साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा (काव्यांशः १५)

दया अग्लो बन्दै मनबह बढी टोक्दछ हियो । सधैँ बाबा खोज्दै परित दृग गर्छन् अझ चियो ॥ बढी बेवास्ता यो रहर मनका चुस्छ बटुली । सधैँ बाबा सम्झी फगत दिल बढ्छन् खुलदुली ॥

Nepal Telecom ad

दीनानाथ पोखरेल :

बुझेस् दैवी लेखा मनुजबल निम्जो अवनिमा ।
उनै खेल्छन् खेला अबुझपन के लिन्छ मनमा ?
जता हेर्‍यो निम्जो सहन गति उस्तै बनिन गो ।
बुझाइ को सक्ला विकट भवपीडा मनुजको ?१२५॥

हुने छाती मान्छे सहजसँग को बस्दछ यहाँ ?
रुझेका आँखाले जल फगत यो झार्दछ जहाँ ॥
म रोऊँ वा उफ्रूँ जनक यमले लुट्छ यसरी ।
गरूँ फिर्ता लाग्ने पहुँच नहुँदा बाँच्नु कसरी ?१२६॥

सही बेला जानी श्रमपथ दिने जो अति भला ।
कहाँ मिल्छन् त्यस्ता अतिशय निका सुन्दर कला ?
न सम्झूँ यो चिन्ता चसचस गरी घोच्दछ सधैँ ।
म सम्झूँ यो चिन्ता मनबह बनी झर्दछ सधैँ ॥१२७॥

छ माया धर्तीको सरस गुण खोल्ने लय टिपी ।
छ माया नै आफ्नो तनमन लुलो भो बल झिकी ॥
सबै मान्छे बाँधी मन निकट पार्ने लय लिएँ ।
गुणी बास्ना भर्ने मनुजमन उठ्ने रस पिएँ ॥१२८॥

उठूँभन्दा लड्ने फगत बह बढ्दा भुवन यो ।
भयो जम्मै कालो पथ कुपथ चिन्ने बल गयो ॥
म रोऊँ रोएमा सब जन रुने कष्ट छ बडो ।
म हाँसूँ हाँसेमा सब जन रुने कष्ट छ बडो ॥१२९॥

जता फर्की हेरूँ तर सुख कतै छैन मसँग ।
सधैँ भिज्छन् आँखा मन सिथिलता बढ्छ फगत ॥
उठूँ लाग्दा दुख्दै निमिषभरमै झर्दछु तल ।
बसूँ भन्दा गर्छन् फगत बह भारी खलबल ॥१३०॥

जता फर्कूँ दुख्ने अतिशय बडो दर्द छ ममा ।
गई बारी हेरेँ नयन दुइ रित्तै भुवनमा ॥
फिरी हेरेँ टारी जनक नहुँदा चेत मलिनो ।
जता फर्की हेरे पनि मगजले पर्छ थलिनु ॥१३१॥

सधैँ दुख्दै रुन्छे विरहवसमा न्याउल चरी ।
यता बाबा खोज्दै अति बह भरी सोध्छ जसरी ॥
थपेका छन् चिन्ता तरुद्रुम रुँदै भन्नु कसरी ?
रहोस् जस्तै वैरी उससित नहोस् यो बह हरि ! १३२॥

दया अग्लो बन्दै मनबह बढी टोक्दछ हियो ।
सधैँ बाबा खोज्दै परित दृग गर्छन् अझ चियो ॥
बढी बेवास्ता यो रहर मनका चुस्छ बटुली ।
सधैँ बाबा सम्झी फगत दिल बढ्छन् खुलदुली ॥१३३॥

रुँदै क्वाँक्वाँ आफू अलमल परी दुख्दछु सधैँ ।
छ रोएको सिङ्गै अवनितल यो मानवसँगै ।
सबै सोध्छन् बाबा मनबह बढी घोच्दछ हियो ।
यिनै बढ्छन् झञ्जा मनसुख सबै ठप्प थुनियो ॥१३४॥

०००
सूर्यविनायक। भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

दीनानाथ पाेखरेल
विगत‌कै छ सिको अझ वृद्धको

विगत‌कै छ सिको अझ...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x