साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अश्लील पुस्तकहरू

त्यस दिन जलाउने कार्यक्रम बन्न सकेन । अनि तेस्रो दिन किताबहरू लिएर भेट्ने निश्चय भयो । तेस्रो दिन पनि कसैले किताब ल्याएन । एउटाले भन्यो, ‘अरे यार, किताब त मेरो ड्याडले भेटाएछन् र उनै बुढा पढ्दै छन् कस्सम !’

Nepal Telecom ad

हरिशंकर परसाई :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

अश्लील पुस्तकहरूको निकै प्रचार हुँदै छ भनेर सहरभरि हल्ला थियो । अखबारमा समाचार र नागरिकहरूका पर्चामा पनि सडकछेउमा खुल्लमखुल्ला अश्लील किताबहरू बेचिँदै छन् भनेर आउन थाल्यो ।

दशबाह्र जना उत्साही समाज सुधारक युवकहरूले टोली बनाएर नै यस्तो साहित्य जहाँ भेटिन्छ त्यहीँ जफत गरिने छ र जलाएर होली मनाइने छ भनेर घोषणा गरे ।

उनीहरूले एउटा पसलमा छापा हानेर बिसच्चिसवटा त्यस्ता पुस्तक कब्जामा पनि लिए । हरेकका हातमा दुईतीनवटा किताब परे । प्रमुखले भन्यो, ‘आज त अबेर भयो । भोलि साँझ अखबारमा जानकारी दिएर पर्सि कुनै सार्वजनिक स्थानमा यिनलाई जलाऔँला । प्रचार गर्दा अन्यमाथि पनि त असर पर्ला नि ! भोलि साँझ सबै मेरो घरमा आउनू । अहिले म सबै किताब बोकेर घर लैजान सक्दिनँ । बिसपभिच्चसवटा छन् । घरमा बुवा हुनुहुन्छ, काका हुनुहुन्छ । उहाँहरूले देख्नुभयो भने आपत आइपर्छ । प्रत्येकले दुईतीनवटा किताब लुकाएर घर लग र भोलि साँझ लिएर आओ ।’

अर्को दिन साँझ आउन त सबै आए तर किताब कसैले पनि ल्याएन । प्रमुखले भन्यो, ‘खोइ, किताबहरू देओ त म यस बोरामा लुकाएर राख्छु । अनि भोलि जलाउने ठाउँमा बोरै लिएर जाऔँला ।’
किताब त कसैले ल्याएकै थिएन ।

एउटाले भन्यो, ‘भोलि हैन, पर्सि नै जलाऔँला नि । एकपटक पढौँ त सही ।’
अर्काले भन्यो, ‘अझै त हामी पढ्दै छौँ । दुईतिन दिनपछि जलाए पनि हुन्छ नि । आखिर किताब जफत भइसकेका छन् क्यारे !’

त्यस दिन जलाउने कार्यक्रम बन्न सकेन । अनि तेस्रो दिन किताबहरू लिएर भेट्ने निश्चय भयो ।
तेस्रो दिन पनि कसैले किताब ल्याएन ।

एउटाले भन्यो, ‘अरे यार, किताब त मेरो ड्याडले भेटाएछन् र उनै बुढा पढ्दै छन् कस्सम !’

दोस्राले भन्यो, ‘अहिले अङ्कलले पढ्दै हुनुहुन्छ । उहाँले पढेपछि ल्याउँला नि हुन्न ?’

तेस्राले भन्यो, ‘मेरो त भाउजूले पो टिपेर लगिन् यार ! भन्दै थिइन्, दुईतीन दिनमा पढेर फर्काइदिइहाल्छु नि !’

चौथाले भन्यो, ‘के भनूँ यार ! मेरो किताब त छिमेकी काकीले पो म नभएको बेलामा लगिछन् । अब उनले पढिसिध्याएपछि दुईतीन दिनमा जलाउँदा हुन्न ?’

यसरी अश्लील पुस्तकहरू कहिल्यै जलाइएनन् बरु तिनको पठन झन् व्यवस्थित बन्दै गएको छ र हर वर्गले पढेको छ ।

०००
याे लघु व्यङ्ग्य हरिशंकर परसाईंको ‘परसाई रचनावली२’ अन्तर्गत ‘लघु कथाएँ’ खण्डबाट अनुवाद गरिएकाे हाे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x