साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलो पालो गरौँ

देशको विकासको जग बसालौँ । कुर्ची हल्लाएर किर्नाहरूलाइ भुइँमा खसालौं । खान पाएसम्म यिनेरुले डाडुले उबाउँछन् । होइँन भने खन्चुवाहरूले देशै डुबाउँछन् ।

Nepal Telecom ad

भोज अर्याल :

खेतबारीमा बालीनाली लाउँदा असारै मासको छि मलाई घिन लाग्यो गीत गाउँदा । धान काट्न खेततिर धाउँदा हुन्थ्यो आलो पालो । अर्म पर्ममै कोदो काटिन्थ्यो माया र पिरती साटिन्थ्यो । कोदोको बालोले यो डालो भर्दा क्या साह्रो रमाइँलो गाउँतिरै मिलेर काम गर्दा । काम लाग्थे सबै, कि मर्दा कि पर्दा ।

मानो रोपेर मुरी फलाउँदा खेतमा गोरुले जोत्दा घरमा कमेरोले पोत्दा । त्यसैभित्र लगेर यो टाउको एकैछिन् ओतिँदा । जसो तसो चल्थ्यो जोवन । हैन कि कसो । चिसो हावा सरर खायो बस्यो । कानैमा माकुरो पस्यो । हातैमा थापेको भुइँमा पो खस्यो । मन् त फेरि उतै पो बस्यो । महि पार्‍यो नौनी काड्यो चिल्लो हात पनि खुट्टामै घस्यो ।

पहिले गाउँ यसरी नै चलेकै थिए चुल्हो पनि बलेकै थिए । अहिले देशै चलेकै छन् । चलाएकै छन् । आलो पालो गरेकै छन् । डालो भरेकै छन् । गर्नेले केही गरेकै छन् । पर्ने कोही अलपत्रै पनि परेकै छन् । आलो पालो नै सही जसरी हुन्छ जाउ काम चलाउ ढेउवा फलाउ ।

कति सक्छौ जनताको मन जलाउ ।
उमेर अलि कम भए पनि सबैका ओलीबा परे ।

वर्ष चारले बढी तर अर्का शेर्बार दा परे । बा पछि फेरि दा पो जाँदै छन् अरे । राम राम हरे । गर्न त यिनीहरूले खुब नौटङ्की नै गरे । एक जना एकाएक कुर्चीबाटै खसे । फेरि उनी खुमलटारतिर पो पसे । अर्का फेरि आएर टासिएरै बसे । रबिको त हुँदा हुँदा पाता नै कसे । कोही आसे पासे कोही खाली तमासे ।

यिनको चाला देखेर जनता हास्नु सम्म हाँसे ।

सरकार पनि रातभरमा पो ढल्छ । साँच्चै यो खिचडी पाक्ने आगो कँहा बाट बल्छ ?। कँही नभएको जात्रा हाँडीगाउँमा । काला गए गोरा आए । अनि सम्बोधन राष्ट्रका नाउँमा । बसेकै छ घरबार त्यही हो सिंहदरबार । जे छगजब छ । चलेकै छ सरकार । अरु केही छैन दरकार । हे मेरो सरकार !

आलोपालोमै सरकार अनि देशै चल्ला यो ।

पार्टी सार्टी अनि ढाँटी काम गर्‍यो । एउटा रातो टालो हल्लायो । झोलेहरू देशैभर खटेकै छन् । घट्लान् भन्दा त झन् बढी डटेकै छन् । मार्क्स र लेलिनवादका शुत्र मुत्र नली फुलाएर रटेकै छन् । दर्शन घोटेर कति पिउछौँ । यिनका हली भएर कति दिन जिउछौ ? हँ खामरेडहरू ।

आफ्नै खेत जोतेरै खाउ मन रमाउँने छ बरू ।
पार्टीका कति छन् कति यस्ता हल गोरु ।
म त के गरूँ गरूँ ।

कोही आलोपालो नपाएरै पार्टी फुटाए । तिनको त्यो पापी मन चरक्कै टुटाए । लादी आउने गरी चिच्चाएर समाजवादी बनाए । आफै बसेको घरमा आगो झोसेर मट्टीतेल खन्याए । अनि मार्क्सवादको लुतो कन्याए । केकुरा गर्नु बैगुनीहरू । जनता भन्छन् राजा नै ठिक थे बरू ।

धामी झाँक्री पनि खुबै छन् यो पार्टीमा अटेर बसेका छन् । भन श्याम भुसाल जस्ताले सधैँ दर्शनको लेपन खुव घसेका छन् । तिनी पनि फेरि समाजवादीकै बथानमै पसेका छन् । सरकारमा पनि गए । माखो पनि मार्न नसकेर ठन्डाराम पो भए । यिनी खै के खाले विद्वान हुन् हए ।

झलुको के कुरा गरम र खै । सर्पपालनको नेता न यता न उता हातमा जुता । घाँटी पसारेर बोल्नी सराप्दै मात्र ओलीलाई पोल्नी । बोलीमा रानो उनी सधैँ पानीमाथि ओभानो । सम्मानित नेता भएछन् बाबै उनी ता । के को सम्मान होला । नपाए त फेरि उनको मनै पनि त रोला । अब सबै मूल घरमै आउने रे । झलु र माकुनेसँगै बसेर उतै पाहुर लाउँने रे । हेर्दा लाग्ने ठुला ठालु सर्पझैँ विखालु ..।

