साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवाह : एक आतङ्क

हिजोकी विश्वसुन्दरी दुलही अब कहीँ नभएको कलौटी, अनुहार र रुपरङ्ग र ढङ्ग नमिलेकी । शुरु हुन्छ मानसिक यातना, बिस्तारै शारीरिक यातना ।

Nepal Telecom ad

मैले विवाहको आतङ्कबारे कुरा गर्न खोजेको होइन, बरू खसोखास विहेको गफ गर्न खोजेको हुँ । मलाई बिहेको कुरा गर्दा खासै म फुच्चो भए पनि सुन्दै अचम्म र अनौठो लाग्दैन । मैले थाहा पाउँदा दुलाहा दुलहीलाई पोशाकको फेसन केही थाहै थिएन । सप्रिन्जेल ठूलो काजी बिग्रेपछि पाजी भन्न खोजेको पनि पक्कै होइन । बिनामाटो पनि विवाह उत्सव भएर मौलाउँदो रहेछ । घट्ुवारेलाई पिठो हलीलाई ढिँडो भनेजतिकै प्यारो हुन्छ विवाह । चरिको विहे चरासँग हुन्छ । बाघको विहे बाघसितै हुन्छ । स्यालको बिहे स्यालसँग, भालुको भालुसँग । कसैले औंला ठड्याए भने हास्यव्यङ्ग्य ठानिदिउँला ।

धेरै पछि मलाई थाहा भयो- विवाह भनेको त एटम बम जस्तै पड्कने आतङ्कको जालझेल पो रहेछ । सिमसार जमिन नभए पनि हिन्दूहरूको सोह्र आतङ्क उम्रने मध्ये एक विवाह आतङ्क पनि हो । विवाह भनेको दुईखुट्टेलाई चार खुट्टामा टेकाउने आतङ्क रहेछ । मैले धेरै केटीहरू हेर्न भ्याएको छैन, केबल फिल्मको पर्दाका पात्रहरू मात्र हेर्न सकेको छु । उनीहरू सबै भारतीय फिल्म बिहेका दुलहीहरू हुन् ।

एउटा जुँघा नहुनेले जुँघा हुनेसित विहे गर्नु पर्ने । भनिन्छ दिन असल हुँदा माटो छोए पनि सुन हुन्छ । आखिर बिहेको लागि छात्ती फुलाउँदा ३८ इन्च नफुलाउँदा ३२ इन्च चाहिने रे । यो भनेको आतङ्क होइन त ? एक पटक बिहे गरेपछि जीवनभर चारखुट्टे हुन पाइने । अनि यो छात्तीको इतिश्री भएकै हो नि ।

बिहेको कुरा हुने वित्तिकै होडबाजीको कुरा पनि हुन पुगेको हुन्छ । गाउँ शहर बजार चोक गल्ली गल्लीमा हल्लीखल्ली हुँदै बिवाहको नाममको होडबाजी हुनेगरेको सबैलाई थाहा छ । विहे गर्नु भन्दा अगाडि धेरै प्रकृया पुरा गर्ने विधिहरू छन् । यी सबै प्रकृया पुरा गरेरै मैले पनि बिहे गरेको हुँ । एउटा उखान याद आउँछ- तिनताका पाए अन्त नपाए लखन थापाको जन्त । यो पनि एउटा आतङ्क नै हो । यस्तो कुरा अलि प्रभावशाली व्यक्तित्वलाई भन्न मन लाग्छ । यो कुराको छिनोफानो गर्न पाठकहरूबीच पनि छलफल होस्् ।

मैले बिहे ३० को दशक भेटघाट हुँदाकै उमेरमा गरिसकेको थिएँ । मैले अहिलेसम्म बिहे नगरेको भए आज मैले यो निबन्ध लेख्ने पनि थिइन होला । बिहेलाई मैले चिन्न नसकेको कुरो मेरो गिदीमा आइरहेछ । मेरो आतङक पनि यहि हो । मेरो बिहेमा भोज खान नपाएको एकजना मेरो अनन्य साथी भन्दै छ- दुध क्याटरिगले राखेको छैन, पुलाउ मिठो थिएन होला, मासु चाहिँ गज्जब थियो होला । त्यो साथीसित अहिलेसम्म आमुन्ने सामुन्ने भएको छैन ।

