साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ठूलो !

नानीभन्दा आची ठूलो सत्यभन्दा साक्षी ठूलो गुणभन्दा गान ठूलो बुद्धिभन्दा मान ठूलो ! बाबुभन्दा छोराे ठूलो गुरुभन्दा चेलो ठूलो यो त नयाँ संस्कृति हो सबैभन्दा म पो ठूलो !

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

देशभन्दा पार्टी ठूलो
पार्टी भन्दा नेता ठूलो
भार थाम्ने कसरो हो ?
शिरभन्दा फेटा ठूलो !

शान्तिभन्दा क्रान्ति ठूलो
भोकभन्दा नारा ठूलो
विडम्बना यस्तै यहाँ
चन्द्रभन्दा तारा ठूला !

कामभन्दा बात ठूलो
मान्छेभन्दा जात ठूलो
उज्यालोमा तर्सनेको
दिनभन्दा रात ठूलो !

प्रजातन्त्र तीतो भयो
देवभन्दा जुद्ध ठूलो
मसीभन्दा असी राम्रो
बुद्धभन्दा युद्ध ठूलो ।

नानीभन्दा आची ठूलो
सत्यभन्दा साक्षी ठूलो
गुणभन्दा गान ठूलो
बुद्धिभन्दा मान ठूलो !

बाबुभन्दा छोराे ठूलो
गुरुभन्दा चेलो ठूलो
यो त नयाँ संस्कृति हो
सबैभन्दा म पो ठूलो !

०००
दाङ
जय अवसरवाद (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x