साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बालुवाको ट्याङ्की

पानी कहिल्यै भरिएन, त्यो बालुवाको ट्याङ्की पानी खान्छ र हावा पठाउँछ अनि सपना चुहिन्छ तपतप टुटीबाट रित्ता गाग्रीहरूको पिँधमा कहिल्यै नअघाउने त्यो पानी ट्याङ्की अझ पनि पानी भर्न मलाई आदेश दिइरहन्छ ।

Nepal Telecom ad

एक सय चार वर्ष
मेरा जिजुले बालुवामा पानी हाले
दुई सय तीस बर्ष
मेरा बाजे र बाले फेरि बालुवामा पानी हाले
तर बालुवाको ट्याङ्की कहिल्यै भरिएन
जति हाले पनि नभरिने
जति दिए पनि नपुग्ने
त्यो बालुवाको ट्याङ्की !
म अहिले मेरा जिजु र बाजे र बाको
बिरासत थाम्दै
फेरि बालुवामा पानी हालिरहेको छु
अबको तीस वर्ष मेरा सन्तानले
फेरि बालुवामा पानी खन्याउने छन्
र पनि भरिने छैन
त्यो बालुवाको ट्याङ्की !
मेरा जिजुले भन्थे
त्यो बालुवी ट्याङ्की हाम्रो सपना हो
अनि भाग्य र भविष्य हो
बुढेसकालको सहारा हो
पानी खन्याइरहनु
पानी चढाइरहनु
पानी भरिरहनु
दिनरात अनि साँझ बिहान
तर जिजुको सपनाको ट्याङ्कीमा
पानी कहिल्यै अडिएन,
पानी कहिल्यै भरिएन,
त्यो बालुवाको ट्याङ्की पानी खान्छ
र हावा पठाउँछ
अनि सपना चुहिन्छ तपतप टुटीबाट
रित्ता गाग्रीहरूको पिँधमा
कहिल्यै नअघाउने त्यो पानी ट्याङ्की
अझ पनि पानी भर्न मलाई आदेश दिइरहन्छ
जिजु…! सोच्दैछु
जति भरे पनि कहिल्यै नभरिने
जति खन्याए पनि
कहिल्यै धारा नआउने
त्यो खिया लागेको
पुरानो छिद्रित बालुवाको ट्याङ्की
फेर्नुछ आजै अनि अहिल्यै
र जडान गर्नुछ
हाइटेक र हिल्टेकका पानी ट्याङ्कीहरू
म अहिले त्यसकै खोजिमा बजार निस्किएको छु…. ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x