बिहेपछि दशकौं बितेर गैसक्यो, घरको भित्तामा हामी जोडीको फोटो झुण्डिएको छ । त्यो पनि व्याज आइसकेपछिको तस्वीर । अहिले त्यहि फोटोले के सम्झेर मलाई गिल्ला गरिररहेको होला । म बूढो भए पनि त्यो फोटो तन्नेरी छ मलाई खुशी त्यसैमा छ । म फोटो जतिकै मुस्कुराउन नसकुँला, ठिङ्ग उभिन नसकुँला । मेरी श्रीमतीलाई पनि यस्तै लाग्दो होला । बाआमले ढुङ्गा जन्माएर हिरा चपाउने बेला थियो होला । फलाम दिए स्टील बनाउन सक्ने उमेर थियो । जन्ती जाने साथीलाई कस्तो लाग्दो हो बिहे एउटा आतङक नै हो भन्दा !

बिहे विहे गराई दिने सारदा शर्मा माइजूलाई र मावली परिवारलाई धेरै धेरै धन्यवाद दिएर म अहिले यो निबन्धबाट बिदा लिने बेला भएको छैन । बिहे एउटा आतङक नै हो । पहिलो कुरा कतै कतै त झुटको खेती पनि भै हाल्छ । कुरा चलाउने भन्ने बित्तिकै आतङक आइहाल्छ । कस्तो परिवारमा कुरा चलाउने छलकपटको अभ्यास पनि हुन्छ । तपाईंलाई यो कुरा सतप्रतिशत ठीक जस्तो लाग्छ । पहिलो कुरा त यसलाई बेवास्ता गर्न पनि मिल्दैन । केटीको परिवारले पनि केटाको परिवारको यथार्थ बारेमा बुझिरहेका हुन्छन् । केटाको राख्ने नाम र फेर्ने नाम बुझिरहेका हुन्छन् । घर परिवारले छोरीलाई राम्रो प्रवन्ध गर्न सक्छ सक्दैन यो कुरामा होड जोड चलेको हुन्छ । राम्रो परिवार नभए पनि सिप कला र दक्षता भएको भए कस्तो राम्रो हुन्थ्यो होला । म यति राम्रा राम्रा कुरा समाएर बसिरहन पनि सक्दिन । यो पनि विहेको विशेषता बोकेको एउटा आतङ्क नै हो ।

केटाले कति पढेको छ, केटो सस्तो राम्रो बलियो टिकाउ छ छैन । कति भयो जागिर खाएको, बाबुको हुलीया के हो, अखाद्यन्न खान्छ खाँदैन । मलाई यो कुरा पटक्कै विश्वास छैन । बरु घरघडेरी काठमाडौ छ छैन । यो र यस्तो प्रश्न चलिरहेको हुन्छ । कसैलाई हेरेर केटीको आँखा ठुलो लाग्ला, कसैलाई उचाई होचो, छोटो कालो गारो रातो लाग्ला । कसैलाई जिउडाल नमिलेको लाग्ला । मैले आजसम्म बिहे नगरेको भए के हुन्थ्यो होला । सम्झँदा नै बिहे एउटा आतङ्क जस्तो लागेर आउने ।

दाश्रो कुरा चलिसकेपछि फोटो हेर्र्नै कि मान्छे नै भिडाउने- यो पनि बिहेको अर्को आतङ्क । यसबेला पनि फसाद नै पर्छ कुन पाटीमा जाने कुन मन्दिरा जाने वा कसको घरमा भेट गरेर देखाउने दुबै थरिलाई । मन्जुर भएको स्थान चाहियो । यो अर्को आतङ्क ।

तेश्रो कुरा देखभेट गरियो, अब कहाँ कसरी छिन्ने ? यो पनि एउटा आतङक नै हो । मन्दिरमा भए कुन मन्दिर कति जना ल्याउने कति गरगहना चाहिने । कति उदेकलाग्दो कुरा । दुई घर एक हुन लागेको छ । खसी किनेको मोल मोलाइ जस्तो । यो पनि एउटा आतङक नै हो । अनि टिकाटाला कसरी गर्ने ? केटी पक्षले कताबाट टिका सुरु गर्ने यो पनि एउटा आतङ्क नै हो । दक्षिना कति राख्ने असर्फि कति चडाउने ?

