वासुदेव तिमल्सिनासौता
मर्नुभन्दा केही दिन अघि दिदीले मलाई जलाएको चिहानमा प्रत्येक दिन बिहान पानी हाल्नु है भन्नुभएको थियो । त्यसैले दिदीको अन्तिम धोको म विगत बीस वर्षदेखि पूरा गरिरहेको छु ।

बासुदेव तिमल्सिना :
“मेरो प्यारो खसम ! म अब धेरै दिन बाँच्तिनँ । म मरेपछि तपाईं एक्लै नबस्नु है । अर्की पत्नी ल्याउनु । तर मेरो एउटा शर्त छ । शर्त के भने मलाई जलाइएको चिहान जहिले सुख्खा हुन्छ त्यसै दिन पछि हजुरले विवाह गर्नु ।” मृत्युको नजिक पुग्नै लागेकी पत्नीले पतिलाई सम्झाई ।
पतिले शर्त स्वीकार्यो । पत्नी परमधाम गई । पति दिनैपिच्छे जुरुक्क उठेर पत्नीको चिहान हेर्न जान्थ्यो । जहिले जाँदा पनि चिहान भिजिरहेको हुन्थ्यो । यस्तै गर्दै बीस वर्ष बित्यो तर चिहान कहिल्यै ओभाएन । उसलाई अचम्म लाग्यो ।
एकदिन ऊ सदाभन्दा अलि चाँडै चिहानमा गयो । त्यहाँ उसले आफ्नो सालोलाई बाल्टीबाट चिहानमा पानी खन्याउँदै गरेको भेट्टायो । ऊ छक्क पर्यो । यसरी चिहानमा पानी हाल्नुको कारण सालोलाई सोध्यो ।
सालोले भन्यो, “मर्नुभन्दा केही दिन अघि दिदीले मलाई जलाएको चिहानमा प्रत्येक दिन बिहान पानी हाल्नु है भन्नुभएको थियो । त्यसैले दिदीको अन्तिम धोको म विगत बीस वर्षदेखि पूरा गरिरहेको छु ।”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest






































