साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिलो झिल्को

उनीहरूको अनुहारमा डर होइन, साहस झल्किँदै थियो । अघि बढेर रविले जोडले आवाज उठाए, “हामी भीख होइन, अधिकार माग्छौँ ! अब हामी चुप लाग्दैनौँ !”

Nepal Telecom ad

नन्दलाल आचार्य :

​“दिदी, यो अन्धकार किन यसरी बाक्लिँदै आएको हो ?” सास फेर्नै गाह्रो भएपछि भीडको चेपबाट निस्केर रविले सम्झनालाई सोधे । उनको स्वरमा हताशा थियो ।

​सम्झनाले गहिरो सास लिइन् र आकाशतिर नहेरी भनिन्, “रवि, यो अन्धकार होइन । यो त हामीभित्रको चेतनाको बत्ती निभाइएको अवस्था हो ।”

​केही दिनअघि मात्र बस्तीको एक मात्र विद्यालय बन्द भएको थियो, महिलामाथि चर्को कर थोपरिएको थियो र कारखानाले कामदारको तलब कटौती गरेको थियो । टोलका दलित युवालाई गाउँ पस्न रोकिएको खबरले सबैलाई थिचेको थियो । यति हुँदाहुँदै पनि सबैको मौनताले रविलाई झन् कुण्ठित बनायो ।

यतिबेला भने ​छेउमै टपरी बेच्न बसेकी एक वृद्ध आमाले सुस्तरी सोधिन्, “छोरी, हाम्रो पीडाको आवाज अब कहिल्यै कसैले उठाउने छैनन् त ?”

​सम्झनाको अनुहारमा दृढता देखियो, “आमा, यहाँ मान्छे होइन, हाम्रो मुटु बोल्न छाडेको हो । शोषणको आवाज सधैँ चर्को हुन्छ ।”

​“तर, सुरु कसले गर्ने त ?” रविले फेरि प्रश्न दोहोर्‍याए ।
​सम्झनाले स्नेहपूर्वक उसको हात समातिन्- “सुरु चिच्याएर होइन, प्रश्न गरेर हुन्छ । प्रश्नले नै चेतनाको ढोका खोल्छ ।”

​सम्झनाको प्रश्न सुन्नेबित्तिकै वरपर छरिएका मान्छेहरू एकाएक नजिकिए । उनीहरूको अनुहारमा डर होइन, साहस झल्किँदै थियो । अघि बढेर रविले जोडले आवाज उठाए, “हामी भीख होइन, अधिकार माग्छौँ ! अब हामी चुप लाग्दैनौँ !”

०००
२०८२ मङ्सिर २० गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x