साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवाह : एक आतङ्क

हिजोकी विश्वसुन्दरी दुलही अब कहीँ नभएको कलौटी, अनुहार र रुपरङ्ग र ढङ्ग नमिलेकी । शुरु हुन्छ मानसिक यातना, बिस्तारै शारीरिक यातना ।

Nepal Telecom ad

मैले विवाहको आतङ्कबारे कुरा गर्न खोजेको होइन, बरू खसोखास विहेको गफ गर्न खोजेको हुँ । मलाई बिहेको कुरा गर्दा खासै म फुच्चो भए पनि सुन्दै अचम्म र अनौठो लाग्दैन । मैले थाहा पाउँदा दुलाहा दुलहीलाई पोशाकको फेसन केही थाहै थिएन । सप्रिन्जेल ठूलो काजी बिग्रेपछि पाजी भन्न खोजेको पनि पक्कै होइन । बिनामाटो पनि विवाह उत्सव भएर मौलाउँदो रहेछ । घट्ुवारेलाई पिठो हलीलाई ढिँडो भनेजतिकै प्यारो हुन्छ विवाह । चरिको विहे चरासँग हुन्छ । बाघको विहे बाघसितै हुन्छ । स्यालको बिहे स्यालसँग, भालुको भालुसँग । कसैले औंला ठड्याए भने हास्यव्यङ्ग्य ठानिदिउँला ।

धेरै पछि मलाई थाहा भयो- विवाह भनेको त एटम बम जस्तै पड्कने आतङ्कको जालझेल पो रहेछ । सिमसार जमिन नभए पनि हिन्दूहरूको सोह्र आतङ्क उम्रने मध्ये एक विवाह आतङ्क पनि हो । विवाह भनेको दुईखुट्टेलाई चार खुट्टामा टेकाउने आतङ्क रहेछ । मैले धेरै केटीहरू हेर्न भ्याएको छैन, केबल फिल्मको पर्दाका पात्रहरू मात्र हेर्न सकेको छु । उनीहरू सबै भारतीय फिल्म बिहेका दुलहीहरू हुन् ।

एउटा जुँघा नहुनेले जुँघा हुनेसित विहे गर्नु पर्ने । भनिन्छ दिन असल हुँदा माटो छोए पनि सुन हुन्छ । आखिर बिहेको लागि छात्ती फुलाउँदा ३८ इन्च नफुलाउँदा ३२ इन्च चाहिने रे । यो भनेको आतङ्क होइन त ? एक पटक बिहे गरेपछि जीवनभर चारखुट्टे हुन पाइने । अनि यो छात्तीको इतिश्री भएकै हो नि ।

बिहेको कुरा हुने वित्तिकै होडबाजीको कुरा पनि हुन पुगेको हुन्छ । गाउँ शहर बजार चोक गल्ली गल्लीमा हल्लीखल्ली हुँदै बिवाहको नाममको होडबाजी हुनेगरेको सबैलाई थाहा छ । विहे गर्नु भन्दा अगाडि धेरै प्रकृया पुरा गर्ने विधिहरू छन् । यी सबै प्रकृया पुरा गरेरै मैले पनि बिहे गरेको हुँ । एउटा उखान याद आउँछ- तिनताका पाए अन्त नपाए लखन थापाको जन्त । यो पनि एउटा आतङ्क नै हो । यस्तो कुरा अलि प्रभावशाली व्यक्तित्वलाई भन्न मन लाग्छ । यो कुराको छिनोफानो गर्न पाठकहरूबीच पनि छलफल होस्् ।

मैले बिहे ३० को दशक भेटघाट हुँदाकै उमेरमा गरिसकेको थिएँ । मैले अहिलेसम्म बिहे नगरेको भए आज मैले यो निबन्ध लेख्ने पनि थिइन होला । बिहेलाई मैले चिन्न नसकेको कुरो मेरो गिदीमा आइरहेछ । मेरो आतङक पनि यहि हो । मेरो बिहेमा भोज खान नपाएको एकजना मेरो अनन्य साथी भन्दै छ- दुध क्याटरिगले राखेको छैन, पुलाउ मिठो थिएन होला, मासु चाहिँ गज्जब थियो होला । त्यो साथीसित अहिलेसम्म आमुन्ने सामुन्ने भएको छैन ।

