कृष्ण प्रधानटोयलेट मोड़- १६
चोर पुलिस पछि फेरि पिस्तोलको धम्की ? वाह ! (बूटबाट छुरी निकाल्दै) कागभन्दा कोइली चङ्खो भन्ने थाहा छ होला नि हजूरलाई होइन ? (छुरी उज्याउँदै) हामी चोरहरू जहिले पनि अलर्ट भएर हिँड़्छौ ।

कृष्ण प्रधान :
बले : (छुट्याउने प्रयास गर्दै) गोली ठोकाठोक नै गर्नुहुन्छ भने अन्त कतै गएर ठोकाठोक गर्नुहोस्। मलाई ता पिस्तोल देख्दा कस्तो डर लाग्छ। आम्मै ड्याङ्ङै पड़क्यो भने ता मुटु ल्याङफ्याङ हुन्छ।
चोर : हे महाचोर ! हाम्रो अधिकार मास्नेलाई, हाम्रो वाकस्वतन्त्रता कण्ठरुद्ध गर्नेहरूलाई ता खै एउटै छर्रासम्म पनि फुर्मास गर्नसक्नुभएन ता ! अहिले उनीहरूकै धोतीको आड़मा लुकेर गोली पड़्काउँछु भन्नु लाज लाग्दैन ? मर्दाको मलामी न पर्दाको जन्ती हुनसक्ने आफ्नै मान्छेमाथि गोली ठोक्ने महाचोरको यत्रो दुःस्साहस ? थुक्क…शाला हाम्रो जातिका नेता भनाउँदा गद्दारहरू।
नेता : सीमादेखि बेशी नाँघ्दैछस् तँ। शाला चोर भएर चोरजस्तो बस्।
चोर : (अट्टहासमा) येस ! आई एम हण्ड्रेड पर्सेण्ट चोर। भने त तपाईं झन् महाचोर। हिम्मत छ भने हाम्रा चेलीबेटीहरूको यौन शोषण गर्ने, हाम्रा युवा साथीहरूमाथि बिना कारण गोली ठोक्नेहरूमाथि गोली ठोकेर आइज। हाम्रा युवाहरूको जीवनसित खेलवाड़ गरेर अहिले तिनै सरकारी चोरहरूको बफादारी भएर तपाईं नेता भनाउँदाहरूले हाम्रो जातिको मान-मर्यादा, इज्जत-सम्मान माटो मिलाइदिनुभएको कुरो कुनै दिन सोंच्नुभएको छ तपाईंहरूले !
नेता : (कराएर) चूप !
चोर : भग्नावशेष भइसकेको हुङ्कार गरेर गल्ती ढाक्ने प्रयास नगर्नोस् हजूर। अहिले पुलिससित साँठगाँठ भयो भन्दैमा नाङ्लो ठट्टाएर हात्ती लखेट्ने काम नगर्नोस्। कुन दिन त्यै पुलिसले भ्याकुरा खेदाइ गर्छ कि त्यतिबेला भाग्ने फूसर्द पाउनुहुन्न।
नेता : अरे भाइ! पुलिस अहिले हाम्रो मुट्ठीमा छ….
चोर : (खिसी हाँस्दै) येस। कहिले नाउ माथि गाड़ी, कहिले गाड़ीमाथि नाउ। नेता मैले केही बुझिनँ।
चोर : बुझेर पनि नाफा छैन। अनि तपाईंहरूजस्ता महाचोर नेताहरूले बुझेर पनि केही हुँदैन। कानो गोरुलाई औंसी न पूर्णे।
नेता : हेर चोर अहिले ता म पावरमा छु…
चोर : (खिसी गर्दै) पावर ? तपाईंहरूको पावर चाहिँ नि वेश्याको सिउँदोमा परेको सिन्दूरजस्तै लाग्छ मलाई।।
नेता : (भक्भकिँदै) कसरी ? कसरी ?
चोर : तपाईंजस्ता महान् नेता उर्फ महाचोरलाई त्यो पनि मैल्यै नै बुझाउनु पर्ने ?
नेता : तँ यहाँबाट गईहाल्। यहाँबाट जान्छस् कि पुलिस बोलाऊँ ?
चोर : ओहो फेरि पुलिस ? तपाईं ता स्वास्नीसित बाझ्दा पनि पुलिस नै बोलाऊँ भन्नुहुन्छ होला हई। के सारो पुलिस पुलिस भनेको। बोलाउनोस् न कुन पुलिस आउँदो रहेछ मलाई एरेष्ट गर्न। हेरूँला नि !
नेता : लगेर यस्तो केशमा हाल्न लगाउँछु…जिन्दगीभरि….
चोर : (कुरा काट्दै) …अनरेबल महाचोर महोदय ! आफूलाई मन नपरेको अनि आफ्नो विरोधमा जानेहरूलाई त्यसै ता गर्नुहुँदैछ तपाईंहरूले। बिना बिच्चाको केश थोप्न लाएर तपाईंकै समाजका युवाहरूको जीवन बर्बाद पारिराख्नुभएको छ ता तपाईंहरूले।
नेता :अब तेरो पालो….
