सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेताको जालो

सोर्स फोर्स लाएर राता राता गाला पारेर । राता राता कार्पेट पडाडि छोडेर । विपरित ढोकाबाट प्रधानमन्त्री बन्ने नेता कालो जालोमाथि अँध्यारो र उज्यालो सिंहदरवारतिरको दौड जारी छ ।

Nepal Telecom ad

भनिन्छ नेता अभावबाट जन्मिछ । आफैसँग के प्रश्न गरुँ हजुर ! के खोलुँ के बोल्दिउँ सुन्नु होस्… विचरा नेताको जालोको कुरा गर्दा धरहराको टावर झंै अग्लो भएको छ । श्रुति र अनुभूतिको नैवेध्यका साथ जाबो नेताको दुःखको बखान कसरी पो गरौँ ! एकताका गुच्चा जत्रो देश भए पनि भिटामिन र क्याल्सियम खाएर संसद चाहिँ हात्ति जत्रा भएका छन् । सगमाथाबाट हिउँ पग्लेझै पिलीपिली पग्लिरहेका छन् । जनताको कमजोरीका कारण अचाक्ली अग्लिरहेका छन् । पाइन्ट लाइट लाउनेहरू पनि फरिया पहिरनमा देखिँदा छन् । जनताको जोसको बारेमा आवाज उठाउने को ? सबैभन्दा बढी गाली खाने पनि नेता नै हो । अनि त जनताको इजालासको लाइनमा लड्ने नेताको जालो स्वाङभन्दा भ्वाङ ठूलो, हिंड्न लागे खुट्टा लुलो पार्थे । तर आजभोलि त झ्यालबाट सडकतिर हेर्दा नेता भनेकै यताको कुरा उता उताको कुरा यता गर्ने प्राणि विशेष मात्र हुन् कि झैँ लाग्छ । हैन कस्ता खन्तीराजहरू पो नेता भएका हुन् कुन्नि ! अब जाबो नेताको जालोको कुरा के गर्नु । पाप हो वा पुण्य । भुक्ति हो वा मुक्ति । यो भद्रगोल कुरा पुरा सुन्दै जानु होला ।

आँखा छापेर भन्ने नै हो भने- के मात्रै भनौ र ? पशुपति नाथ पनि अक्कन बक्क हुन्छन् होला । मामुली भुसुनालाई हात्ति र हात्तिलाई भुसुना बनाउने विशाल शिल्पकला भएका मान्छेमा नै नेताको जालो विकास भएको हुन सक्छ । यो नै नेताको कमजोरी पक्ष हो । सियोलाई मियो बनाइ दिने । खित्तित् हाँसोमा हुर्किएका हुन्छन् । या त अर्को परिभाषमा अरुको हृदय पढेका र परेका मान्छे नै नेता हुन् । ककसको दिमागमा के के कुरा कोच्चिएको हुन्छ त्यता पट्टि नखोजौं । उहिलेका कालो जंगलका नेता अहिले खुइलिसकेका छन् । अहिले जहाँ नेता त्यहि भलो भन्न थालिएको छ । गल्ली गल्लमिा बढी गाली खाने नेता भएको छ । कालो अक्षर भैसी बराबरको नेता भन्ने जमाना पनि गयो । कति सांसद अक्षरमा भ्वाङ पार्ने खेती गर्ने सफल भएका छन् । प्रचण्ड गर्मीमा आगो ताप्ने र आफ्नो कुर्सी सोझ्याउने बानी भएकाले देश हाँक्न थालेका छन् ।

नेताहरूको अवगुण अणुबम जस्तो केहि हुँदैन । जमाना नै नेताको जालोमा छ । हातमा कमालको शिप भएपछि यस्तो हुने नै भयो । मुलाको दिमागमा फर्सि पसेको छ । हातमा शिप हुने नै नेता गणको दिमाग नै गजबको चञ्चल छ । यस् देखेसुनेका र बुझेका नेताको कति बखान गर्नु ! अचेल जसले छिर्केमिर्के विषयमा दाउमा भाउ गरेर जुँगामा ताउ लाउन सक्छ ऊ नै असली नेतामा दरिन्छ । यो भनेकै नेताको किलो नै हिलो पारिदिने नेताको जालो हो ।

दुई चार वर्षे बालकलाई राजा बनाउने चलन पनि हटिसक्यो । आलोकाँचो नेताको जालो नापजोख नगरि प्रधानमन्त्री बनाइ दियो भने त देशकमा ०७२ सालको भन्दा ठूलो भुकम्प जान्छ होला, ०९० सालको कुरै छोडौ । मन्त्रीको सालले पनि नेता बनेर कुनै कार्यालयमा छिर्‍यो कि हाकिमको कुर्सी थरथराएर काम्ने बेला सम्झे हुन्छ । यो भनेकै नेताको जालो हो । काला भए पनि साला भए पनि नेताको जालो पो हो त । छिमेकको राँगोको रसको कुरै नगरौं । दुर्दिनका दशाका कुरा नउठाऔं । छिमेकका छोरी बेटी उडाउने पनि उनै । घरको दूध उडाउने पनि उनै ।

टिभी हेर्नुहोस्, समाचार हेर्नुहोस्, पत्रिका पढ्नुहोस्, वारमा डान्स गर्नुहोस् नेता प्रवृतिकै चर्तिकला भेट्टाउनु हुनेछ । आँखाभित्र दृश्य लुकाउनु होस् वा तन्काउनु होस् । अनि देख्न र सुन्न पाइन्छ गणतन्तको समाचारमा । संसदमा त झन् नेताको जालो बढि दुई आखाले देख्न नपाए पनि नपढे नि सुन्न दुई कानले पाएकै छौं ।

