देवीप्रसाद मिश्रबुढ्याैली काव्य (शृङ्खला- ४७)
छ सृष्टिको विशेषता बुढाे भएर के भयो युवा पछाडि दाैडिँदै भरे समाल्दछन् मियाे। म खिन्न हुन्न चित्तमा बुढ्याइँमा छ अक्कल उठाउने छ तिर्सना जुरुक्क मन्दराचल ।

देवीप्रसाद मिश्र:
जेठाबाकाे उद्घाेष
भएँ बुढाे गयाे चुराे म काम गर्न सक्दिन
भनी निराश रासमा थचक्क बस्न सक्दिन ।
छ साेचमा उदारता तमालकाे छ अक्कल
उठाउने छ तिर्सना जुरुक्क मन्दराचल २८०।।
विशेषता छ जिन्दगी नहाेस् कतै निरर्थक
समाल्छु दत्तचित्तले डटेर वृद्धकाे हक ।
कुनै विपद् परे यता अजङ्गको बनी गल
उठाउने छ तिर्सना जुरुक्क मन्दराचल।।२८१।।
सुभाग्य ठान्छु साथमा झुरुप्प छन् सुसन्तति
गृहस्थ धर्मकर्ममा नहाेस् कतै अधाेगति ।
अभावमा प्रताडमा म गुम्न दिन्न अक्कल
उठाउने छ तिर्सना जुरुक्क मन्दराचल। ८२।।
बढाउँदै कमानमा विशेष, सत्यकाे गति
सबै,हिँडे, सुमार्गमा हुँदैन लक्ष्यमा क्षति ।
सदा मिलाप,फाँटमा गरे,सुकर्म साधना
अवश्य गर्छ ब्रह्मले असत्य सत्य मापन।।२८३
छ सृष्टिको विशेषता बुढाे भएर के भयो
युवा पछाडि दाैडिँदै भरे समाल्दछन् मियाे।
म खिन्न हुन्न चित्तमा बुढ्याइँमा छ अक्कल
उठाउने छ तिर्सना जुरुक्क मन्दराचल ।२८४।।
(क्रमशः)
०००
हाल – काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































