साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रकरीको पीडा

बा एउटाले कमाएर हामी पाँच जनालाई पाल्नुपर्छ । कता अहिलेका नव-धनाढ्यका सन्ततिले मनाउने पिकनिकमा जाने ? कता के गरी दशैँ मनाउने भन्ने पिरको चस्कोले मन झस्किरहेछ के गरूँ ?

Nepal Telecom ad

केशवराज आमोदी :

नारायणगढको लायन्स चोकमा उभिएर टाँडीतिर जाने गाडी पर्खेर उभिरहेकी थिएँ । बालकुमारी कलेजतिरबाट समाख्याता कोमल भावमा मुस्किँदै झरी । मन अलिकति हलुको भयो । गाडी पनि समयमै आएकोले दुवै भित्र पस्यौ र पछाडिका सिटमा थेच्चिए पछि गफ्फिन नपाउँदै सिटमा पहिलेदेखि बसेर बीज, बिन्दु, पताका, प्रकरी र क्रियाहरू दशैँ आगमनका कुराहरू गरिरहेका साथीहरूतिर फर्केर समाख्याताले थपी-

– “दशैँ आउन लाग्दा आमाहरूले घरका भित्तामा सेतोमाटो (कमेरो), रातोमाटो (गेरु), दैलो र झ्यालमा कालो लाएर घर उज्यालो पार्नुहुन्थ्यो, हामीहरूले पनि आँगन वरपरका झार-पात उखेलेर सफा बनाउँथ्यौँ ।”

– “हो त नि हामीहरू ती दिन गैरी गाउँसम्म पुगेर कहाँ पिङ बाट्ने सुरसार हुदै छ ? कहाँ पिङ हालिसकेका छन् रमाउँदै बुझ्दै हिँड्थ्यौँ ।”

चर्को स्वरमा गफिने क्रिया चैँ किन चुप लाग्थी र ? उसले पनि थपी- “मानिसका चापले चौताराले पालो पाउन्नथ्यो । आकाशमा कराङ्गकुराङ्ग गर्दै लाम लागेर मालचरा उड्दथे । दशैँले छोप्दै लगेको आभास हुन्थ्यो । घटस्थापनाबाट त जमरा राख्ने र देवी भवानीको पूजा-पाठ अर्चनाले महत्त्व पाउँथ्यो । टाढा-टाढाबाट आफन्तजन आउन सुरु गर्थे ।

– “गफैगफमा भुलेर लोथर पुगिएला नि ?” समाख्याताले सम्झाई ।

उहिलेका कुरा खुइलिए, यी कुरा छोड, नयाँ संस्कृति र चालचलनका कुरा गर । हामी त भोलिबाट क्याम्पस छुट्टी हुँदै छ र पर्सि सौराहतिरका रिसोर्टमा पिकनिक जाने हो” वाचकले भने पछि ‘हो’ भनेर बसै उचालिने गरी कराए ।

त्यो हो हल्लामा पनि बिन्दु निन्याउरो मुख लाएकी छे । प्रकरीले भनी- पताका ! तिमी चिन्तित देखिन्छ्यौ नि के भयो ?

दशैँ मनाउन पैसा वैरिन पर्छ तर आमा बिरामी हुनुहुन्छ । बा एउटाले कमाएर हामी पाँच जनालाई पाल्नुपर्छ । कता अहिलेका नव-धनाढ्यका सन्ततिले मनाउने पिकनिकमा जाने ? कता के गरी दशैँ मनाउने भन्ने पिरको चस्कोले मन झस्किरहेछ के गरूँ ? चौरमा भकुन्डो खेल्न त मजै हुन्छ तर आफ्नै परिस्थतिको टाउकामा नियतिले भकुन्डो खेल्न थाल्यो जीवन दुःसाध्य बन्दछ ’ भन्दै प्रकरीले पीडा पोखी । यो सुनेर सबै अवाक् भए ।

०००
रत्ननगर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x