साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्य (शृङ्खला- ४७)

छ सृष्टिको विशेषता बुढाे भएर के भयो युवा पछाडि दाैडिँदै भरे समाल्दछन् मियाे। म खिन्न हुन्न चित्तमा बुढ्याइँमा छ अक्कल उठाउने छ तिर्सना जुरुक्क मन्दराचल ।

Nepal Telecom ad

देवीप्रसाद मिश्र:

जेठाबाकाे उद्घाेष

भएँ बुढाे गयाे चुराे म काम गर्न सक्दिन
भनी निराश रासमा थचक्क बस्न सक्दिन ।
छ साेचमा उदारता तमालकाे छ अक्कल
उठाउने छ तिर्सना जुरुक्क मन्दराचल २८०।।

विशेषता छ जिन्दगी नहाेस् कतै निरर्थक
समाल्छु दत्तचित्तले डटेर वृद्धकाे हक ।
कुनै विपद् परे यता अजङ्गको बनी गल
उठाउने छ तिर्सना जुरुक्क मन्दराचल।।२८१।।

सुभाग्य ठान्छु साथमा झुरुप्प छन् सुसन्तति
गृहस्थ धर्मकर्ममा नहाेस् कतै अधाेगति ।
अभावमा प्रताडमा म गुम्न दिन्न अक्कल
उठाउने छ तिर्सना जुरुक्क मन्दराचल। ८२।।

बढाउँदै कमानमा विशेष, सत्यकाे गति
सबै,हिँडे, सुमार्गमा हुँदैन लक्ष्यमा क्षति ।
सदा मिलाप,फाँटमा गरे,सुकर्म साधना
अवश्य गर्छ ब्रह्मले असत्य सत्य मापन।।२८३

छ सृष्टिको विशेषता बुढाे भएर के भयो
युवा पछाडि दाैडिँदै भरे समाल्दछन् मियाे।
म खिन्न हुन्न चित्तमा बुढ्याइँमा छ अक्कल
उठाउने छ तिर्सना जुरुक्क मन्दराचल ।२८४।।

(क्रमशः)

०००
हाल – काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x