साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अथः गुलामगाथा

गुलाम बन्न पाइयोस् विशेष बादशाहको खुलेर भन्न पाइयोस् “हजूर, ज्यू, प्रभो, विभो !

Nepal Telecom ad

रही अलग्ग को यहाँ प्रसिद्ध बन्न सक्छ र ?
गुलाम नै नभै कठै ! पदीय शान के छर ?
गरी महेशअर्चना उमा बनिन् महेश्वरी
छ शक्तिवाल छेउमा भने झुकौं कसैगरी ।।

गणेशजी परिक्रमा गरेर “नाथ” मानिए
परिश्रमी भएर के र ? कार्तिकेय जिल्लिए
जताजता बडाबडा महामहीम छन् खडा
गुलाम बन्नुपर्छ ता हिया उतै लगा, लडा ! ।।

गुलाम बन्न पाइयोस् विशेष बादशाहको
खुलेर भन्न पाइयोस् “हजूर, ज्यू, प्रभो, विभो !”
नदी बढून्,शहर् बगून् डुबून् कि खेत झोपडी
नभन्नु क्यै रिसाउलान् खसम् र छुट्छ चाकडी ।।

निचोर्न शारदा परोस् कि गण्डकी उचाल्न होस्
अरूण लक्ष्य बिग्रिए समग्र कौशिकी निलोस् !
यता डुबेर जो मरून् तँ आँसु ग्राहका खसा
उता पुगी मनग्य हाँस् फुलून् सबै नसानसा ।।

सडून् हुलाकमार्ग औ अनेक सन्धिका कुरा
बिकीसकून् कि जोगिऊन् लिपू र लिम्पियाधुरा
विवाद होस् ,विषाद होस् कि च्यातियोस् कतै ध्वजा
उखेलिऊन् सिमाकिला सरोस् कि वा दशैगजा ।।

पसी गरून् कि शत्रुले स्वभूमिभित्र नर्तन
प्रशस्ति भक्त भै गरेस्,सधैंभरी सुकीर्तन
निखारिऊन् चुरेसुरे बनून् महल् उता जुरे
गुलामवर्ग चुप्प होस् भुकीरहून् लिखे,लुरे ।।

प्रचूर खान पाइने र ढाँट्न,छल्न पाइने
उता जसोजसो भने यता बदल्न पाइने
न क्यै लछार्छ भोलिले न आजले बिगार्दछ
छ सीप पस्रिने भने जुनीजुनी सपार्दछ ।।

अहा ! गुलाम बन्नुमा छ क्या मजा ! छ, खान जा !
“हवोस् प्रभू” भनेस्, झुकेस् बजा हविष्य वा अजा
लिएर आड वृक्षको लता रहन्छ निर्भय
छ लम्पसारवादको इतो जयस्ततो जय !

फाकफोकथुम-४, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x