जालोले नभरिएको नेता पाउनु भनेको पशुपतिको पहेंलो छानामा सेतो सालिग्राम पाउनु भने जस्तै हो । शिवले साँढे वाहन पाउनु भने जस्तै हो । नेता जति जालोले बेरिन सक्छ उति इज्जत बढ्छ र पदोन्नति हुँदै जान्छ । नेताको जालो भनेको विवाह घरको झकिझकाउ बत्ति जस्तै होे । प्रत्येक नेताले भन्छ- नेताको जालो नभए बैंक खाता पनि भ्वाङ पर्छ । धक्कु लाउने खुट्टो पनि लुलो हुन्छ । जनता ढाँट्ने बुद्धि पनि मर्छ ।

नेताको खस्रा कुरा गर्ने बानीले अचेल भान्साको भात र श्रीमती भन्दा पनि नेता सस्तो भएको छ । जो कोही ठाउँमा भेटिने । ऊ समाजको जादुगर हैन कुर्सीको बफावादार भइसकेको छ । आज्ञाकारी र सूचनाको प्रवाह फुटवल खेलाडी भन्दा छिटो दौडिने र हुलाकी भन्दा बढी विश्वनिय मित्र नेता हुन पुगेको छ । छक्का पन्जा गर्ने वानी उसको खल्तीको खैंजडी खेलौना जस्तै हो । यो नै समाजको लागि वरदान हो । नयाँ जमानामा पनि नेता रसमा संस्कृतिको मुहान भेटिन थालेको छ ।

राजनीतिक दृष्टिकोणले नेताको जालो अपराध माने पनि समाजमा यस्ता दृश्य हेर्न फिल्म हलमा जानै पर्दैन । पुङ न पुच्छरका नेतालाई समाजका ठूलाबडाले निम्ता गरेर चौरासी व्यन्जन खुवाउन रातो कार्पेट विछ्याएर प्रशंसा उनैबाट पाइन्छ ।

राजनीतिको कुरा टिपुँ भनेको त न भेट्नु पाइन्छ न त फेद नै भेटिन्छ । उहिलेको कुरा खुइलिएको भन्छन् । नेताको कुराले कानमा बतास दिने भए पो । लुरीको लुखुरे हिंडाइमा के राजनीतिको कुरा गर्नु । अरुको मादल बजाउन सजिलै हुन्छ । राजनीति गर्नेले हात्केलामा भुसुना परे पनि हात्ती बनाइदिने र धक्कु लाउने गरेका हुन्छन् । अतः मेरो कलम नार्मद हुन सक्दैन । मेरो कलम त चिप्ला कुरा गर्न माहिर छ ।

छक्का पन्जा गर्ने बानी नेताको खल्तीको खैजडी खेलौना जस्तै हो । कौवाको वथानमा कोइली हुनु नेताको गुण हो । हाडिघोप्टे जाललाई लाज लाग्दैन । कोक्रोदेखि कात्रोसम्म नेताको जालो । सुकिला मुकिला बान्की भएका नेता अरुलाई चिप्लाएर नेता रस ओकली पुरस्कारको भारी लुच्छन् ।

नवआगन्तुक नेताको जालोमा दुई चार तीर हान्नेहरूको कथा अर्कै छ । आर्थिक खडेरी बेहोरिरहेका आनासुका खेताला गरेर नकमाउने नेताको राजधानीमा सिंहमर्मर छापेका महल छन् । समाजको जालोमा नेतासित एकछत्र नटुटने नेताको कालो जालोले कालो बजारी र भ्रष्टाचारीको जालो चुलिएको छ होला । कालो सालो पचाउने कालो जालो । यसैमा सांसददेखि मन्त्रीसम्म टम्म बनेका छन् । सोर्स फोर्स लाएर राता राता गाला पारेर । राता राता कार्पेट पडाडि छोडेर । विपरित ढोकाबाट प्रधानमन्त्री बन्ने नेता कालो जालोमाथि अँध्यारो र उज्यालो सिंहदरवारतिरको दौड जारी छ । धन्दा नमान्नु्स् नेताको यो कालो जालोले मलाई चाहिँ छोप्न सकेको छैन ।

०००
काठमाडौ
२०७९ माघ २०

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
रोएका बाटो

रोएका बाटो

ठाकुरप्रसाद अधिकारी
सोच्दा सौच्दै

सोच्दा सौच्दै

ठाकुरप्रसाद अधिकारी
कसौँडी मोह

कसौँडी मोह

ठाकुरप्रसाद अधिकारी
साथी ! चिन्ने हो

साथी ! चिन्ने हो

ठाकुरप्रसाद अधिकारी
नयाँ मन्त्री

नयाँ मन्त्री

ठाकुरप्रसाद अधिकारी
आत्मा

आत्मा

पी पी काेइराला
गुरुलाई चिठ्ठी

गुरुलाई चिठ्ठी

चिरञ्जीवी दाहाल
बाह्र सत्ताइसे गफ !

बाह्र सत्ताइसे गफ !

चूडामणि रेग्मी
टिमुर्के च्यानलको ठोकदोहोरी

टिमुर्के च्यानलको ठोकदोहोरी

भोजराज रेग्मी ‘मुखाले’
गुँड बनाउने मुड

गुँड बनाउने मुड

माधव पोखरेल गोज्याङ्ग्रे