
छनोट- यज्ञ !
नछानौँ है भस्मासुर असुर चर्का जहर हुन् । अहा ! छानौँ सग्ला सम मन लिने, ‘राघव’ जितून् ।

नछानौँ ब्वाँसा वा कुटिल मनका भ्रष्ट चरुवा ।
अहा ! छानौँ सादा, सरल मनका, प्रष्ट अगुवा ।।
नछानौँ आक्रोशी, गरल मतका, स्वाँठ नकटा ।
नछानौँ होलीका, अधम पुतना शूर्पण-नखा ।।
०
नछानौँ बेमानी, उप नगर गाऊँ नगरमा —
जिते, चुस्छन् लुछ्छन् असुर गणले, स्रोत गरिमा ।।
नछानौँ है भस्मासुर असुर चर्का जहर हुन् ।
अहा ! छानौँ सग्ला सम मन लिने, ‘राघव’ जितून् ।।
०
अहिल्या तारा वा, द्रुपद तनया, म्याडम क्युरी ।
अहा कुन्ती छानौँ, जनक तनया अब्बल सती ।।
नआऊन् चर्का जो बिखसरहका, दुष्ट फुटुवा ।
नआऊन् दादा वा, गलत बनियाँ, धूर्त लुटुवा ।।
धादिङ