साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बदाम, दाम र बम

मेरो मतमा बदाम, दाम र बम आएकै हुन्छ । झन् आज त यी तीनै कुरा नजिकै देखिए । बदाम बदामै हो, फोरेर खाने गरेको खाने वस्तु । बम भनेको तोप रहेछ ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

दिनको २ बज्दै थियो । म हतार हतार बानेश्वरबाट बागबजार जाँदै थिएँ । बाटोमै एकजना मित्रसँग भेट भयो । मित्र फुटपाथमा बसेर बदाम खाँदै हुनुहुन्थ्यो र भन्नुभयो- “बदाम खाऊँ ।” मैले बदामलाई बदाम मात्र सम्झिनँ । दाम र बमसमेत सम्झन पुगेँ । किनभने ‘ब’ एउटा झिके दाम हुन्थ्यो र ‘दा’ झिके बम हुन्थ्यो । तसर्थ मुसुमुसु हाँसेर अगाडि बढ्दै थिएँ । मित्र पड्कनुभयो र भन्नुभयो- “बदाम खाऊँ भन्दा मान्नुभएन, खानुहोला बम ।”

मेरो सातोपुत्लो उड्यो । किनभने अहिले यहाँ कुनै कुरा ठीक छैन । मित्रले भनेजस्तै बम खान पनि के बेर ? जे भए पनि मलाई पद्मकन्या क्याम्पसको डेनिस हल पुग्नु थियो । त्यहाँ सुनकोसी साहित्य प्रतिष्ठानको वार्षिकोत्सबमा भाग लिन निम्तो थियो । वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीले दोहोच्याएरसमेत ‘आउनुस् है’ भन्नु भएको हुँदा म सरासर अघि बढेँ । पद्मकन्या क्याम्पसमा पुग्दा नपुग्दै ‘ड्यामड्याम’ आवाज आयो । मेरो सातोपुत्लो गयो । मनले भन्यो- पक्कै पनि माओवादीले बम पड्काए । के गरु कसो गरुँ भई छटपट-छटपट गर्दै थिएँ, एउटा मित्र आएर भने- “जाऊँ ।” कुरा चलाएँ । उनले हाँसेर भने- “घटस्थापनाको बढाइँ ।” म फेरि भावुक भएँ । घटस्थापनामा पनि त्यस्तो … ।

सुनकोसी साहित्य प्रतिष्ठानको कार्यक्रम भव्य भयो । हास्यव्यङ्ग्यकारसमेत सम्मानित भए । भाषणको क्रममा कृष्णप्रसाद पराजुलीको पालो आइसक्यो । उहाँले दामका पनि कुरा गर्नुभयो । पैसा, मोहर, रुपैयाँ र हजार-हजारका नोटका क्याँटको खेल त राजनीतिको मैदानमा पो हुन्छ त । यहाँ त खालि दामको कुरा । साह्रै थोरै नाम मात्र । यहाँ अझ स्पष्ट नै भनौँ न दाम भनेको त पैसालाई चार भाग लगाउँदा आउने सिक्काको साह्रै सानो एकाइ न हो । कवि साहित्यकारहरूले अरू गर्ने पनि के झन्छन् र भनेर निराशा सान्दै थिए, पराजुलीजीले भन्नुभयो “यो सुनकोसी त मनकोसी पो हो त ।” पराजुलीजी गीतकार पनि भएकाले मैले त्यो वाक्यमा गीत गुन्जेको पाएँ । “सुनकोसी भन्छन् मान्छे, मनकोसी पो हो ।”

कार्यक्रम सकेर घरतिर आउँदा पनि मेरो मनमा आइरह्यो- “बदाम, दाम र बम ।” मनले भन्यो- यी तीनै कुरा एकै एकै हुन् र ? फेरि आफै भनेँ- होइन, बदाम खानेवस्तु हो, दाम सिक्काको साहै सानो एकाइको नाम हो । त्यसको अहिले त प्रचलन पनि छैन । त्यस्तै बम भनेको खतरनाक विस्फोटक पदार्थ हो । यो नाशकारी हुन्छ । मनै त हो, जति तन्द्रा झिके पनि हुन्छ । म यही बदाम, दाम र वमकै कुरामा तर्क-वितर्क- गर्दै घरमा पुगेँ ।

साँझ नेपाल टेलिभिजन र रेडियो नेपालले समाचार दिए – दाम राखी दर्शन गरेको । प्रधानमन्त्रीलगायत ठूलाबडाहरूले दाम राखी सलाम गरेको र त्यही दाम फेरि आफै टिपेर खल्तीमा राख्दै हिँडेको पनि देखियो । त्यो देखेपछि मनमा कुरा आउन थाले- किन दाम राखेर सलाम वा स्वस्ती गर्ने ? के पैसा दुई पैसा, पाँच पैसा, सुका, मोहर, रुपैयाँ वा स्वणर्मुद्रा राख्न सकिदैन : राख्ने र आफै लिएर फर्कने हो भने राख्नुको प्रयोजन के ? जहाँ राख्यो, त्यहाँबाट आफै टिपेर हिँड्ने हो भने तु दसौँ तोला सुनको असर्फी नै राखे पनि के फरक पर्थ्याे ।

यी प्रश्नहरू कसैसमक्ष राखेर जवाफमा उत्तर लिन सकेको छैन । सायद त्यसैले गर्दा होला, मेरो मतमा बदाम, दाम र बम आएकै हुन्छ । झन् आज त यी तीनै कुरा नजिकै देखिए । बदाम बदामै हो, फोरेर खाने गरेको खाने वस्तु । बम भनेको तोप रहेछ, त्यही तोप पड्केको बेलामै रहेछ प्रधानमन्त्रीलगायतका ठूलाबडाले दाम राखी दर्शन गरी दाम टिपेर सुइँकुच्चा ठोकेको । अब पत्ता लगाउनुपरेको छ- त्यो राख्दै र टिप्दै गरेको दाम पैसा हो कि, रुपैयाँ हो कि, ढ्याक हो कि, सिक्को हो कि वा अरु नै कुनै ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x