सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गाउँको बाटो

कति पुगे राजधानीमा नेता हुन कोहि कवि भए कोहि डाक्टर कोहि कलाकार भए कोहि ईन्जिनियर ! तर , अहिले पनि किन उस्तै छ गाउँको बाटो ?

Nepal Telecom ad

अहिले
उराठ छ गाउँको बाटो !
सपनामा आमा खोज्दै हिंडिरहेको बालक झैं
अहिले
अलपत्र छ गाउँको बाटो ।

शहरबाट एकाध आउने एन.जी.ओ.का
गाडीहरूले कुल्चेर
अहिले
हिलाम्मे छ गाउँको बाटो !
टेकेर जानेहरूले बिर्सेपछि
नआएपछि फर्केर प्रिय पाईतालाहरू
अहिले
उदास छ गाउँको बाटो !

बूढो रुखको कापबाट
चुहिन्छ कहिलेकाहीं जूनको उज्यालो
कहिलेकाहिं
आइपुग्छ टाउकोमाथिको जंगलबाट
सान्त्वना बोकेर बुहारी फकाउने बतासहरू !
रोगी स्वास्नीको खकारमा देखेपछि रगत
गुज्रँदै गएपछि तमसुकको म्याद
परदेश गएका छोराहरूको सम्झनामा
चिठी लेखिरहेको पिता झैं-
अहिले
व्याकुल छ गाउँको बाटो !

स-साना बच्चा नदीहरूलाई
जसलाई पाठशाला पठाउनु छ
वन झाँक्रीहरूसँग लडेर उनिहरूलाई
जिताउनु छ
सभ्यताको नवीन संसारमा प्रवेश गराउनु छ
समयलाई अँध्यारोबाट जोगाउनु छ ।

युगौंदेखि यसरी नै
घिसार्दै घिसार्दै आफ्नो नियति
हिंडिरहेको छ गाउँको बाटो
यहीँबाट कति पोइला गए खलाँसीहरूसित
कति पुगे राजधानीमा नेता हुन
कोहि कवि भए
कोहि डाक्टर
कोहि कलाकार भए
कोहि ईन्जिनियर !
तर ,
अहिले पनि किन उस्तै छ गाउँको बाटो ?

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल