साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सौता

मर्नुभन्दा केही दिन अघि दिदीले मलाई जलाएको चिहानमा प्रत्येक दिन बिहान पानी हाल्नु है भन्नुभएको थियो । त्यसैले दिदीको अन्तिम धोको म विगत बीस वर्षदेखि पूरा गरिरहेको छु ।

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

“मेरो प्यारो खसम ! म अब धेरै दिन बाँच्तिनँ । म मरेपछि तपाईं एक्लै नबस्नु है । अर्की पत्नी ल्याउनु । तर मेरो एउटा शर्त छ । शर्त के भने मलाई जलाइएको चिहान जहिले सुख्खा हुन्छ त्यसै दिन पछि हजुरले विवाह गर्नु ।” मृत्युको नजिक पुग्नै लागेकी पत्नीले पतिलाई सम्झाई ।

पतिले शर्त स्वीकार्‍यो । पत्नी परमधाम गई । पति दिनैपिच्छे जुरुक्क उठेर पत्नीको चिहान हेर्न जान्थ्यो । जहिले जाँदा पनि चिहान भिजिरहेको हुन्थ्यो । यस्तै गर्दै बीस वर्ष बित्यो तर चिहान कहिल्यै ओभाएन । उसलाई अचम्म लाग्यो ।

एकदिन ऊ सदाभन्दा अलि चाँडै चिहानमा गयो । त्यहाँ उसले आफ्नो सालोलाई बाल्टीबाट चिहानमा पानी खन्याउँदै गरेको भेट्टायो । ऊ छक्क पर्‍यो । यसरी चिहानमा पानी हाल्नुको कारण सालोलाई सोध्यो ।

सालोले भन्यो, “मर्नुभन्दा केही दिन अघि दिदीले मलाई जलाएको चिहानमा प्रत्येक दिन बिहान पानी हाल्नु है भन्नुभएको थियो । त्यसैले दिदीको अन्तिम धोको म विगत बीस वर्षदेखि पूरा गरिरहेको छु ।”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x