रमेशचन्द्र घिमिरेनैतिक शिक्षा
टाउको कन्याउँदै चेलाले स्विकृतिको भाषा बोल्यो । पहिलो पेग अप्ठ्यारो, दोस्रो हल्का हुँदै तेस्रो पेग रमरम, चौथोमा खुल्ला भयो ।

रमेशचन्द्र घिमिरे :
शिक्षण पेशाको जागिर छोडेका शिक्षक र वैदेशिक रोजगारबाट फर्केका चेलाबिच सहरको बिच बाटामा भेट भयो । “के छ ?” “कस्तो छ ?”, “कता हो ?”, “के हो ?”, “किन हो ?”, “कताबाट हो ?”, “सन्चो विसञ्चो के कसो छ ?” सोधासोध भयो ।
आज गुरु चेला बसेर सँगै खाजा खाऔँ । चेलालाई धाप मार्दै गुरुले प्रस्ताव राखे र सँगै एउटा होटलमा छिरे ।
“यसो हल्का चल्छ र ?” गुरुले साङ्केतिक भाषा बोले ।
“गुरुसँग बसेर लिँदा त अलिक अफ्ठ्यारै हुन्छ केरे !” टाउको कन्याउँदै चेलाले स्विकृतिको भाषा बोल्यो ।
पहिलो पेग अप्ठ्यारो, दोस्रो हल्का हुँदै तेस्रो पेग रमरम, चौथोमा खुल्ला भयो ।
“सरी है सर ! ठिटाले चुरोट झिकेर सल्कायो र स्वाट्ट तानेर फुस्स धुवाँ फाल्दै भन्यो, हजुरले निकै मिठो र रमाइलोसँग नैतिक शिक्षा पढाउनुभएको म कहिल्यै बिर्सिन्न नि, सर !”
०००
भोर्लेटार, लमजुङ
२०८०/०८/२१
Subscribe
Login
0 Comments
Oldest







































