साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँको बाटो

कति पुगे राजधानीमा नेता हुन कोहि कवि भए कोहि डाक्टर कोहि कलाकार भए कोहि ईन्जिनियर ! तर , अहिले पनि किन उस्तै छ गाउँको बाटो ?

Nepal Telecom ad

अहिले
उराठ छ गाउँको बाटो !
सपनामा आमा खोज्दै हिंडिरहेको बालक झैं
अहिले
अलपत्र छ गाउँको बाटो ।

शहरबाट एकाध आउने एन.जी.ओ.का
गाडीहरूले कुल्चेर
अहिले
हिलाम्मे छ गाउँको बाटो !
टेकेर जानेहरूले बिर्सेपछि
नआएपछि फर्केर प्रिय पाईतालाहरू
अहिले
उदास छ गाउँको बाटो !

बूढो रुखको कापबाट
चुहिन्छ कहिलेकाहीं जूनको उज्यालो
कहिलेकाहिं
आइपुग्छ टाउकोमाथिको जंगलबाट
सान्त्वना बोकेर बुहारी फकाउने बतासहरू !
रोगी स्वास्नीको खकारमा देखेपछि रगत
गुज्रँदै गएपछि तमसुकको म्याद
परदेश गएका छोराहरूको सम्झनामा
चिठी लेखिरहेको पिता झैं-
अहिले
व्याकुल छ गाउँको बाटो !

स-साना बच्चा नदीहरूलाई
जसलाई पाठशाला पठाउनु छ
वन झाँक्रीहरूसँग लडेर उनिहरूलाई
जिताउनु छ
सभ्यताको नवीन संसारमा प्रवेश गराउनु छ
समयलाई अँध्यारोबाट जोगाउनु छ ।

युगौंदेखि यसरी नै
घिसार्दै घिसार्दै आफ्नो नियति
हिंडिरहेको छ गाउँको बाटो
यहीँबाट कति पोइला गए खलाँसीहरूसित
कति पुगे राजधानीमा नेता हुन
कोहि कवि भए
कोहि डाक्टर
कोहि कलाकार भए
कोहि ईन्जिनियर !
तर ,
अहिले पनि किन उस्तै छ गाउँको बाटो ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x