साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार

श्रीमती पाखुरी सुर्कने दाउमा देखेर हत्तपत्त मैले मुख खोलेँ; ‘मलाई अर्धनिद्रामै साहित्य फुर्छ; तुरुन्तै नलेखे सूर्योदयसम्म अस्ताइहाल्छ अनि म के गर्नू ?’

Nepal Telecom ad

नन्दलाल आचार्य :

‘तपाईं मासे, हाँसे, घाँसे बन्नुस् कि माने, साने, हाने बन्नुस्; तपाईंकै खुशी तर…..!’ श्रीमती बीचमै अड्कँदा मेरो मनमा ढ्याङ्ग्रो बज्न बन्द भयो ।

उनी अचाक्ली रिसाएकी हुँदी हुन् त मलाई धामीले मसान मन्साएझैँ मन्साउँथिन् । बीचमै हलो अड्कनुको कारण मैले रोजेको र हिँडेको मार्ग पनि बेसै छ भन्ने उनलाई लागेको हुनुपर्छ । यस्तै सोचेर मैले मनभित्रै खीर पकाइरहेँ ।

‘अर्काका कुरा सुन्नी । आफू भने मसिनो बोली बोल्नी । आफू ठूलै साहित्यकार भएँ भन्दैमा अर्काको अमनचयन खोस्न तपाईंलाई कसले अधिकार दियो ?’ यसो भन्दै श्रीमती पड्कँदा भने मैले आफ्नो मति नसुधारे मेरा लागि भातभान्साको ढोका नै बन्द हुने लख काटेँ ।

‘दुःख गरेमा हातमुख जोर्ने व्यवस्था गर्देकै हो । खुट्टा हल्लाउन नपाए पनि हातखुट्टा चलाउन अभाव नबनाएकै हो । जे पाइएको छ; त्यसमै आनन्द खोज्नुपर्छ ।’ मेरा नरम कुरा सुन्नासाथ उनी घोरिन थालिन् ।

आफ्नो हात माथि परेको अनुभव गर्दै मैले थपेँ, ‘आनन्द कसैले दिँदैमा पाइन्न । बाहिर खोज्दा पनि भेटिन्न । आफैँभित्र खोज्नुपर्छ । म त्यही पाउन खोजयात्रामा छु ।’

‘मध्यरातमा लाइट बालेर गुनगुनाउँदै अर्काको मीठो निद्रा भगाउने अनि आनन्द भित्र खोज् भन्ने ?’ श्रीमती पाखुरी सुर्कने दाउमा देखेर हत्तपत्त मैले मुख खोलेँ; ‘मलाई अर्धनिद्रामै साहित्य फुर्छ; तुरुन्तै नलेखे सूर्योदयसम्म अस्ताइहाल्छ अनि म के गर्नू ?’

०००
२०८०.०३.२० सिद्धार्थटोल, उदयपुर ।
हाल- सिर्जनाकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x