साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो गाउँमा जान्न म

खाली पैदलले अहो ! म पहिले, चढ्थेँ सयौँ टाकुरा । घ्याम्पे पेट लिएर हिँड्छु अहिले, सुर्काउँदै पाखुरा ।। तारे होटल धाउँदै गजबले, मैयाँ लिई बस्छु म । साँच्चै खास मजा छ कान्तिपुरमा, त्यो गाउँमा जान्न म ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

अैाधी मानिस छन् यहाँ नगरमा, आफैँ बडा बन्दछु ।
अग्ला ठालु नसालु धूर्त नरका, आदेशले चल्दछु ।।
जग्गाकाण्ड अनेक भ्रष्टपनका, कैयौँ कथा रच्छु म ।
बाठा नायकसाथ बस्छु जहिल्यै, त्यो गाउँमा जान्न म ।।-१

डाँका तस्कर भाटका कपटका, मान्छे चुनी रम्दछु ।
किल्ला दुर्ग र धामका मुलुकका, सोझा सबै ठग्दछु ।।
आयो याम चुनावको यदि भने, दादा लिई डुल्छु म ।
सस्ता भोट किनेर पुग्छु पदमा, त्यो गाउँमा जान्न म ।।-२

सौदाका अनुदानका रकमका, भन्डारमा नाच्दछु ।
जिल्ला ग्राम प्रदेशमा विकटमा, चारो छरी हिँड्दछु ।।
चर्का भाषणले सभा सदनमा, नारा उराल्दै छु म ।
यस्तै चाल कुचाल रच्दछु म ता, त्यो गाउँमा जान्न म ।।-३

झुप्पो अङ्गुर हातमा छ रसिलो, आफैँ बनेँ लङ्गुर ।
लाँदै लान्न म गाउँमा विकटमा, खाँदै बनेँ बङ्गुर ।।
जिम्मा भाग विकास दूर जगको, पाएर मक्खै छु म ।
पाखा लेक मधेस बिर्सन पुगेँ, त्यो गाउँमा जान्न म ।।-४

खाई अङ्गुर शीघ्र निस्कन गयो, फोहोरको डङ्गुर ।
त्यही डङ्गुरमा सुतेँ म अगुवा, बन्दै गएँ भङ्गुर ।
धारे हात लगाउने नरहरू, खोजेर कुट्दै छु म ।
सत्ता शासनमा म गर्छु झगडा, त्यो गाउँमा जान्न म ।।-५

साटासाट गरी रमे महलका, श्रीमान वा श्रीमती ।
खाँचो टार्न उदात्त छन् रहरका, सञ्जालका दम्पती ।।
भ्रष्टाचार र अन्धकार थलमा, रोपेर गोड्दै छु म ।
यस्तो सूत्र छ व्याप्त यो सहरमा, भो गाउँमा जान्न म ।।-६

खाली पैदलले अहो ! म पहिले, चढ्थेँ सयौँ टाकुरा ।
घ्याम्पे पेट लिएर हिँड्छु अहिले, सुर्काउँदै पाखुरा ।।
तारे होटल धाउँदै गजबले, मैयाँ लिई बस्छु म ।
साँच्चै खास मजा छ कान्तिपुरमा, त्यो गाउँमा जान्न म ।।-७

०००
बट्टार, नुवाकोट । हाल: बालाजु, काठमाडौँ ।
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x