बिहेपछि दशकौं बितेर गैसक्यो, घरको भित्तामा हामी जोडीको फोटो झुण्डिएको छ । त्यो पनि व्याज आइसकेपछिको तस्वीर । अहिले त्यहि फोटोले के सम्झेर मलाई गिल्ला गरिररहेको होला । म बूढो भए पनि त्यो फोटो तन्नेरी छ मलाई खुशी त्यसैमा छ । म फोटो जतिकै मुस्कुराउन नसकुँला, ठिङ्ग उभिन नसकुँला । मेरी श्रीमतीलाई पनि यस्तै लाग्दो होला । बाआमले ढुङ्गा जन्माएर हिरा चपाउने बेला थियो होला । फलाम दिए स्टील बनाउन सक्ने उमेर थियो । जन्ती जाने साथीलाई कस्तो लाग्दो हो बिहे एउटा आतङक नै हो भन्दा !

बिहे विहे गराई दिने सारदा शर्मा माइजूलाई र मावली परिवारलाई धेरै धेरै धन्यवाद दिएर म अहिले यो निबन्धबाट बिदा लिने बेला भएको छैन । बिहे एउटा आतङक नै हो । पहिलो कुरा कतै कतै त झुटको खेती पनि भै हाल्छ । कुरा चलाउने भन्ने बित्तिकै आतङक आइहाल्छ । कस्तो परिवारमा कुरा चलाउने छलकपटको अभ्यास पनि हुन्छ । तपाईंलाई यो कुरा सतप्रतिशत ठीक जस्तो लाग्छ । पहिलो कुरा त यसलाई बेवास्ता गर्न पनि मिल्दैन । केटीको परिवारले पनि केटाको परिवारको यथार्थ बारेमा बुझिरहेका हुन्छन् । केटाको राख्ने नाम र फेर्ने नाम बुझिरहेका हुन्छन् । घर परिवारले छोरीलाई राम्रो प्रवन्ध गर्न सक्छ सक्दैन यो कुरामा होड जोड चलेको हुन्छ । राम्रो परिवार नभए पनि सिप कला र दक्षता भएको भए कस्तो राम्रो हुन्थ्यो होला । म यति राम्रा राम्रा कुरा समाएर बसिरहन पनि सक्दिन । यो पनि विहेको विशेषता बोकेको एउटा आतङ्क नै हो ।

केटाले कति पढेको छ, केटो सस्तो राम्रो बलियो टिकाउ छ छैन । कति भयो जागिर खाएको, बाबुको हुलीया के हो, अखाद्यन्न खान्छ खाँदैन । मलाई यो कुरा पटक्कै विश्वास छैन । बरु घरघडेरी काठमाडौ छ छैन । यो र यस्तो प्रश्न चलिरहेको हुन्छ । कसैलाई हेरेर केटीको आँखा ठुलो लाग्ला, कसैलाई उचाई होचो, छोटो कालो गारो रातो लाग्ला । कसैलाई जिउडाल नमिलेको लाग्ला । मैले आजसम्म बिहे नगरेको भए के हुन्थ्यो होला । सम्झँदा नै बिहे एउटा आतङ्क जस्तो लागेर आउने ।

दाश्रो कुरा चलिसकेपछि फोटो हेर्र्नै कि मान्छे नै भिडाउने- यो पनि बिहेको अर्को आतङ्क । यसबेला पनि फसाद नै पर्छ कुन पाटीमा जाने कुन मन्दिरा जाने वा कसको घरमा भेट गरेर देखाउने दुबै थरिलाई । मन्जुर भएको स्थान चाहियो । यो अर्को आतङ्क ।

तेश्रो कुरा देखभेट गरियो, अब कहाँ कसरी छिन्ने ? यो पनि एउटा आतङक नै हो । मन्दिरमा भए कुन मन्दिर कति जना ल्याउने कति गरगहना चाहिने । कति उदेकलाग्दो कुरा । दुई घर एक हुन लागेको छ । खसी किनेको मोल मोलाइ जस्तो । यो पनि एउटा आतङक नै हो । अनि टिकाटाला कसरी गर्ने ? केटी पक्षले कताबाट टिका सुरु गर्ने यो पनि एउटा आतङ्क नै हो । दक्षिना कति राख्ने असर्फि कति चडाउने ?

