साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्रको नौटङ्की

विधायकहरूले भने- हाम्रो स्वतन्त्र मत नै इन्दिराजीले जसलाई भन्नुहुन्छ उसैलाई नेता मान्ने हो । हामी मतपत्रमा योभन्दा बाहेक केही लेख्न तयार छैनौं । पर्यवेक्षकहरूले दिल्लीलाई यही खबर पठाइदिए ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

केही मानिसहरू भन्छन्- चेन्ना रेड्डी के खराब थिए र ? अर्काथरी भन्छन्- अन्जैया पनि के खराब थिए ? त्यसो त धेरै पहिले सञ्जीव रेड्डी पनि खराब थिएनन् अनि ब्रह्मानन्द रेड्डी पनि खराब थिएनन् । यी सबै असल छन् । आन्ध्रका मुख्यमन्त्रीहरू त असलैअसल भएका छन् । वेङ्कटराम रेड्डी जो अहिले मुख्यमन्त्री छन् ती पनि असल छन् । सबै असल छन् – ‘सो आर दे अल आर अनरेबल मेन !’ तर हैदरावादमा एकसातासम्म जुन नाटक भएको थियो त्यो जरुरी थियो । लोकतान्त्रिक पक्रियाको एक चक्र पुरा भयो । अब म भारतमा लोकतन्त्रको भविष्यलाई लिएर पूर्ण आश्वस्त छु । लोकतन्त्रको पाउ अङ्गदको पाउझैँ जमेको छ । अब लोकतन्त्रविरोधी एक सयवटा रावणले पनि यस पाउलाई हल्लाउन सक्दैनन् ।

हैदरादको यो नाटक रोचक तथा अर्थपूर्ण पनि रह्यो । लोकतन्त्रको नौटङ्की थियो । ‘सरुप’ थिए । नगरा थिए । डायलग थिए । रहस्य थियो । तिलिस्म थियो । चमत्कार थियो । बर्नार्ड शले हैदरावाद र दिल्लीमा भएको नौटङ्की देखेको भए अर्को ‘एपिल कर्ट’ लेख्थ्यो ।

नगाराको चोटमा उद्घोषकले घोषणा गर्दै थियो- अन्जैया जाँदै हुनुहुन्छ । अन्जैयाले राजिनामा दिँदै हुनुहुन्छ । लौ, अन्जैयाले राजिनामा दिनु नै भयो । अब विधानसभा पार्टीको अर्को नेता चुनिने छ । अर्को नेता । अर्को मुख्यमन्त्री !!

कांग्रेसको हाइकमान छ । एउटा केन्द्रीय संसदीय बोर्ड छ । तर यी दुबैभन्दा माथि पनि एउटा परम नियन्त्रक छन्, इन्दिरा गान्धी । दिल्लीमा केन्द्रीय संसदीय बोर्डले घोषणा गर्छ, आन्ध्रका नयाँ नेताको चुनाव गराइनेछ । आखिर यो लोकतन्त्र हो, कुनै ठट्टा होइन !

नारायणदत्त र मूपनारलाई पर्यवेक्षकमा नियुक्त गरियो । यी दुबैले आफ्ना अगाडि आन्ध्र विधायक दलका नेताको चुनाव गराउने छन् । नारायणदत्त र मूपनारले सुटकेसमा मतपेटी र मतपत्र राखे अनि उडे हैदरावादका लागि घर्र घर्र… घर्र !

विधायक दल बसेको छ । नारायणदत्त तिवारी र मूपनार बसेका छन् । दुबै पर्यवेक्षक हुन् । पर्यवेक्षक भन्छन् – हामीलाई केन्द्रीय संसदीय बोर्डले पठाएको हो ।
विधायक भन्छन्- किन पठाएको हो ?
नारायणदत्त भन्छन्- तपाईंहरूले अन्जैयाको ठाउँमा नयाँ नेता चुन्नुहोस् भनेर ।
विधायक सोध्छन्- नेतालाई सँगै ल्याएका छौ ?
मूपनार भन्छन्- हामी किन ल्याउँछौ नेता ? नेता त तिमीले चुन्ने हो ।
विधायक सोध्छन्- कसलाई नेता चुन्ने हो ? केही खबर लिएर आएका छौ ? नाम ल्याएका छौ ?
नारायणदत्तले भने- हामीले कुनै नाम ल्याएका छैनौँ । तपाईंहरू स्वतन्त्र हुनुहुन्छ चुन्नका लागि ।
विधायले भने- हामीलाई स्वतन्त्र हुनु छैन ।
मूपनारले भने- यो मतपेटी र यी मतपत्र छन् । मतपत्रमा नेताको नाम लेखेर मतपेटीमा खसाऊ ।
विधायकले भने- अर्को पेटी खोल र त्यसबाट नेतालाई झिक ।
नारायणदत्तले भने- हामीले दिल्लीबाट कुनै नेता ल्याएका छैनौँ ।
विधायकले भने- ल्याएका छैनौ भने आउँदै होला । भन को आउँदै छ ?
नारायणदत्तले भने- दिल्लीबाट नेता पठाइने छैन । तिमीहरूले नै चुन्ने हो ।
विधायकहरूले भने- यस्तो हुँदैन । नेता पठाइन्छ ।
मूपनारले भने- अहँ, यस्तो हुँदैन । नेता चुन्ने तपाईंहरूको लोकतान्त्रिक अधिकार हो ।
विधायकहरूले भने- हामीलाई नेता नचुन्ने पनि लोकतान्त्रिक अधिकार छ ।
नारायणदत्तले भने- तिमीहरूमध्ये प्रत्येकलाई मत दिने अधिकार छ ।
विधायकहरूले भने- हामीमा प्रत्येकलाई मत नदिने पनि अधिकार छ । नलुकाउनुस् । हामीलाई भन्नुस्, इन्दिराजीले कसको नाम प्रस्तावित गर्नुभएको छ ?

