साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुक्कुरहरू मिल्दैनन्

भात भएपछि दाँत निकाल्ने चढाइ गर्दै टोकी ढाल्ने ॥ धन्य छ भगवन् यी मिल्दैनन् यिनका साझा लक्ष्य हुँदैनन् नत्र त दुनियाँ खत्तम पार्थे मुलुकै अन्तै परतिर सार्थे ॥

Nepal Telecom ad

रमेश खकुरेल :

पथभर कुत्तै कुत्ता घुम्छन्
जुन बाटो पनि यी भेटिन्छन्
भर गर्नु हुने यौटै छैनन्
जो भेटे पनि यी झम्टिन्छन् ॥

टोपी भेटे टोपी बोक्छन्
जुत्ता पाए जुत्ता टोक्छन्
कोही आए बाटो रोक्छन्
डण्डा खाए टाप ठोक्छन् ॥

जात मिले पनि पात नमिल्ने
हात मिले पनि आँत नमिल्ने
भात भएपछि दाँत निकाल्ने
चढाइ गर्दै टोकी ढाल्ने ॥

बोली मात्र छ ‘गो’ ‘गो’ गर्ने
तल परिएपछि ‘ऐया’ भन्ने
टुक्रा फाले कुइँकुइँ गाना
लाछी देखे तान्छन् नाना ॥

धन्य छ भगवन् यी मिल्दैनन्
यिनका साझा लक्ष्य हुँदैनन्
नत्र त दुनियाँ खत्तम पार्थे
मुलुकै अन्तै परतिर सार्थे ॥

०००
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
गुनासो

गुनासो

हेमराज पन्त
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x