साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सामान्य मान्छेको पहिचान

“तपाईं पति हो ?”, “अँ हो ।”, “उनी तपाईंको श्रीमती हुन् ?”, “अरू के त ?”, “के सबुत छ यसको ?”, “ऊ मेरी एकमात्र पत्नी हो, र म उसको एकमात्र पति हुँ । हामी भलादमी मान्छे हौं मित्र ।”, “ए... । त्यसो भए जानोस् आफ्नो एरियाको सबइन्स्पेक्टरबाट भलादमी भनी लेखाएर ल्याउनुहोस् ।”

Nepal Telecom ad

शरद जोशी :

व्यङ्ग्यनुवाद :: आर.सी. रिजाल

म उसको अगाडि उभिएको थिएँ । जिउदै उभिएको थिएँ, तर उसले मेरो अस्तित्वको मतलबै गरेन । ऊ यो मान्नै तयार थिएन कि म ‘म’ हुँ । जबसम्म उसले चिन्दैन तबसम्म मैले सरकारी विभागबाट रुपैयाँ पाउन सक्तिनथें ।

“म तपाईंको सामुन्ने साक्षात् खडा छु । म ।”
उसले सोध्यो- “प्रमाण के छ ?”
“म यहाँ उपस्थित हुनु ।”
“तपाईं तपाईं नै हो भन्ने म कसरी चिनूँ । मलाई सबुत चाहिन्छ ।”
“मित्र म ज्युँदै छु, यो कुनै नचाहिँदो कुरा त होइन ।”
“यस्तो म केही जान्दिनँ, मलाई सबुत चाहिन्छ ।”
“तपाईं भारतीय संस्कृतिमा विश्वास गर्नुहुन्छ ?” मैले सोधें ।
“गर्न सक्छु, तर त्यसले कार्यालयको काममा बाधा पर्दैन भने ।”
“त्यसो भए ठीक छ, म घर गएर श्रीमतीलाई ल्याउँछु ।”
“किन ?”
“तपाईं उनको निधारमा टीका, सिउँदोमा सिन्दुर लगाएको देख्नुहुन्छ ? मसँग जिउँदो हुनुको योभन्दा ठूलो प्रमाण अरू छैन ।”

“गजब छ ।”
“के कुराको ?”
“तपाईं पढेलेखेको भएर पनि यस्तो कुरा गर्ने ?”
“भाइ, भारतीय संस्कृतिमा यही प्रमाण हुन्छ ।”

ऊ केहीछिन चुप लागेपछि फेरि बोल्न सुरु गर्‍यो-
“तपाईं पति हो ?”
“अँ हो ।”
“उनी तपाईंको श्रीमती हुन् ?”
“अरू के त ?”
“के सबुत छ यसको ?”
“ऊ मेरी एकमात्र पत्नी हो, र म उसको एकमात्र पति हुँ । हामी भलादमी मान्छे हौं मित्र ।”
“ए… । त्यसो भए जानोस् आफ्नो एरियाको सबइन्स्पेक्टरबाट भलादमी भनी लेखाएर ल्याउनुहोस् ।”
“तपाईं मेरो टोलमा कसैलाई पनि सोध्नुहोस् ।”

“के तपाईं टोलको ठूलो दादा हो ?”
“हैन ।”
“अनि टोलको रवाफ कसलाई दिइरहनुभएको ? म सरकारी काम गरुँ कि टोलटोलमा सोघ्न जाऊँ ? मलाई हरेक प्रमाण यही टेबलमा हुनैपर्छ, यसै टेबलमा ।”
“हेर्नोस् भाइ, रुपैयाँ मेरो नाममा स्वीकृत भएको छ । जुन रकम मैले पाउनुपर्ने हो । रकम दिनुस् । अब तपाईंको मानवता यसमा हुन्छ कि तपाईं…।”
“यार, तपाईं मानवताको कुरा गर्नुहुन्छ, यो त सरकारी कार्यालय हो ।”

केहीक्षण म चुप लागेँ र फेरि उसलाई नयाँ तरिकाबाट सम्झाउन थालें-
“हेर मित्र, तिमी मलाई राम्ररी चिन्दछौ, बीसौंपटक मेरो घरमा आएर चिया पिएका छौ ।”
“पिएँ हुँला यार, मेरो त जिन्दगी नै अरूको चिया पिएर बित्या’ छ तर म तपाईलाई चिन्दिनँ ।”
“किन ?“
“मेरो कर्तव्य हो, म सरकारको कर्मचारी हुँ । यो कुर्सीमा बसेपछि म आफ्नो बाबुलाई पनि चिन्दिनँ ।”

मैले हार खाएँ । अब बहस अनन्तकालसम्म चल्न सक्थ्यो र यसको समापन हुन कठिन थियो । सरकारी कार्यालयमा मैले कोशिस गरेको छु र यस्तै तरिकाले हारेको छु । जे होस् कोशिस गर्नु मेरो कर्तव्य हो । मैले बिस्तारै सोधेँ- “तपाईंले मलाई म भनी चिन्नको लागि कति लिनुहुन्छ ?”
“२५ रुपैयाँ, यही मेरो दररेट हो ।”
“धेरै भयो ।”
“योभन्दा कममा म कसैलाई पनि चिन्दिनँ ।”
“एउटा जमाना थियो । तपाईं दुई रुपैयाँमा चिन्नुहुन्थ्यो ।”
“आहा । त्यस्तो पनि दिन थियो ।”

ऊ एकाएक भावुक भयो- “सस्तो जमाना थियो, सरकारी कार्यालयमा मान्छेको चिनारी एकदुई रुपैयाँमा हुन्थ्यो । त्यो जमानामा तपाईंले पनि सय, पाँचसयभन्दा बढी रकम पाउनुहुन्नथ्यो । आजकाल तपाईं हजार दुईहजार पाउनुहुन्छ र म पनि पच्चीसभन्दा कममा मान्छे चिन्दिनँ । भगवान्का कृपाले तपाईं यस्तो प्रगति गर्नोस् । तपाईंले लाखौं झिक्न सक्नुहोस् र म तपाईंलाई हजारमा चिन्न सकूँ ।”

म उसको कुरा सुनिरहेँ । यो देशमा जो व्यक्तिले एउटा दर्शन वा जीवनदृष्टि निर्धारण गरिसकेको हुन्छ, त्यो हतपत्ति डग्दैन । मैले खल्तीमा हात हालेँ । पच्चीस रुपैयाँ झिकेर उसलाई दिएँ ।

उसले पैसा खल्तीमा हाल्यो । सेफ खोलेर हजार रुपैयाँ गन्न लाग्यो । गन्दै भन्न लाग्यो-
“बालबच्चा सबैलाई सञ्चै छ ? तपाईंको घर नगएको पनि धेरै दिन भयो । भाउजूलाई कस्तो छ ?”

०००
‘भोलारामको आत्मा’ (२०६६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x