साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ बोतलमा पुरानो रक्सी

एउटा मेरो घाम हो भन्छ अर्को नामै राम हो भन्छ दाम राम्रो कि नाम राम्रो हो गुहु र गोबर कुन चाम्रो हो ?

Nepal Telecom ad

दायाँबाट एउटा लर्को
बायाँबाट अर्को लर्को
झन्डा भन्दै डन्डा ल्याए
सुमसुम्याउँदै रन्डा लाए ।

कान समाती रुन्छ एउटा
खुट्टा तानी धुन्छ अर्को
चुरोट दिएर नियर बन्ने
बियर पिउँ डियर भन्ने
थरीथरीका माग्ने आए
भोट लुटेर भाग्ने आए ।

एउटा पुरानो बेस हुँ भन्छ
अर्को नयाँ फ्रेस हुँ भन्छ
लाठी एउटा खुकुरी अर्को
डन गुण्डाहरूको लर्को
भोट नदिए मार्छु भन्छ
बजेट अन्तै सार्छु भन्छ
गोमन बिच्छी कुन हो राम्रो
हुँडार ब्वाँसो कुन् चाहिँ हाम्रो ?

हिङ बाँधेका टालादेखि
गोरु किन्ने सालासम्म
दामको थैली बोक्नेदेखि
दमदम गोली ठोक्नेसम्म
कोही पोथ्रा कोही रुख
कोही पुच्छर कोही मुख
जनै, जुत्ता, लँगौटी, कोट
केमा दिनु हो एउटा भोट ?

एउटा मेरो घाम हो भन्छ
अर्को नामै राम हो भन्छ
दाम राम्रो कि नाम राम्रो हो
गुहु र गोबर कुन चाम्रो हो
छ्यासमिस रातो पहेँलो निलो
जम्मै हिलो सप्पै गिलो ।

कोही टिपटप कोही दारी
कोही नाङ्गो कोही सारी
रीनु नजिते मर्छु भन्छे
मीनु माया गर्छु भन्छे
मैले कसलाई भोट दिने हो
नोट लिने कि नलिने हो ?

एउटा स्वर्ग लान्छु भन्छ
अर्को स्वर्गै ल्याउँछु भन्छ
आश्वासनका हुलहुज्जतले
मलाई नाङ्गै पार्न लागे
गुहार ! गुहार ! लौन बचाओ
माग्नेहरूले मार्न लागे ।

सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x