नन्दलाल आचार्यपहिलो झिल्को
उनीहरूको अनुहारमा डर होइन, साहस झल्किँदै थियो । अघि बढेर रविले जोडले आवाज उठाए, “हामी भीख होइन, अधिकार माग्छौँ ! अब हामी चुप लाग्दैनौँ !”

नन्दलाल आचार्य :
“दिदी, यो अन्धकार किन यसरी बाक्लिँदै आएको हो ?” सास फेर्नै गाह्रो भएपछि भीडको चेपबाट निस्केर रविले सम्झनालाई सोधे । उनको स्वरमा हताशा थियो ।
सम्झनाले गहिरो सास लिइन् र आकाशतिर नहेरी भनिन्, “रवि, यो अन्धकार होइन । यो त हामीभित्रको चेतनाको बत्ती निभाइएको अवस्था हो ।”
केही दिनअघि मात्र बस्तीको एक मात्र विद्यालय बन्द भएको थियो, महिलामाथि चर्को कर थोपरिएको थियो र कारखानाले कामदारको तलब कटौती गरेको थियो । टोलका दलित युवालाई गाउँ पस्न रोकिएको खबरले सबैलाई थिचेको थियो । यति हुँदाहुँदै पनि सबैको मौनताले रविलाई झन् कुण्ठित बनायो ।
यतिबेला भने छेउमै टपरी बेच्न बसेकी एक वृद्ध आमाले सुस्तरी सोधिन्, “छोरी, हाम्रो पीडाको आवाज अब कहिल्यै कसैले उठाउने छैनन् त ?”
सम्झनाको अनुहारमा दृढता देखियो, “आमा, यहाँ मान्छे होइन, हाम्रो मुटु बोल्न छाडेको हो । शोषणको आवाज सधैँ चर्को हुन्छ ।”
“तर, सुरु कसले गर्ने त ?” रविले फेरि प्रश्न दोहोर्याए ।
सम्झनाले स्नेहपूर्वक उसको हात समातिन्- “सुरु चिच्याएर होइन, प्रश्न गरेर हुन्छ । प्रश्नले नै चेतनाको ढोका खोल्छ ।”
सम्झनाको प्रश्न सुन्नेबित्तिकै वरपर छरिएका मान्छेहरू एकाएक नजिकिए । उनीहरूको अनुहारमा डर होइन, साहस झल्किँदै थियो । अघि बढेर रविले जोडले आवाज उठाए, “हामी भीख होइन, अधिकार माग्छौँ ! अब हामी चुप लाग्दैनौँ !”
०००
२०८२ मङ्सिर २० गते
Subscribe
Login
0 Comments
Oldest








