त्यसै वेला कस्तो खबर फैलियो भने दिल्लीका गृहराज्यमन्त्री वेङ्कट सुवैया आउँदै छन् । हल्ला मच्चियो- आए, आए ! दिल्लीबाट पठाइएका आए । इन्दिराजीले वेङ्कट सुबैयालाई नेता बनाएर पठाइदिइन् । दिल्लीको विमान रोकियो । वेङ्कट सुबैया ओर्ले । कैयौँ काङ्ग्रेसी माला लिएर अगाडि बढे बधाई दिँदै । आन्ध्रका नेता र मुख्यमन्त्रीलाई स्वागत छ । बेङ्कट सुबैया आत्तिए र बोले, ‘यति हतार नगरौँ । मलाई नारायणदत्त तिवारी र मूपनारलाई भेट्न त दिऊँ !’

विधायकहरूले भने- उनीहरूसित के सोध्नुपर्‍यो ?
बेङ्कट सुवैयाले भने- उनीहरूसित नयाँ नेता कसलाई चुने भनेर सोध्नु छ ।
विधायकहरूले भने- उनीहरूसित के सोध्नु ? हामीले चुनेकै छैनौँ । इन्दिराजीले तपाईंलाई पठाउनुभएको छ भने हामीले तपाईंलाई नै चुन्यौँ ।
बेङ्कट सुबैयाले भने- हैन, हैन, म त पूर्वनिर्धारित अर्को कार्यक्रमका लागि आएको हुँ । …र कसै गरी राज्यको अतिथिगृहमा पुगे ।

त्यहाँ पनि माला लिनेहरूले उनलाई घेरे । आउनुभयो ! दिल्लीबाट पठाइनुभएका आउनुभयो ! आन्ध्रका नयाँ मुख्यमन्त्रलाई स्वागत छ ! बिचरा बेङ्कट सुबैया निकै आत्तिए ! के इन्दिरा गान्धीले पर्यवक्षकहरूलाई मलाई चुन्न लगाउने आदेश दिएर पठाएकी हुन् त ? के यिनीहरूले मलाई चुनेकै हुन् त ? कुरा के हो ?
उता नारा लागिरहेको छ- बेङ्कट सुबैया जिन्दावाद ! आन्ध्रका नयाँ मुख्यमन्त्री बेङ्कट सुबैया ! बेङ्कट सुबैयाले आत्तिएर भने- म त मन्दिर जाँदै छु । अनि अतिथि गृहबाट भागे ।

पर्यवेक्षहरूले दिल्लीसित कुरा गरे – यी विधायकहरू नेता चुन्न चाहँदैनन् ।
हाइकमानले भन्यो- उनीहरूलाई नेता चुन्न लगाओ । एउटा लोकतान्त्रिक प्रक्रिया पुरा हुनुपर्छ ।
पर्यवक्षकहरूले भने- तर उनीहरू चुन्न तयार छैनन् । के हामीले जबरदस्ती उनीहरूको हात समातेर मतपत्र भर्न लगाउनु ? उनीहरू भन्छन् ‘दिल्लीको हुकुमप्रमाङ्गी देखाऊ र भन इन्दिराजीले कसको नाम प्रस्ताव गर्नुभएको छ ?’

हाइकमानले भन्यो- इन्दिराजी भन्नुहुन्छ, ‘म अधिनायकवादी हुँ भनेर मलाई त्यत्तिकै बदनाम गरिएको हो । म कसैको पनि नाम प्रस्तावित गर्दिनँ । विधायकहरूले स्वतन्त्र मतबाट नेता चुनुन् ।’
पर्यवेक्षकहरूले यही कुरो विधायकहरूसित भने । विधायकहरूले भने- हाम्रो स्वतन्त्र मत नै इन्दिराजीले जसलाई भन्नुहुन्छ उसैलाई नेता मान्ने हो । हामी मतपत्रमा योभन्दा बाहेक केही लेख्न तयार छैनौं । पर्यवेक्षकहरूले दिल्लीलाई यही खबर पठाइदिए ।

लोकतान्त्रिक प्रक्रियाको यस नाटकमा घोर सस्पेन्सको क्षण हो यो ! अब के होला ? के बेङ्कट सुबैया नै नयाँ नेता बनाइएलान् ? के दिल्लीबाट उनकै नाम आउला ?
उता दिल्लीमा पर्दापछाडि केही हुन्छ । केन्द्रीय संसदीय बोर्ड बस्छ र बेङ्कटरामा नयाँ नेता हुने भन्ने निणर्य गर्छ ।
लोकतान्त्रिक प्रक्रियाको नाटक समाप्त हुन्छ । बेङ्कट सुबैया मञ्चबाट हराउँछन् । बेङ्कटरामा मञ्चमा छन् । भन्छन् – म आफ्ना साथी विधायकहरूसित सल्लाह गरेर मन्त्रिमण्डलको नामको निर्णय गर्नेछु र दिल्लीसित सल्लाह गरेर मन्त्रिमण्डल बनाउने छु ।

०००
परसाईं रचनावली भाग (४), ‘लोकतन्त्र की नौटंकी ’ बाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x