साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नैतिक शिक्षा

टाउको कन्याउँदै चेलाले स्विकृतिको भाषा बोल्यो । पहिलो पेग अप्ठ्यारो, दोस्रो हल्का हुँदै तेस्रो पेग रमरम, चौथोमा खुल्ला भयो ।

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

शिक्षण पेशाको जागिर छोडेका शिक्षक र वैदेशिक रोजगारबाट फर्केका चेलाबिच सहरको बिच बाटामा भेट भयो । “के छ ?” “कस्तो छ ?”, “कता हो ?”, “के हो ?”, “किन हो ?”, “कताबाट हो ?”, “सन्चो विसञ्चो के कसो छ ?” सोधासोध भयो ।

आज गुरु चेला बसेर सँगै खाजा खाऔँ । चेलालाई धाप मार्दै गुरुले प्रस्ताव राखे र सँगै एउटा होटलमा छिरे ।
“यसो हल्का चल्छ र ?” गुरुले साङ्केतिक भाषा बोले ।

“गुरुसँग बसेर लिँदा त अलिक अफ्ठ्यारै हुन्छ केरे !” टाउको कन्याउँदै चेलाले स्विकृतिको भाषा बोल्यो ।
पहिलो पेग अप्ठ्यारो, दोस्रो हल्का हुँदै तेस्रो पेग रमरम, चौथोमा खुल्ला भयो ।

“सरी है सर ! ठिटाले चुरोट झिकेर सल्कायो र स्वाट्ट तानेर फुस्स धुवाँ फाल्दै भन्यो, हजुरले निकै मिठो र रमाइलोसँग नैतिक शिक्षा पढाउनुभएको म कहिल्यै बिर्सिन्न नि, सर !”

०००
भोर्लेटार, लमजुङ
२०८०/०८/२१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x