चोर : यस एब्सुलेटली राइट। पालो ? मेरो पालो अवश्यै आउँछ। त्यै दिनको घोर प्रतिक्षामा छु म। तर कान खोलेर सुनिराख्नोस नेता महोदय…जुन दिन तपाईंहरूले गोर्खाल्याण्ड ल्याउनुहुन्छ नि त्यै दिन मात्र मेरो पालो आउँछ। नो गोर्खाल्याण्ड नो पालो। जुन दिन गोर्खाल्याण्ड पिपासुहरूलाई काकाकुली छटपटिएका उनीहरूका हरहरती तिर्सना मेटाउनुहुन्छ त्यै दिन सबभन्दा पहिले तपाईंको घरमा आगो झोस्छु अनि तपाईंकी सुन्दरी स्वास्नी र पवित्र छोरीलाई बजार बीचमा पालैपिलो रेप गर्छु। अहिले यो सब गर्ने तपाईंहरूको पालो छ, खुशी गर्नोस्।
नेता : (पसिना पुछ्दै) खै खै मेरो पिस्तोल लेऊ ता।
चोर : पुलिस पछि फेरि पिस्तोलको धम्की ? वाह ! (बूटबाट छुरी निकाल्दै) कागभन्दा कोइली चङ्खो भन्ने थाहा छ होला नि हजूरलाई होइन ? (छुरी उज्याउँदै) हामी चोरहरू जहिले पनि अलर्ट भएर हिँड़्छौ । मेरी आमाले भन्थिन् स्यालको शिकारमा जाँदा बाघको हतियार बोक्नुपर्छ।
नेता इल्लिगल पिस्तोल छुरी बोक्नु ता एण्टी आर्म्स एक्ट……
चोर पुलिस पछि फेरि पिस्तोलको धम्की? वाह! (बूटबाट छुरी निकाल्दै) कागभन्दा कोइली चङ्खो भन्ने थाहा छ होला नि हजूरलाई होइन? (छुरी उज्याउँदै) हामी चोरहरू जहिले पनि अलर्ट भएर हिँड़्छौ। मेरी आमाले भन्थिन् स्यालको शिकारमा जाँदा बाघको हतियार बोक्नुपर्छ।
नेता : इल्लिगल पिस्तोल छुरी बोक्नु ता एण्टी आर्म्स एक्ट……
चोर : ए त्यसो हो ? थाहा थिएन नि हजूर। अच्छा इल्लिगल पिस्तोल छुरी बोक्नु एण्टी आर्म्स एक्टमा पर्छ होइन ?
नेता : अनि के ता ?
चोर : तपाईंहरूले छानी-छानी युवतीहरूलाई होटलमा राखेको चैं कुन एक्टमा पर्छ होला हजूरलाई थाहा छ ?
नेता : (प्रचण्ड झोंक्किएर) चूप….शाला बिग्रल। छुरी पिस्तोल बोकेर हिँड़्छस्।
चोर : हो हजूर। नाक नभा ता तपाईं चिनियाँकै देवताजस्तो। हो म बिग्रेको छु। येस हण्ड्रेड पर्सेण्ट म बिग्रेको मान्छे। बिग्रेको मान्छेको भत्केको घर भत्केपछि के को डर? हो म छुरी पिस्तोल बोकेर हिँड़छु। मेरो कमाइ खाने भाँड़ै यै हो। शाला तँजस्तो हो म ?
नेता : के तँजस्तो ? मैले केही बोकेको देखेको छस् ?
चोर : ए मैले मुख खोल्नुपर्ने ?
नेता : मैले त्यस्तो केही बोकेको भा पो मेरोबारेमा मुख खोल्छस्।
चोर : (अट्टहास) हा…हा…हा….। नसिका मलाई। त®ले केही बोक्दैनस् ?
नेता : नो…नेभर….
चोर : त्यसो भा सुन्। (टोयलेटबाबु र बलेलाई हेर्दै) सुन्नुहोस् तपाईंहरू पनि। यो नेताले चेलीबेटीहरू बोकी बोकी हिँड़्ने बानी लागेको छ। अस्ति जङ्गल पस्दा जङ्गलमा चेलीबेटीहरू कहाँ नपाउँदा यो नेता महोदयले के गऱ्यो थाहा छ ?
नेता : (बुझ पचाएर) के गरे के गरे ? जङ्गलमा लुक्नुमै फुर्सद थिएन।
चोर : लागेको बानी कसले छोड़्ने ? एकदिन ता एउटा बन कुखुरा समातेर एउटा ओढ़ारभित्र हालेर भुत्ल्याउँदै रहेछ। अनि दाजुलाई शङ्का लागेर दाजु पनि ओढ़ारभित्र पसेछ।
टोयलेटबाबु : दुइ भाइ मिलेर पोलेर खाए होलान् नि !
