साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होडबाजी !

मानेबाट दीव्य पुरूषहरूको फेरि अर्को चर्को आवाज आयो । जिग्मे र भिक्षु सुनिरहे । - “प्रथम- श्रीपेचको कथा !”

Nepal Telecom ad

जिग्मेले ढेवालाई भन्यो । ढेवाले कुरा बुझेन । उसले हातमा भएको माने घुमाइरह्यो । फेरि मन्त्र भन्न थाल्यो ।
– “ॐ मानेपेमे हुँम !”

नजिकै अर्को बुद्ध-अविभाज्य मन्त्र लेखिएको माने घुमिरहेको थियो । जिग्मेले मानेमा लहरै लेखिएको उक्त मन्त्र पढ्न सुरू गर्यो ।

– “प्रथम राजा, प्रथम प्रधानमन्त्री, प्रथम मन्त्री, प्रथम मेयर, प्रथम उपमेयर, प्रथम वडाध्यक्ष, प्रथम वडासदस्य, प्रथम महिला सदस्य, प्रथम दलित महिला सदस्य ….!”

जिग्मेले त्यस घुमिरहेको मानेमा पुरूष प्रथम वडासदस्य लेखेको देखेन रिसले चूर हुँदै एक सनकमा बर्बराएर भन्न थाल्यो ।
– “बाइयात अधर्मीहरू, प्रथम भनेर खुल्ला वडासदस्यहरूलाई नचिन्ने ?”

जिग्मेको रिसको पारो तातेर उडिरहेको थियो । एउटा भिक्षुले उसलाई छेउमा आएर भन्यो ।
– “मतदान फिर्ता गर !”
– “माग्नेलाई दिएको दान फिर्ता हुँदैन !”

जिग्मे झन झसङ्ग भयो । घुमिरहेको मानेलाई बिस्तारै रोकेर भन्यो ।
– “यहाँ को हो प्रथम चिनेको छैनस् ?”
– “तँ होइनस् !”
– “म किन होइन ?”
– “द्वितीय पुरूष !”
– “किन मलाई मात्रै हेपेको ?”
– “दुई छापे भएर !”

मानेबाट दीव्य पुरूषहरूको फेरि अर्को चर्को आवाज आयो । जिग्मे र भिक्षु सुनिरहे ।
– “प्रथम- श्रीपेचको कथा !”

एकदिन प्रथम पुरूषलाई द्वितीय महिलाले बाटोमा भेटेर ठाडै झम्टिइन् ।
– “मेरो बिचल्ली पार्ने, प्रथम अर्कैलाई बनाउने ?”

प्रथम पुरूषको अनुहारमा एक देदिप्यमान प्रतिबिम्ब थियो ।
– “झगडाको रोकथाम !”

ढेवा र जिग्नेले फेरि माने घुमाइरहे । माने पनि घुमिरह्यो । गति दौडिरह्यो ।
– “आलु प्याज बतासमा !”

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x