बिहाको कार्ड, जन्ती कति जाना, बहुभतेर भोजमा कतिजना बोलाउने ? त्यो पनि छरछिमेक कति दाजुभाइ, इष्टमित्र कति डाक्ने ? विहा नसकिन्जेल दिनका दिन यहि कुरा भइरहन्छ । यो पनि एउटा आतङक नै हो । बिहेको दिन । कुन गाडीमा लाटासुधा लाने । दुलाको लागि माला । दुलहीको लागि चाहिने गरगहना कसको जिम्मा दिने । साँच्चै मेरा लागि यो पनि एउटा आतङक नै हो । दुलाहाको साथी जग्गेमा को राख्ने । नगद बस्तु कसले जिम्मा लिने, चाँजोपाँजो गर्नुपर्छ । जसले जसले यो हास्यव्यङ्ग्य बलपूर्वक मज्जाले पढ्नु भयो धन्यवाद दिन्छ । सम्धी सम्धिनी भेट, उपहार टिका दक्षिना यो हामी लाटा सुधाको लागि पनि एउटा आतङ्क नै हो ।

जसरीतसरी बिहे सकिन्छ । तर भोलिपल्टैदेखि दुलाहको घरमा शुरू हुन्छ अर्को आतङ्क । कबुलेको दाइजो र तिलक सर्लक्कै आयो कि आएन ? दाइजोमा आएका मालतालको लेवल जाँँच, क्यालिटी र सङ्ख्या कहीँ न कहीँ खापोटेढो परिहाल्छ । अनि यो भएन, त्यो भएन । हिजोकी विश्वसुन्दरी दुलही अब कहीँ नभएको कलौटी, अनुहार र रुपरङ्ग र ढङ्ग नमिलेकी । शुरु हुन्छ मानसिक यातना, बिस्तारै शारीरिक यातना । दुलहीका लागि घर अब यातनालय । थुक्क बेशर्मी दुनिया !

अँ, साँची यो बिहे गन्थनले तपाईंलाई केहि भुलायो होला । जमाना पारदर्शी भैसक्यो । यो थामिनसक्नुको कार्य कुशलताको बिहेमा हामीलाई दुई बाटो होइन दुई घर एक बाटोमा हिँड्न बाटो खनिदिएर समय जुराई दिने सबैलाई भुरीभुरी धन्यवाद । बिहे सबै ठाउँमा हडबडमा गडबडमा पनि चल्छ होला । बिहेलाई किन एउटा आतङक भने हुला त्यहि चाहिँ आश्चर्य लाग्छ । बिहे नामको आडम्बरको आतङ्कले समाजलाई छोपिरहेको छ । बोलीमा लोली मिलाएर विहाबन्धनमा बाँधिनु भएका प्रियमित्रहरू तपाइँलाई चाहिँ कस्तो लागिरहेको छ ? बिहेलाई कहिले मोड्ने कहिले तोड्ने कहिले जोड्ने पुलको काम डिजाइनरले गरिरहेको त छ । तर कतै यो फूल खसे जस्तो खस्छ, कतै यो पुल भाँचिएझैं भाचिन्छ पनि । यसरी भाँचिएपछि परिआउने पापाचुकेका निम्ति मुद्धामामिला, छोडपत्र र तोडपत्र गर्नुपर्ने परिस्थिति पनि बिहेपछिको अर्को आतङ्क नै हो । जुन आतङ्कले आजकाल धेरै दुलाहा र दुलहीको निदहराम गरिरहेको यथार्थलाई कहाँ अनदेखा गर्न सकिन्छ र ? कि कसो ?

०००
हाल , सिड्नी अस्ट्रेलिया
२०७९ भाद्र २५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x