चूडामणि रेग्मीचरित्र-प्रकरण
हे नवयुगका ठिटा हो । तिमीहरू पनि घरमा पुस्तक पढ्न छाडी सडकमा आऊ, यहीँ क्रान्ति हुन्छ । कोठामा - बसेर पढेर, चिन्तन गरेर, घोरिएर, यस युगमा उपलब्धि छैन ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश – मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
दत्तात्रेयका चौबिस गुरु
पढेको विद्येले काम लाग्ने भए पढे-लेखेकाहरू खुकुरी दलमा किन पो लाग्थे र ? गुरुको विद्वे काम लाग्ने भए गुरु किन गधा मानिन्थे ? ज्ञान वास्तवमा स्वतःस्फूर्त हुँदो रहेछ । (सायद यसैले सिद्धार्थ, बुद्ध भए !) गफडीले भन्न आँटेको कुरो के हो भने जीवनमा मान्छेले विभिन्न समयमा विभिन्न कुराले विभिन्न कुरा सिक्छ । जस्तै जन्मैदेखि हिँड्न जान्दैन, उमेर नपुगी रामरी लभ गर्न जान्दैन । बुढो नभई पाको हुँदैन, सामान्य कुरा हुन् मान्छेका यी । चरित्र उठाउन पनि समयवाट नै जानिँदो रहेछ । यिनै कुरा भन्छ गफडी आज ।
जीवनवाट शिक्षा
पच्चिस वर्षभित्र घोडामा सामान बेची बेची हिँड्ने मान्छे करोडपति भयो भने कतिपय के-के गर्ने के-के कार भए, बिल्डिङ मालिक भए । यस जीवनवाट हे अल्छे लेखहरू हो । सिक, जाँगरिला शिक्षकहरू हो ! कुरो बुझ, गधा नबन । पच्चिस वर्षभित्रमा गफै गर्ने गफडी, गफडीका नै गफडी रह्यो, लदूराम पण्डित, ज्ञानी धनी सब भइसके । एक दिन गफडीको पुरानो एक साथी आएर भन्यो- ‘के गर्दैछौ गुरु ?’ गफडीले आफ्ना शुभकर्म बतायो गफ गर्ने पेसासम्बन्धी । मित्रले फर्मायो- ‘तैँले राम्रो पेसा सिकिनछस् ! कुरामा गफडीले चाल पायो, सी.आइ.डी. सम्म भएको उसको मित्रले १. स्वास्नी तिन वटी, २. घर छ वटा, ३. सन्तान १८ वटा, ४ जग्गा पचास-साठी बिगाहा यस्तै छ र भुँडी र दमाहामा के फरक छ ? भनेर मान्छेले विचार गर्ने पारेछ । स्मरणीय के छ भने विद्यार्थी अवस्थामा He was Paddu ! गफडीले आफ्ना यी वर्षमा यसो उसो गर्ने धेरै समाजसेवी जो पनि जग्गै जोड्छ, घरै बनाउँछ र कोटा र पर्मिटको फेरमा सारा आफ्ना त्याग तपस्या दाउमा हाल्छ ! नै देखेको छ र देखेको छ भावुक हृदयका, वास्तवमा मानवीय भावनाका कतिपय कवि पनि यहाँ देख्तादेख्तै कपि भए ! यस्ताले कवि हुनुभन्दा कपि हुनमै यहाँ उत्तम ठहराए । गफडीले जीवनको बाध्यतावाट पनि केही पाठ पाएको छ ।
चरित्र सुधार्ने कुरा
गफडीलाई धेरैले भने, भएन गफडीजिउ, चरित्र सुधारौँ ! त्यसैले गफडी चरित्र सुधार्ने केही बुँदाहरू प्रस्तुत गर्दछ । जस्तै-
(१) जीवनमा अल्छ्याई खत्तम गर्न जुवा तास नै खेल्नुपर्छ । जुवा-तास नखेल्नेले जीवनमा हार-जित जान्दैन, जाँगर जान्दैन ।
(२) ठेक्कापट्टामा पटु हुनुपर्छ, यस्तो नगर्नेले जहान छोरा-छोरी मार्छ, पाल्दैन, यसैका लागि नै राजनीति पनि गर्नुपर्छ ।
(३) मुख र कलममा भन्दा व्यवहारमा फरक हुनुपर्छ । क्रान्ति मुखले र कलमले गर्नुपर्छ- व्यवहारमा चाहिँ घर उज्याल्न शान्तिको बाटो लिनुपर्छ । शान्तिका केही बाटा हुन्- (क) नाफा हुने मात्र काम गर्नु, । ख) गुप्तचरी गरी धन खानु, (ग) सोझालाई भिडाएर लडाउनु र अनि आफूचाहिँ ठन्डा हुनु आदि ।
(४) कवि होइन लेखक हुनु पनि चरित्र सुधार्नु हो । कवि पागल हुन्छ र त्यो जनकशिक्षा सामग्री केन्द्र आदिमा उति काम लाग्दैन । लेखक भार नै रेडियो नेपाल, गोरखापत्र आदि सब ठाउँमा नाम कमाउने हुन्छ । ऊ अनुसन्धाता पनि हुन्छ ।
(५) बोतल आदिको सेवनवाट पनि र घुस खुवाउने खाने आदिवाट पनि चरित्र सुधारमा निकै मद्दत मिल्छ ।
यस्ता-यस्ता शुभ कर्म नगर्ने कुचरित्रवाला हुन्- तिनमा आदिकविदेखि आधुनिक कविसम्म पर्छन्, तर कवि/कपि पर्दैनन् । भनाइको अर्थ सिल्लीहरू नै अरुलाई पदूराम भन्दछन् । (जस्तै गफडीको सिल्ल्याई अघि प्रस्तुत भयो !) ।
पातमा पात ! बातमा बात !
बानी बिग्रिएपछि र चरित्र खत्तम भएपछि मान्छे सिल्ली लेखक हुन्छ । जस्तै- गफडी । एक सानो नमुना पातमा पात ! बातमा बात ! तसर्थ हे नवयुगका ठिटा हो । तिमीहरू पनि घरमा पुस्तक पढ्न छाडी सडकमा आऊ, यहीँ क्रान्ति हुन्छ । कोठामा – बसेर पढेर, चिन्तन गरेर, घोरिएर, यस युगमा उपलब्धि छैन । ए मेरिटहो ! आऊ । बजार तिमीलाई निम्तो गर्छ । तिमीहरूलाई स्वागत गर्छ । चरित्र पतन गराएर लब्धाङ्कमा नम्बर बढाएर के हुन्छ ? आऊ ! सामाजिक होऊ । समाजका भला चरित्रवानहरूसँग जीवन कसरी जिउनुपर्छ भन्ने रामरी बुझ र अघि बढ । आगे फेरि ।
युगज्ञान वर्ष ११, अङ्क २८, २०३७
०००
झापा
‘गफडीको गफ’ (२०६३)








































गुरु चूमरेको जय !