साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै कुन छ यो देशमा ?

नक्कली चोर छन् साधुको भेषमा सक्कली साधु खै कुन छ यो देशमा ?

Nepal Telecom ad

काशीनाथ मिश्रित :

जाल को को मिली बुन्छ यो देशमा ?
जालमा भ्यागुतो हुन्छ यो देशमा !

फुत्त माछाहरू फुत्किए खै कता ?
बाँधको प्वाल को थुन्छ यो देशमा ??

सर्पले भ्यागुतो मात्र के खान्छ र !
प्वालभित्रै मुसो रुन्छ यो देशमा ।

ङ्यार्र ढाडे बिरालो करायो अरे
हाड छाला सक्यो खुन छ यो देशमा !

स्याल ब्वाँसो पसे सिंहदर्बारमा
मिर्ग चित्कार को सुन्छ यो देशमा?

रक्तले मासुले ढाडिने मात्र छन्
आर्तको घाउ को धुन्छ यो देशमा ?

नक्कली चोर छन् साधुको भेषमा
सक्कली साधु खै कुन छ यो देशमा ?

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x