साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सजाय

म देखाइदिनेछु तिमीलाई तिम्रै गल्तीका भारीहरू अन्त्यमा जाऊ वृद्धाश्रम बिताउन आफ्नो सकिन लागेको जीवन म तिमीलाई एउटा सजाय दिँदैछु

Nepal Telecom ad

ल्याक्टोजेन र बजारका कृतिम दूध पिलाएर
खोस्नेछु म तिम्रो मुखबाट
तिम्रो पहिलो अधिकार
आमाको दूध

थमाएर तिम्रो हातमा मोबाईल
लुछ्नेछु त्यसपछि
तिम्रो बालापन

अपनत्व/बा/आमा/साथी/समाज
म केहि दिने छैन, तिमीलाई
यसरी बुझ !

म तिमीबाट तिमीलाई नै आलग्याउनेछु
मोन्टेश्वरी/स्कुल/कलेज पठाएर
बोकाउनेछु तिमीलाई
शिक्षाको भारि

बुझ्नु छैन मलाई तिम्रो ईच्छा
एक्लै खेल तिमी, एक्लै रमाऊ
घुमाउन लैजान सक्नेछु तिमीलाई

कहिलेकाहिँ
चिडीयाखाना या कुनै गाँउ जस्तै म्यूजियम
किनभने
मासिसकेको हुनेछु मैले जंगल

र,
सबै गाउँ
दूध किरानाबाट दुहिन्छ भन
या
चामल बोरामा फल्छ भनेर बुझ

केहि सिकाउनु छैन तिमीलाई
पोर्न फिल्म हेरेर
स्खलित बनाऊ
या

नशामा डुबाऊ आफ्नो किशोरावस्था
चाहे जाऊ डिप्रेसनको पञ्जामा
उल्टै प्रहार गर्नेछु
तिमीमाथी गालीका कोर्राहरू

जीवनभरि केहि नबुझाए पनि मैले
अब बुझ्ने हुनेछौ तिमी मेरा लागि
कमाउन पर्नेछ तिमीले तिम्रा दिनहरू

बदलामा बेच्नलाई तिमीसँग
हुनेछैन अनुभव
रित्तो बनाएर तिमीलाई
पठाउनेछु म जुध्न दुनियाँसँग

प्रेम गर या भागी
एउटा जीवनसाथी भित्र्याऊ
सन्तान जन्माऊ
र
मेरै बाटोमा हिँड तिमी

कुनै गुनासो राख्यौ भने कुनै दिन
जिन्दगीदेखि
म देखाइदिनेछु तिमीलाई
तिम्रै गल्तीका भारीहरू

अन्त्यमा जाऊ वृद्धाश्रम
बिताउन आफ्नो
सकिन लागेको जीवन

म तिमीलाई एउटा सजाय दिँदैछु
तिमीलाई जीवन दिँदैछु
तयार भएर बस

अब म तिमीलाई जन्म दिँदैछु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्रह्माजीको पिलो

ब्रह्माजीको पिलो

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
भेट

भेट

सुरज पराजुली
ग्रहहरूको ताण्डव

ग्रहहरूको ताण्डव

सुरज पराजुली
अभिनय

अभिनय

सुरज पराजुली
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x