चोर : के को पोल्नु ? दाजुले के गरेको भनेर सोध्दा यसले के भनेछ थाहा छ ? केटीहरू हेर्ने कस्तो तिर्सना लागिरहेको छ…र यो बन कुखुरालाई न्याकेट पारेर हेरूँ भनेको भन्ने यही हो।
बले : हरि…हरि…।
चोर : (छुरीले रोप्नु खोज्दै) शाला यसलाई ता छुरीले….
नेता : छुरी देखाएर त®ले मलाई डर देखाको ?
चोर : गलत। डिफेन्स…मेरो सुरक्षा गर्न….
नेता : (कुरा काटेर) अहिले तेरो…..
चोर : एकक्षण चूपो लाग्नोस्। पहिले मेरा कुरा सुन्नाोस्। अघि मैले भन्दै थिएँ, पहिले तपाईंको घर झोस्छु अनि तपाईंका स्वास्नी र छोरीलाई पालैपिलो रेप गर्छु होइन ? त्यसपछि थाना गएर सरेण्डर गर्छु अनि आई ओलाई भन्छु मलाई एटेम्प्ट टु मर्डर, रेप, आगलागी सबै केशमा एरेष्ट गर्नोस्ं। जस्तो तपाईंको टाउकामा एटेम्प्ट टु मर्डर, आगजानीको केश मड़ारिरहेको छ।
नेता : सबै केश डिसमिस भएको छ।ं
चोर : हुनैसक्छ। तपाईंले तपाईंको पावर आड़मा, पैसाको तुजुकमा डर देखाएर, धम्क्याएर, लोभ्याएर निमुखा सोझासरल चेलीहरूलाई रेप गरेर जबरजस्ती एबोर्सन गराउनुहुन्छ। जुन दिन तपाईंहरूले गोर्खाल्याण्ड ल्याउनुहुन्छ त्यै दिनको विजय उत्सवमा तपाईंका स्वास्नी र छोरीलाई बजार बीचमा नङ्ग्याएर रेप गर्छु। हाकाहाकी, ओपनली। जस्तो तपाईंहरूले अहिले लुकीलुकी गरिरहनु भएको छ।
नेता : (रनक्क रन्केर) चूप….चूप….
चोर : (झन् ठूलो स्वरमा) तैं चूप। आई एम रिपिटिङ एगेन, जुन दिन तपाईंहरूले हाम्रो टेक्ने ठाउँ र समात्ने हाँगा ल्याउनुहुन्छ… (यो संवाद सुनेर नेता चोरपट्टि छोपेर जान्छ)।
नेता : (छोपेर जाँदै) के भनिस् ?
चोर : (नेताको घाँटी अँठ्याएर) टेक्ने ठाउँ र समात्ने हाँगा (नेतालाई भूइँमा लड़ाउँछ)। के अरे?
नेता : (डरसरि भएर) टेक्ने ठाउँ र समात्ने हाँगा।
चोर : ल्याउन सक्छस् ? (नेता बोल्दैन। चिच्याएर, छुरी घिच्रामा पुऱ्याएर) ल्याउन सक्छस् भनेको।
टोयलेटबाबु : सक्नुहुन्छ कि सक्नुहुन्ना नेता महोदय ?
बले : (कुरा नबुझी) कान्छी ल्याउन सक्नुहुन्ना ?
चोर : (मुटु फुट्ने गरी कराएर) ल्याउन सक्छस् भनेको ?
नेता : (किक्लिक किक्लिक हुँदै) थाहा छैन।
दुवै : (छक्क परेर एकैचोटि) हँ… थाहा छैन ?
नेता : यस विषयमा मलाई केई थाहा छैन।
टोयलेटबाबु : अन्त भाषण दिँदा ता अहिल्यै नै जीएल ल्याइदेलाजस्तै भाषण गर्नुहुन्छ ता। त्यो चाइँ के हो फेरि? नेता त्यो ता दाजुले जसरी बोल् भन्छ हामी त्यसरी नै बोलेको मात्रै हो।
चोर : हन त®ले अस्ति हाम्रो गाउँमा आएर म ल्याइदिन्छु…यसपाली ता पक्कै ल्याउँछु-ल्याउँछु तेरो कुखुरे छात्तीमा मुट्ठी बजारी बजारी भाषण दिएको होइन ?
नेता : हो-हो…पक्का बोलेकै हुँ।
बले : अन्त किन यसरी बिग टक गरेको हजूरले।
नेता : (नेपथ्यतिर हेर्दै) दाजुको आदेश….
चोर (कुरा काट्दै) …राख् तेरा दाजु तेरै गोजीमा। ; घिच्रामा छुरी नचाउँदैद्ध तेरा दाजुले तँहरूलाई बिरालोले मूसा खेलाएजस्तो खेलाएको गर्छ अनि तिमारको दाजु भनौदालाई अरूले मूसाले खेलाएको जस्तो खेलाउँछ।
क्रमशः
०००
सिलिगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest







































