साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूल खाँबो

समाजको आडम्वर पनि उसले बुझ्यो साथै परिवारको आवश्यकता पनि उसलाई अनुभव हुन थाल्यो जुन परिवार खासमा मूल खाँबामा जोडिएका थिए र धुरीलाई होइन भुँइलाई महत्तवपूर्ण ठान्थे ।

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

हुन त त्यो घरको मूल खाँबो आमा थिइन् । तर बुहारीले उनलाई मानसिक रूपमा बन्दी बनाएर पालेकी हुनाले आमाको अस्तित्व थिएन नै भन्दा पनि हुन्छ । त्यसैले घरमा मूल खाँबो थिएन तर एकाएक एउटा छोरो त्यो घरको धुरीमा परिणत भयो । आमालाई पालेर महान् बन्ने त्यो आडम्बरी छोराले बुहारीलाई साह्रै बेसी सम्मानित गर्ने नयाँ सोच देखाउँथ्यो र समाजले उसको वैभवशाली जीवन देखेर उसका हरेक कुरालाई नवीन, महान्, ओजश्वी, महान् आदि भन्दथे । ऊ भने खासमा स्त्री लम्पट थियो र पैसामा किन्न सकिने नारी भोगका वस्तु मात्र हुन् भन्ने ज्ञान आर्जन गरेको थियो । छोराको ध्येय भने अब समाजकै धुरी बन्नतिर लागेको थियो । भौतिक सम्पत्तिको राम्रो जोहो गर्न सकेमा जो कोही पनि महान् बन्न सक्ने सामाजिक मान्यतामा उसको व्यक्तित्व समय सापेक्ष थियो ।

घरमा अरु सदस्य पनि थिए तर उसको वर्चश्व यति धेरै थियो कि अरु सबैलाई ओझेलमा राख्न छोरो सक्षम थियो । समाजमा पनि ऊ धुरी नै हुन थालेको थियो । यो सबै यसकारण सम्भव भयो कि उसमा पैसा बगाउन सक्ने क्षमता थियो। आचार, संस्कार, नैतिकता सबै बजारमा किन्न पाइने वस्तु भएको समाजमा माया, प्रेम सद्भाव पनि विक्रिमा छन् भन्ने गहिरो ज्ञान उसमा भएकाले सासू पाल्ने उसकी स्वास्नी पनि गद्-गद् थिई ।

घरको मूल खाँबो एकदिन ढल्यो अर्थात् आमा स्वर्गे भइन् । अब भने धुरी डगमगायो र ढल्ने भयो । ऊ जागेन किनभने पैसा भए मूल खाँबो अर्को लगाइहाल्न सकिन्छ भनेर स्वास्नीले सल्लाह दिई । तर कसैगरे भएन । ढलेपछि मात्र मूल खाँबोको अस्तित्व टड्कारो बोध भयो । धुरी बनेको महान् छोराले आफूलाई सिस्सहाय पायो । समाजको आडम्वर पनि उसले बुझ्यो साथै परिवारको आवश्यकता पनि उसलाई अनुभव हुन थाल्यो जुन परिवार खासमा मूल खाँबामा जोडिएका थिए र धुरीलाई होइन भुँइलाई महत्तवपूर्ण ठान्थे । उसले अब भने चाल पायो कि धुरी हुनु भनेको मूल खाँबाको भरमा मात्र रहेछ । सधैँ धुरी हुनलाई मूल खाँबोलाई सम्हाल्नुपर्ने रहेछ तर समय बितिसकेको थियो ।

०००
रिणाक, सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विभाजन

विभाजन

डिल्लीप्रसाद अधिकारी
जीवन थिङलाई भनेर

जीवन थिङलाई भनेर

डिल्लीप्रसाद अधिकारी
भावना

भावना

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
चरित्र

चरित्र

डिल्लीप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x