साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भएन मायामा ब्रेक थ्रु !

सोह्रौँ दिनमा पो साथी दौडेर आएर ‘चमेलीले चम्पट ठोकी’ भनेर सुनाउँदा पो म छाँगाबाट खसेजस्तो भएँ । यो मोहनी लाउने प्लान पनि ब्रेक थ्रु हुन नसकेपछि म हैरान छु ।

Nepal Telecom ad
जेन काइजेन :
कत्राकत्रा बडेमानका पहाडमा सुरुङ्ग खनेर ब्रेक थ्रु भएको खबर सुनेदेखि यो मन भरङ्ग भएको छ । हुनसक्छ, हजारौँ मान्छे लागे होलान्, अजङ्गका मिसिन चलाए होलान् तर ब्रेक थ्रु त गरेरै छोडे नि त । काम त फत्ते गरे । कत्रो उत्सव मनाए ।
मेरो चैँ समस्या के भने यो मायामा ब्रेक थ्रु हुनै सकेन । मेरा औकातले भ्याएसम्म मैले के गरिनँ ? सोच्नुहोस् त । अर्थोक बिर्सेर एकछिन् सोच्नुहोस् त ! यहाँ भनिसाध्य छैन । तपाईंले जे जे गर्नु भएको छ नि मायाको सुरुङ्ग खन्न, त्यो भन्दा दुगुणा मैले गरेको छु । अब त ब्रेक थ्रु भएजस्तो लाग्छ । अब उज्यालो फुट्यो जस्तो लाग्छ । तर अहँ ! मेरा कैयौँ रात अनिदा रहे । कैयौँ कविता लेखिए । उता रिचार्ज गरिदिँदा गरिदिँदा यता आफ्नो खल्ती ड्राइ । तर ब्रेक थ्रु भएन ।
साथीहरूले सिकाएका हजार तक्निकी लगाइयो । अन्त्यमा केही नलागेर फेसबुकाँ पनि धर्धरी रोएर देखाएँ । त्यो भिडियो खिचिदिनेले चारहजार चाट्यो । त्यसपछि त झन् गाउँ बस्तीमा मुख देखाउन नमिल्ने भयो । अलिकति खनिएको सुरुङ्गमा पनि पहिरो गयो । सपनाको संसार ध्वस्त भयो । आफ्ना बलबुताले नभ्याएपछि अक्कल रित्तिएपछि ज्योतिषका शरणमा जानुमात्र अन्तिम विकल्प रह्यो । तीनदिन त म लगातार धाएँ । कोही न कोही चिनेको मान्छे ज्योतिष ढुकेर बसेकै हुने । अनि बल्ल बल्ल चौथो दिनमा भेटेको ज्योतिष पनि भेटीको कालमात्र । भन्न सम्म भन्यो त्यसले, “तिमी यताको भरिया, तिम्रो मायाले ताक्दैछन् कोरिया” पो भन्दियो । बाहिर निस्केर तीनपल्ट थु थु थु गरेर हिँडे म । त्यसै वेला फुरेको एउटा कविता सुन्नोस् ल !
माया,
तिमी कस्तो कठोर पत्थर
मायाको व्लास्टले नफुट्ने  
मेरो रिचार्ज लगाएर 
कोरियातिर जाल हान्नी ?
तिमी जस्ता कति कति 
भन्न पनि सकिएन 
पहिराभित्र पर्दा पर्दै 
गुहार माग्न सकिएन
बिरेक थुरु होला भन्दा 
भ्यास्स पैरो झरिजान्छ ।
एकातिर पन्छाउँछु
माया कता हराइजान्छ ।
यी सारा वेदना, विरक्ती सुन्दा सुन्दा वाक्क भएर एउटा साथीले अन्तिम कडि सुनाएको थियो । उसले सिकाएको त्यही भए पनि उपाय गरिहेरौँ न त भनेर म पनि जलविरे कहाँ गएँ । उसले अनुहार हेर्‍यो । नाडी छाम्यो । मेरो छातीमा मुड्कीले ढक्ढक्यो अनि भन्यो, “तिमी ढ्याऊ र ह््याउ “दुवै नभका मनुवा रहेछौ । “ढ्याउ भए सम्पतिले मया रसाउने थियो । ह्याउ भएको भए सुसेलेर, गीत गाएर पनि लड्की पटयाउँथ्यौ । तिमी त जय सियाराम रछौ ।”
मलाई त्यति सुनेपछि यस्तो रन्का छुट्यो, के भन्नु । त्यसका लट्टामा अलिकति मट्टितेल छर्केर सलाइ पारिदिउँ जस्तो भयो । तर के गर्नु ? साथीले मेरो मनोभाव बुझेछ क्यार इशाराले थामथुम पार्‍यो र “महाराज, अब उपाय के छ त ? यसलाई जडी उपाय सिकाउन परो । नत्र त यो यसै सेधारिने भयो” भनेपछि जलबिरे वोल्यो । ‘म अचुक मोहनी वाणवाला जन्तर बनाइदिम्ला । यो लाएसी कि लाउने मान्छे मोर्छ कि चिताएको सोहोर्छ ।”
“लु हजुर महाराज, बाँचे भनेँ यो जुनी मेरी मायालाई । मरिगए उनकै नाममा परान उनैलाई” मैले भक्कानिएर त्यति बोल्न सकेँ ।
जलविरेले सानो लिस्टिमा टिपायो टुनामुना गर्ने सामानको विवरण । यस्तो मलाई मात्र त नपर्ला र अरु म जस्ता पीडितलाई पनि त काम लाग्ला भनिकन मैले यो पनि सुनाएँ है त ।
१. औँसीका रातमा समाएको छुचुन्द्राको पुच्छर । सुकाएर ल्याउने !
२. निख्खर कालो बिरालीको रौँ तीनवटा
३. दुम्सीको काँडा १ वटा
४. भीरमौरीको महको चाका
५. हरिनाशका पत्ता २
६. निज केटीको कपाल १ त्यान्द्रो
७. पिपलका फेदको माटो १ चिम्टी
८. काँचो धागो एक टोटा
९. चमेराको दाँत १
लिस्ट टिपेर उडेका हामी दुई भाइ छुचुन्द्रा खोज्न सुरुङ्ग पसिएन कि चमेरा छोप्न रुख चढिएन । मुस्किलले चारवटा कुरा भेला पार्न पन्ध्र दिन बितिगएछ । सोह्रौँ दिनमा पो साथी दौडेर आएर ‘चमेलीले चम्पट ठोकी’ भनेर सुनाउँदा पो म छाँगाबाट खसेजस्तो भएँ । यो मोहनी लाउने प्लान पनि ब्रेक थ्रु हुन नसकेपछि म हैरान छु । अझै पनि आशा छ, मुहुनीका सर्जाम जुटाउन सके, चमेलीको एक त्यान्त्रो केश फेला पार्न सके जिन्दगीमा हरियाली आउँथ्यो कि ? भन्न चैँ कसैलाई नभन्नु, चमेलीको खुटपत्तो पाइयो भने मलाई छ्यास्स सुनाइदिनु नि ल !
०००
झापा
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x