सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म ठूलो !

नानीभन्दा आची ठूलो सत्यभन्दा साक्षी ठूलो गुणभन्दा गान ठूलो बुद्धिभन्दा मान ठूलो ! बाबुभन्दा छोराे ठूलो गुरुभन्दा चेलो ठूलो यो त नयाँ संस्कृति हो सबैभन्दा म पो ठूलो !

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

देशभन्दा पार्टी ठूलो
पार्टी भन्दा नेता ठूलो
भार थाम्ने कसरो हो ?
शिरभन्दा फेटा ठूलो !

शान्तिभन्दा क्रान्ति ठूलो
भोकभन्दा नारा ठूलो
विडम्बना यस्तै यहाँ
चन्द्रभन्दा तारा ठूला !

कामभन्दा बात ठूलो
मान्छेभन्दा जात ठूलो
उज्यालोमा तर्सनेको
दिनभन्दा रात ठूलो !

प्रजातन्त्र तीतो भयो
देवभन्दा जुद्ध ठूलो
मसीभन्दा असी राम्रो
बुद्धभन्दा युद्ध ठूलो ।

नानीभन्दा आची ठूलो
सत्यभन्दा साक्षी ठूलो
गुणभन्दा गान ठूलो
बुद्धिभन्दा मान ठूलो !

बाबुभन्दा छोराे ठूलो
गुरुभन्दा चेलो ठूलो
यो त नयाँ संस्कृति हो
सबैभन्दा म पो ठूलो !

०००
दाङ
जय अवसरवाद (२०५४)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्

प्रभो ! फेरि जन्म...

उत्तमकृष्ण मजगैयाँ
धरोधर्म हजुर !

धरोधर्म हजुर !

उत्तमकृष्ण मजगैयाँ
कवि ‘विद्रोही’ : एक परिचय

कवि ‘विद्रोही’ : एक...

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
भुलक्कड गुरु

भुलक्कड गुरु

उत्तमकृष्ण मजगैयाँ
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’