साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विक्रिमा छ

दलाल भेट्न गाहारो छैन, चिल्लो गाडी रोके पनि देखिन्छ । रातो दरबार पसे पनि देखिन्छ, सेतो दरबार पसे पनि देखिन्छ ।

Nepal Telecom ad

घुम्न आऊ !
नेपाल महान देश छ,
हरियो वन छ, कोमल मन छ ।
चाँदीको शिखर छ,
सितल सांग्रिलाको पर्यटन छ ।
सुनको बाला झुल्ने तराई मधेश छ ।
खानी छ, पानी छ,
गुराँसको जवानी छ ।
संसार उचाल्ने गोरखाली जिन्दगानी छ ।
इन्द्रेनीमय प्रकृति छ,
विविधतामय संस्कृति छ ।
आउँदा जाँदा एउटा कुराबाट जोगिए पुग्छ,
एक अन्जुली विकृति छ,
एक पसर स्वार्थी प्रवृत्ति छ ।

मात्र दलाल भेट्न सक्नुपर्छ,
यहाँ नदी विक्रिमा छ,
हिमाल विक्रिमा छ ।
नमक हलाल भेट्न सक्नुपर्छ ।
युवा विक्रिमा छन्,
युवती विक्रीमा छन् ।
अनिकाल भेट्न सक्नुपर्छ ।
भोट किन्न पाइन्छ,
घोषणापत्रका अठोट किन्न पाइन्छ ।
न्यायाधीश र वकिल बिक्रिमा छन्,
दोकानका भ्याटबिल बिक्रिमा छन् ।
ठेकेदारको सन्जाल भेट्न सक्नुपर्छ,
यहाँ, पद किन्न पाइन्छ,
सांसद किन्न पाइन्छ ।
मन्दिरका देउता किन्न पाइन्छ ।
ठूलो दलाल भेट्न सक्ने हो भने,
देश नै किस्तीमा राखेर,
किस्तामा किन्न पाइन्छ ।

दलाल भेट्न गाहारो छैन,
चिल्लो गाडी रोके पनि देखिन्छ ।
रातो दरबार पसे पनि देखिन्छ,
सेतो दरबार पसे पनि देखिन्छ ।
गाउँमा जाँदा,
मञ्चबाट उफ्री उफ्री
देशभक्तिको कुरा गर्नेलाई पछ्याए नि हुन्छ,
सत्ता र शक्तिको कुरा गर्नेलाई समाए नि हुन्छ ।
पार्टी फुटाउनेले पनि
आमसभा जुटाउनेले पनि,
किनबेचमा सघाउन सक्छ,
नसके डिलरबाट फोन गरेर मगाउन सक्छ ।
यहाँ अरबौं डलरले किन्न नपाउने
मात्र दुइटा चिज छः
एउटा यहाँको स्वार्थी प्रवृत्ति हो,
अर्को समाजमा हुर्केको विकृति मात्र हो ।
अरु सब बिक्रिमा छ,
देश सोकेसमा सजाएको सामान भएको छ,
दलाल स्वयम् सिक्रीमा छ,
मात्र जनता, जनतामात्र चिन्ता र फिक्रीमा छ ।

संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x