अर्की विद्या दिँदै फेरि नेती हुनेरे पार्टीमा आएर । ओलीबा बिदा हुनेरे जबजको भजन गाएर । अरु भस्मासुरहरू कहिले अघाउने हुन् खै सोम रस खाएर । कोही पालो नपाएरै बसेका छन फेरि मुख बाएर । सधैँ जवजको जामा लाएर । भजन मण्डलीले मदनको महिमा गान गाएर । कहिले बल्खु दरबार कहिले बालकोट धाएर । कमाउ निस्ट नै हुन् ।

यिनीहरूमा पनि कोही बाहुन कोही दलित कोही छन् बिस्ट । उनका त अलि धेरै नै छन् बरू इस्ट । दिप बाल्दै हिँड्छन् अर्का एक जना ज्ञवाली । उनी बरू बोल्छन् अलि जिब्रो सम्हाली । उनी नै हर्ता कर्ता नबोलेकै राम्रो बर्ता । ओली बाका उनी नै हुन खाँटी कार्जे कर्ता ।

गजब को छ जबजको कुरा । यही खोस्टो बाहेक अरु कुनै सिद्धान्तै छैन । कुरा खास्सा यही हो झुट हैन को भन्छ गुट छैन । दिन काट्ने जनता ढाट्ने काम । जसरी हुन्छ कमाउनु पर्छ कमरेड दाम । लाल सलाम । गोकुल बास्कोटाको बासतिर सत्तरी करोड पर्ने फलाम् ।

भागवण्डा र आलोपालोमै समय बितायो ढुकुटी रित्तायो । फेरि तिनै घुस खोर र दलाललाई चुनावमा जितायो । हामी जनताले कति भोट हाल्नु बरू यिनलाई लगेर बाग्मतिमै फाल्नु । यिनलाई कति दिन पाल्नु । देशै धुत्ने यी सबै तस्कर मकैका पस्कर । हलक्क हल्केका छन् खान पल्केका छन् ।

कहिले रेलको कुरा कहिले तेलको कुरा कहिले जेलको कुरा र नेलको कुरा । बाजेको मुखै पनि छ फेरी लाग्नेछुरा ।

कुरै मात्र छन काम छ शुन्ना बिरोध मा फेरी बोल्नै हुन्न । आयो कुर्चीमा बस्यो देश त यिनै भुसुनाहरूको चङ्गुलमा नराम्ररी पो फस्यो । भुँडीको विकासै विकास देशको के विकास के निकास । जनता निर्दोष छन् केही छैन कसुर । हामी हेरिरहन्छम् तैँले मात्रै एक्लै बसेर हसुर ।

यही हुनाले त बुद्धिमान मानिसहरूले लाजनीति देखेर छि ! मलाई घिन लाग्यो भनेका हुन् ।

एउटा नेता जस्तो नेतै नपाएर दिन गनेका हुन् ।

त्यो दिन पनि आएन देशले गतिलो शासक कहिल्यै पनि पाएन । यिनीहरूले नै नुनचुक छरेको घाउ देशलाई यति धेरै त भ्याएन ।

कुर्ची चाहिँदैन मलाई भन्लान् कि । आफै पस्ने भड्खालो खन्लान् । अब जनताले यिनलाइ टिपेर फाल्न पर्च एक एक गरेर भड्खालोमा हाल्न पर्च । हेरम्ला त्यसपछि कस्ले के गर्च । आउनुहोस् जागौँ जे पर्च पर्च । बरू अलि अलि बेहोरौ लागेको खर्च ।

आफ्नो पुरै सम्पत्ति राष्ट्रलाई नै दिएरे । बाजेले दिएको भन्दा चारगुना बढी उतैबाट लिएका थिएरे । चप्पल पड्काउनेका बङ्गला फुत्त आकाशबाट आएकि अकुत तरिकाले खाएकि । देख्नेलाई आहा ! पनि छैन । कसैलाई केही थाहा पनि छैन । जति जोगी आए पनि कानै चिरेका । केही पाइने हुनाले त यिनीहरू सिंहदरबार भित्रछिरेका । थोत्रो चप्पल भिरेका पनि हुन् । पटक पटक गिरेका पनि हुन् । गिरी बन्धुहरू । भन्दा देख्नेलाइ लाज । काम न काज ।

आलो पालो सरकार संसारमै कँही हुँदैन
तपाईं हामी जुटेमा के हुँदैन । चामलसँगै घुन पिसिन्छन् । अरु बेला लडेझै गरेर खानेबेला कसरी मिसिन्छन् । देख्नु भयो । को कहाँ गयो । अब त खै के नै बाँकी रह्यो । गणतन्त्रनै गलपासोझैँ भयो । देशैभरि सरकारैसरकार
कुर्ची पाए अरु के दरकार ।
आउनुस् सबै मिलेर यिनेरुलाइ निमाठेर फालौँ
अकुत कमाउँनि इष्टहरूलाइ जेलमा हालौँ ।
देशको विकासको जग बसालौँ ।
कुर्ची हल्लाएर किर्नाहरूलाइ भुइँमा खसालौं ।
खान पाएसम्म यिनेरुले डाडुले उबाउँछन् ।
होइँन भने खन्चुवाहरूले देशै डुबाउँछन् ।

०००
क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x