साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल सरकारलाई सघाउनुहोस्

कदाचित् हैजा लागेमा  सरकारी अस्पताल जानुहोस्, डाक्टर नभेटिए पियनले दिएको ओखती खानुहोस्  पियन पनि नभेटिए झाँक्रीका शरण पर्नुहोस्  यमराजले नपत्याए बाँच्नुहोस्, नभए मर्नुहोस् । 

Nepal Telecom ad

दुघ्ध विकास संस्थानले बितरण गरेको दूध
१० मिनेट उमालेर पिउनुहोस्
खानेपानी संस्थानले बाँडेको ‘खाने’ पानी
२० मिनेट उमालेर झोलझोल खानुहोस्
खाद्य संस्थानले दिएको चामल
३० सिटी लगाएर निल्नुहोस्
आउनुहोस् आउनुहोस् आउनुहोस् !
गणतान्त्रिक नयाँ नेपालको राजधानीमा
स्वस्थ्यकर जीवन चलाउनुहोस् ।

पौडी खेल्न सिकेर मात्रै
राजधानीका सडकमा निस्कनुहोस्
मोबाइलमा सिग्नल नदेखिए
रुखको टुप्पामा चढ्नुहोस् ।
अस्ति लागेको आगो निभाउन
आज आउँदै गरेको दमकललाई
बाटो छाड्नुहोस् ।
हिजो दिउँसो भागेको लुटेरा समात्न
भोलि आउन लागेको पुलिस भ्यानलाई
स्वागत गर्नुहोस् ।
कृषि सामग्री कम्पनीले बाँडेको मलसँग
ढुंगा र गिट्टी पनि प्राप्त गर्नुहोस् ।
आयल निगमले वितरण गर्ने तेलसँग
पानी र हावा पनि किनेर लैजानुहोस् ।
हेर्नुहोस् हेर्नुहोस् हेर्नुहोस्
गणतान्त्रिक नयाँ नेपालको राजधानीमा
विद्युत प्राधिकरणले पठाएको बिजुली
टुकी बालेर हेर्नुहोस् ।

सरकारले बितरण गरेको दूध
१० मिनेट उमालेर पिउनुहोस्
सरकारले बाँडेको ‘खाने’ पानी
२० मिनेट उमालेर निल्नुहोस्
सरकारले दिएको चामल
३० सिटी लगाएर खानुहोस्
कदाचित् हैजा लागेमा
सरकारी अस्पताल जानुहोस् ।

कदाचित् हैजा लागेमा
सरकारी अस्पताल जानुहोस्,
डाक्टर नभेटिए पियनले दिएको ओखती खानुहोस्
पियन पनि नभेटिए झाँक्रीका शरण पर्नुहोस्
यमराजले नपत्याए बाँच्नुहोस्, नभए मर्नुहोस् ।
यत्ति गर्दा पनि तपाईं उम्किनु भयो भने
वायु सेवा निगमको जहाज चढ्नुहोस्
ताप्लेजुङ् पुग्न उडेको, दार्चुला पुगेर लड्नुहोस् ।

आउनुहोस्, आउनुहोस्, आउनुहोस्
नेपाल सरकारलाई सघाउनुहोस् ।

०००

फित्काैली डटकममा पहिलाे पटक प्रविष्ट भएकाे मिति : २०७० कात्तिक २३ गते 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे
देश बनाउनेहरू

देश बनाउनेहरू

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x