहन्छ । त्यसैले हाम्रो पूर्वीय संस्कार र संस्कृतिमा–
माता पिता र गुरुको उपदेश मान्नु ।
देवी र विष्णु शिवजी यिनलाई ठान्नु ॥
भनेर अग्रज पाका ज्येष्ठ नागरिकहरू प्रति सम्मान गर्न सिकाइन्छ ।

सधैँ सबैका कुरा सुन तर थोरै बोल । थोरै बोले मानिसले कहिल्यै पछुताउनु पर्दैन । सबैका कुरा ध्यानपूर्वक सुनौँ तर सुनेजति कुरा सबै ठाउँमा सबैकुरा बोल्न मिल्दैन ।

गल्तीमा मौनता क्षमा हो । रिसमा मौनता बुद्धि हो । दुःखमा मौनता साथ हो । मौनता संयमता विवेकको सही अभ्यास सही प्रयोगले वास्तविक जीवनको अर्थ बोध हुन्छ ।

समयलाई चिनौँ समयलाई बुझौँ र सही समयमा सही आचरणको उपयोग गरौँ । कहिल्यै पछुताउनु पर्दैन । तपाईका बाल्ने प्रत्येक शब्द शब्दले तपाईको चरित्रलाई देखाउँछ । मौनताले तपाईँको स्तर निर्धारण गर्दछ । तपाईको बोलीमा विश्व जित्ने शक्ति छ । सकेसम्म थोरै बोलौँ मीठो बोलौँ, विनम्र बनौँ ।

यसै आवश्यकतालाई महशुुुस गरेर हाल कक्षा ११ र १२ मा बुढ्यौली स्याहार शिक्षाको पाठ्यक्रम बनाएर पाठ्यपुस्तक समेत बजारमा उपलब्ध छ । बुढ्यौली स्याहार शिक्षालाई जेरेन्टोलोजी भनिन्छ । हाल देशभरमा कक्षा ११ र १२ मा ऐच्छिक विषयको रुपमा यो विषय पढ्ने विद्यार्थीको संख्या ५०० जति छ ।

अथाह अनुभवका खानी आँखाका नानी ज्येष्ठ नागरिकहरलाई बृद्धाश्रम होइन घरलाई नै उत्तम आश्रम स्थल बनाऔँ । माता पिता र समाजका ज्येष्ठ नागरिक हाम्रा जीवन्त सम्पदा हुन् भन्ने संस्कारको विकास गरौँ । आदर्श समाज निर्माण गर्ने दर्विला खम्वा हुन् ज्येष्ठ नागरिक । उनीहरूको ज्ञान सीप र योगदानलाई पुस्तान्तरण गर्नु आजको अनिवार्य आवश्यकता हो ।

दिन फेरियो रात फेरियो, अनि वर्ष फेरियो पात्रो फेरियो तर जीन्दगीको हालत भने सधै सधै उस्तै उस्तै छ । बाबु ! बाह्रभाई भनेझैँ पो भयो त भन्दै सुस्केरा हाल्ने पाकाका कुरा सुनौँ । सकेको सत्कर्म गरौँ ।

भनिन्छ नि रुप राम्रो भएर के गर्नु ? बोली रुखो भए पछि । घर सुन्दर भएर के गर्नु ? जुनघरमा आमाबुबा अपमानित भएर रुदै बाँच्न पर्छ भने । हरेक घर बलियो बन्न त जगबलियो बनाउनु पर्छ । आमा बाबा विनाको घर घरै हुँदैन । पिलर नभएको गाह्रो को भर हुदैन । एक्लो पनमा सबैले हाँस्छन्, देखावटी सपनाको भरै हुँदैन । सधैँ बाबाले कमाएर ल्याइदिने आमाले पकाइदिने र समयले साथ दिए सम्म मात्र हो , जीन्दगी । जब परिवारको सम्पूर्ण जिम्मेवारी आफ्‌ना काँधमा आउँछ तव मात्र जिन्दगीको वास्तविक अर्थ थाहा हुन्छ । आफू पनि भोलि ठुलो हुन्छु बुढो हुन्छु भनेर सोचौँ परिवारका ज्येष्ठ सदस्यहरू हाम्रा आदर्श हुन्, उनीहरूको सेवा गरौँ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x