साइबर अपराध सम्बन्धी सचेतना सामग्री

र…जीवनले फेरि आफ्नो अर्थ भेटाउँछ !

पाइन्छ सेवा र समर्पणमा, पाइन्छ कर्तव्यको उज्यालोमा, जहाँ आत्मा हलुका बन्छ, र जीवनले फेरि आफ्नो अर्थ भेटाउँछ। मनको भारी बिसाएर !!

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

थाप्लोमा भिरेर हिडेको भारी
चौतारीमा बिसाउन सकिन्छ,
छेउको ढुङ्गामा अडिएर हो
थकाइ पनि फुकाल्न सकिन्छ।
तर मनभित्रको पीडा त,
कसरी बिसाउने ?
कसरी कता फ्याँक्ने त्यो बोझ,
जो आत्माको गहिराइमा रहेको छ ?

कहिले आँसु बनेर बग्छ,
कहिले शब्द बनेर झर्छ,
अनि कहिले मौन भएर
मनलाई भित्रै सम्म जलाउँछ।

भेटिदैन त्यस्तो भरपर्ने ठाउँ जहाँ-
हुर्हुरी बलेको मन जोगाउन पाइयोस्,
त्यहाँ रहेको डाहाको अग्नि हराओस् ,
पाइन्न, त्यस्तो ठाउँ जहाँ
मनको बोझ राख्न सकियोस्,
जहाँ पीडा पलभर मै हराओस्
पाइएन त्यस्तो विश्वासिलो ठाउँ
हो पाइएन कतै पाइएन !!

तर हो,पाइन्छ अलौकिक मर्म स्थान
आमाको न्यानो काखमा,
जहाँ संसारचक्र टक्क थामिन्छ ।

पाइन्छ नानीहरूको हाँसोमा,
उनका साना हातका स्पर्शमा,
जहाँ भविष्य चम्किन्छ,
र बिर्सन्छ मनले दुःखका दिनहरू ।

पाइन्छ सेवा र समर्पणमा,
पाइन्छ कर्तव्यको उज्यालोमा,
जहाँ आत्मा हलुका बन्छ,
र जीवनले फेरि
आफ्नो अर्थ भेटाउँछ।
मनको भारी बिसाएर !!

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x