साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निष्पक्ष निर्णय

यसमा न पक्ष न विपक्ष, सदैव निष्पक्षको भावना हुन्छ’ । उसले फेरि थप्यो -‘निष्पक्ष टिमको निष्पक्ष निर्णय नमान्नेको चाहिँ लफडा र झगडा हाम्रो गाउँभन्दा बाहिरको पनि कसैले फरियाउन सक्दैन’ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

‘दोष कसैको होस्, निर्दोष जोसुकै होस् । हाम्रो गाउँमा निष्पक्ष निर्णय हुन्छ ।’ उसले अगाडि थप्यो -हाम्रो गाउँको परिचय यस्तै बनेको सर्वसाधारणबीच ।

‘न्याय नपाए गोर्खा जानू’ भन्ने उखानको विपरीतार्थी बनेको छ हाम्रो गाउँ ‘अन्याय नपाए समाज बसाउनू’ । उसको उक्ति म विनयशील विद्यार्थीले जस्तै सुनिरहें ।

केही ‘निष्पक्ष’ मान्छे छन् हाम्रो गाउँमा । तिनीहरूकै नियन्त्रणमा ‘न्याय’ रहेको छ । जे जस्तो अवस्थामा पनि तिनै ‘निष्पक्ष’ टिमले गरेको निणर्य ब्रह्मरेखा बन्दछ । कानुनको जस्तोसुकै लक्ष्मणरेखालाई निष्पक्ष ब्रह्मरेखाले काट्छ – निष्पक्षताको तर्कलाई पुष्टि गर्दै उसले भन्यो ।

जसरी साम्यवादीहरू भन्छन् – ‘सबै कुरो सापेक्ष हुन्छ ।’ हाम्रो गाउँको निष्पक्ष निणर्य पनि निरपेक्ष हुँदैन । निणर्यको एउटै आधार हुन्छ । – कुरो चपाएर भन्दै गर्दा मैले उत्सुकतापूर्वक सोधें – त्यो नभत्कने आधार चाहिँ के होला ?
‘पैसा’ अर्थात् ‘किन्नुपर्छ’ ।
‘के’ ?
‘निष्पक्ष निर्णय ?’
‘कसरी ?’
‘त्यसै गरी जसरी बजारमा सामान किन्न पाइन्छ ।’

‘अनि निष्पक्ष निणर्य हुन्छ त ?’ – मैले थपेपछि उसले निष्कर्ष दियो -‘जसले निणर्य किन्न सक्छ, निर्णय उसकै हुन्छ । यसमा न पक्ष न विपक्ष, सदैव निष्पक्षको भावना हुन्छ’ । उसले फेरि थप्यो -‘निष्पक्ष टिमको निष्पक्ष निर्णय नमान्नेको चाहिँ लफडा र झगडा हाम्रो गाउँभन्दा बाहिरको पनि कसैले फरियाउन सक्दैन’ ।

एकागाउँको ‘ऊ’ पात्रको ‘निष्पक्ष कुरो’ सुनेर जिज्ञासा राखें – अनि अन्याय कस्तो होला तपाईँको गाउँमा ?

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x