साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य, आधा भ्रम– (४०)

मलाई कसैले बयान दिन वा लिन बोलाए देश ठप्प पार्नू, फेरि रगतको खोली बगाउनू, टाउको वा छातीमा गोली हान्न नसके ढुंगा, मुढा, भाला र तरवारको सशक्त प्रयोग गर्नू । यो परमादेश जारी गर्दै म्याँधिवेशन सम्पन्न गरिएको छ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

नेक्पा अमिलोको म्याँधिवेशन सम्पन्न भएको छ। अस्तिको हप्तामै सुरु गरिएको उक्त म्याँधिवेशनमा थुप्रै रोचक दृश्य देख्न र सुन्न पाइयो। एआईको सहायतामा सम्पन्न सो म्याँधिवेशनको फोटोग्राफीको जिम्मा पनि उसैलाई दिइएको थियो।

उपस्थित २२०० प्रतिनिधिले मतदान गर्न झन्डै तीन दिन लगाएको विषय सर्वाधिक चासोको रूपमा रह्यो। एक जना प्रतिनिधिले भोट हाल्न तीन घण्टासम्म समय लगाएका थिए । भोटिङ स्थलको मुख्य आकर्षण भने जिम्मल बाउकी छोरी “इज्जोती जब्बर” थिइन् । ऊनी बा को छेउमा बसेर सुन्तला खाइरहेकी थिइन्। जुनार–भोगटे स्वाद लिँदै प्रतिनिधिहरूले हेर्न र खान पाएको यो अवसर साँच्चै सुनौलो थियो। त्यसैले नै पार्टीको नाम नेक्पा अमिलो राखिएको हो क्यारे।

गुण्डुबाट हल्लाघारी, भृकुटीमण्डप हुँदै कुटिमण्डपसम्मको म्याँधिवेशन यात्राका क्याप्टेन भने मैस उठ्नेत थिए। बा को किचनबाट निकालिएका प्रदीप दवाँलीका आँसुबाट बनेको नदीले विष्णु रिमालको पद बगाएपछि केही मानिस खुसी भए भने केही दुःखी भए। आगामी चुनावी खर्च कुटिबाट व्यवस्था गरिदिने सर्तमा श्री दवाँलीले बगाएका आँसु जम्मा गरी पुनः फिर्ता गरिएको कुरा पनि विभिन्न समाचार माध्यममा आइरहेका छन्।

केही गुलियो होला भन्ने आशा गरिएको नेक्पा अमिलोको म्याँधिवेशन अन्त्यमा अध्यक्ष होलीले अमिलो नै बनाएर टुंग्याएका छन्। होली पर्व खुबै मन पराउने अध्यक्ष होलीले भने, “मलाई कसैले बयान दिन वा लिन बोलाए देश ठप्प पार्नू, फेरि रगतको खोली बगाउनू, टाउको वा छातीमा गोली हान्न नसके ढुंगा, मुढा, भाला र तरवारको सशक्त प्रयोग गर्नू ।”
यो परमादेश जारी गर्दै म्याँधिवेशन सम्पन्न गरिएको छ।

नेक्पा अमिलो पार्टीको जय होस्।

०००
व्यङ्ग्य लेखक दाहाल नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x