बिहाको कार्ड, जन्ती कति जाना, बहुभतेर भोजमा कतिजना बोलाउने ? त्यो पनि छरछिमेक कति दाजुभाइ, इष्टमित्र कति डाक्ने ? विहा नसकिन्जेल दिनका दिन यहि कुरा भइरहन्छ । यो पनि एउटा आतङक नै हो । बिहेको दिन । कुन गाडीमा लाटासुधा लाने । दुलाको लागि माला । दुलहीको लागि चाहिने गरगहना कसको जिम्मा दिने । साँच्चै मेरा लागि यो पनि एउटा आतङक नै हो । दुलाहाको साथी जग्गेमा को राख्ने । नगद बस्तु कसले जिम्मा लिने, चाँजोपाँजो गर्नुपर्छ । जसले जसले यो हास्यव्यङ्ग्य बलपूर्वक मज्जाले पढ्नु भयो धन्यवाद दिन्छ । सम्धी सम्धिनी भेट, उपहार टिका दक्षिना यो हामी लाटा सुधाको लागि पनि एउटा आतङ्क नै हो ।

जसरीतसरी बिहे सकिन्छ । तर भोलिपल्टैदेखि दुलाहको घरमा शुरू हुन्छ अर्को आतङ्क । कबुलेको दाइजो र तिलक सर्लक्कै आयो कि आएन ? दाइजोमा आएका मालतालको लेवल जाँँच, क्यालिटी र सङ्ख्या कहीँ न कहीँ खापोटेढो परिहाल्छ । अनि यो भएन, त्यो भएन । हिजोकी विश्वसुन्दरी दुलही अब कहीँ नभएको कलौटी, अनुहार र रुपरङ्ग र ढङ्ग नमिलेकी । शुरु हुन्छ मानसिक यातना, बिस्तारै शारीरिक यातना । दुलहीका लागि घर अब यातनालय । थुक्क बेशर्मी दुनिया !

अँ, साँची यो बिहे गन्थनले तपाईंलाई केहि भुलायो होला । जमाना पारदर्शी भैसक्यो । यो थामिनसक्नुको कार्य कुशलताको बिहेमा हामीलाई दुई बाटो होइन दुई घर एक बाटोमा हिँड्न बाटो खनिदिएर समय जुराई दिने सबैलाई भुरीभुरी धन्यवाद । बिहे सबै ठाउँमा हडबडमा गडबडमा पनि चल्छ होला । बिहेलाई किन एउटा आतङक भने हुला त्यहि चाहिँ आश्चर्य लाग्छ । बिहे नामको आडम्बरको आतङ्कले समाजलाई छोपिरहेको छ । बोलीमा लोली मिलाएर विहाबन्धनमा बाँधिनु भएका प्रियमित्रहरू तपाइँलाई चाहिँ कस्तो लागिरहेको छ ? बिहेलाई कहिले मोड्ने कहिले तोड्ने कहिले जोड्ने पुलको काम डिजाइनरले गरिरहेको त छ । तर कतै यो फूल खसे जस्तो खस्छ, कतै यो पुल भाँचिएझैं भाचिन्छ पनि । यसरी भाँचिएपछि परिआउने पापाचुकेका निम्ति मुद्धामामिला, छोडपत्र र तोडपत्र गर्नुपर्ने परिस्थिति पनि बिहेपछिको अर्को आतङ्क नै हो । जुन आतङ्कले आजकाल धेरै दुलाहा र दुलहीको निदहराम गरिरहेको यथार्थलाई कहाँ अनदेखा गर्न सकिन्छ र ? कि कसो ?

०००
हाल , सिड्नी अस्ट्रेलिया
२०७९ भाद्र २५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
खुट्टा

खुट्टा

ठाकुरप्रसाद अधिकारी
राग कसको ?

राग कसको ?

ठाकुरप्रसाद अधिकारी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x