साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन ?

कालो चाल चल्यो सदा सदनमा सुध्रेन कैल्यै किन ? कालो रात गयो भनेर दिनहुँ फुक्ने गरेको किन ? कालो क्यै छ र दालमा सहमती टुट्ने गरेको किन ?

Nepal Telecom ad

संविधान बन्यो दरिद्रहरूको आएन पालो किन ?
सेतै छन् हिमश्रृङ्खला, तर बन्यो व्यापार कालो किन ??
फ्याँकिन्छन् दिनकै कसिङ्गर यतै, बढ्दै छ जालो किन ???
टन्नै दाँतहरू त छन् नि मुखमा, थोत्रो छ गालो किन ????

खाईमात्र रहन्छ हर्दम दिसा गर्दैन किर्नो किन ?
माछाले दिनकै नुहाउँछ अरे ! बन्दैन चोखो किन ??
सेतै हुन्छ कपास ! दीप जसको कालो छ ध्वाँसो किन ???
गाईलाई कन्याइदिन्छ शुरुमा त्यो दुष्ट ब्वाँसो किन ????

कालो बादल डम्म भो गगनमा उघ्रेन कैल्यै किन ?
कालो चाल चल्यो सदा सदनमा सुध्रेन कैल्यै किन ??
कालो रात गयो भनेर दिनहुँ फुक्ने गरेको किन ???
कालो क्यै छ र दालमा सहमती टुट्ने गरेको किन ????

हाम्रा उर्वर खेत बाँझिन पुगे रोपिन्न खै धान रे !
वस्ती मौन छ स्वाभिमान कुँडियो गुम्दैछ त्यो शान रे !!
बन्दै छन् दिनहुँ पहाडतिरका आवास झाडी किन ?
माटो रुग्ण छ देशको तर तिमी ताक्छौ नि खाडी किन ??

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x